2026-10-17 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रधानमन्त्री ओलीले सिकाए पाठ: साढे २५ हजारमा स्वदेशमै उपचार

मन्जिता अधिकारी | प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार स्वदेशमै गरिनु निकै सर्हानिय काम भएको छ । आफ्नै देशमा उपचारार्थ ठूला-ठूला अस्पताल हुँदा टाउको दुखे पनि विदेश जाने नेताहरुलाई प्रधानमन्त्रीको पछिल्लो उपचार नेपालमै हुनुले ठूलो पाठ सिकाएको छ । 

प्रम ओली पाँच दिन मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराई प्रधानमन्त्री निवास बालुवाटार फर्किसकेको अवस्था छ । गम्भीर प्रकृतिको उपचार नेपालमै त्यो पनि जम्मा साढे २५ हजारमै । पाँच दिन उपचार गराउँदा प्रधानमन्त्री ओलीको उपचार खर्च साढे २५ हजार रुपैयाँ लागेको छ । यदी विदेशमा उपचार गराइएको थियो भने २५ लाख भन्दा बढी तिर्नुपर्ने थियो होला ! त्यसैले प्रधानमन्त्रीले नेपालमै उपचार गराएर अरु नेतालाई पनि अब नेपालमै उपचार हुने रोगको लागि पनि विदेश जान लज्जा बोध गराउन सफल भएका छन् । 

कतिपय नेताहरु आफ्नै देशमा उपचार गराउन डराउँछन् भने कति पयलाई आफू पदमा हुँदा  बिमारी होस् र विदेश जान पाइओस् भन्ने चाहना भएको जस्तै हुन्छ । साधारण उपचारको लागि पनि विदेश जाँदा राज्यले ठूलो आर्थिक भार खेप्नुपर्ने हुन्छ । त्यसो त यस अघिनै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा आफ्नो उपचारका क्रममा राज्यको लाखौ रकम नखर्चिएको होइन । उनले पटक-पटक गरि ठूलो रकम खर्चीसकेका छन् ।

नेपालमा उपचार गराउँदा ओलीको लागि एमएमसिसियुको क्याबिन खर्चबापत १३ हजार ६ सय शुल्क र अरु सबै टेस्टहरुको शुल्कसहित जोड्दा कूल शुल्क २५ हजार ६ सय ४० रुपैयाँ उठेको अस्पतालले जनाएको छ । यदी ओली विदेशमा गएको भए यति उपचारका लागि १० लाख रुपैयाँभन्दा बढी खर्च हुने चिकित्सकहरुकै भनाई छ ।

जे होस् पछिल्लो उपचार साढे २५ हजारमै गराउन सफल भएकोमा र अरु नेताहरुलाई पनि प्रेरणा दिन सफल हुनुभएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद र हार्दिक स्वास्थ्य लाभको कामना पनि । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु