पढ्न करिब 2 मिनेट लाग्छ

भदौ ३१, संखुवासभा ।  दुई पटक मलेसिया गएर फर्किएका संखुवासभा धुपुका नरबहादुर राई अहिले व्यावसायिक कृषिमा लागेका छन् । विदेशबाट फर्किएर खुर्सानी खेतीमा लागेका उनले ४ महिनामा नै ७० हजार भन्दा बढी आम्दानी गरेका छन् ।

खेतबारी बाँझै राखेर विदेश गएका उनले मलेसियामा भन्दा यहीं धेरै कमाई गर्न सकिने बताउदै आएका छन् । ‘विदेशमा काम गर्दा ३ महिनामा ७० हजार कमाइएन’ उनले भने, ‘तर यहाँ एउटै बालीबाट कमाई भयो ।’ तीन रोपनी जग्गामा उनले पहिलो पटक खुर्सानी लगाएका हुन् । एक सय झ्याङ विरुवा रोपेका उनले तीन सय किलो भन्दा धेरै खुर्सानी विक्री गरेको उनी बताउछन् ।

‘पहिले मकै, कोदो मात्र रोपिन्थ्यो, त्यसबाट खासै आम्दानी नहुने’ उनले सुनाए, ‘विदेश नगई भएन, त्यतिबेलै यसरी खेती गरेको भए यहीँ मालामाल कमाई हुन्थे’छ ।’ पहिलो पटक नै खेती लगाउँदा राम्रो आम्दानी भएपछि उनी बढाएर खुर्सानी लगाउने तयारी गर्दैछन् । ‘यसपालि एक सय जति लगाएको थिएँ, अब पाँच सय विरुवा लगाउन बेर्ना तयार पारेको छु ।’

उनले खुशी हुँदै भने, ‘अरु तरकारी खेतीबाट पनि राम्रै आम्दानी भयो ।’ गाउँमा नै राम्रो कमाई गर्न थालेपछि उनको सिको गर्न अरु पनि तम्सिएका छन् । ‘यहीँ गर्दा पनि हुँदोरहेछ भन्दै गाउँले आउँछन् ।’ उनले भने, ‘खुर्सानीको विरुवा अर्डर गर्नेलाई नपुग्ने भो ।’

तीन चार हजार विरुवा उत्पादन गरेको उनको पाँच हजारभन्दा बढी विरुवाको अर्डर भइसकेको बताए । लेकाली क्षेत्रमा पनि यसको उत्पादन हुन थालेपछि खेती गर्नेको संख्या बढ्दै गएको उनले बताए । यहाँ उत्पादन भएको खुर्सानी जिल्ला सदरमुकाम खाँदबारी बाहेक तराईका बजारहरूमा दुई सयरूपैयाँ प्रतिकिलोसम्मका दरले विक्री हुने गरेको स्थानीय ब्यापारीहरू बताउछन् ।

खुर्सानी खेतीलाई अन्य तरकारी बालीहरू जस्तो स्याहार र मेहन पनि कम लाग्ने भएकाले खोर्सानी खेती गर्न यहा“का किसानहरू आकर्षित भएका छन् । मेहनतको फल मिठो हुन्छ भने उखानलाई पुष्टि गर्दै यहाँका किसानहरू खोर्सानी खेती गरेर बार्षिक लाखौको आम्दानी गर्दै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।