२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा जनप्रतिनिधि फेरिए पनि सुकुम्बासी दिनचर्या उस्तै

२०७४, १४ माघ आईतवार ०९:००

राजेन्द्रप्रसाद पनेरु / माघ १४, कञ्चनपुर | जनप्रतिनिधि आए पनि कञ्चनपुरको वनहरा नदी छेउको बगरमा झुपडी बनाएर बस्दै आएका सुकुम्बासी परिवारका दिन अझै फेरिएका छैनन् । पुस्तौँदेखि सुकुम्बासी रहेका परिवारले भारतमा चौकीदार र कुल्ली बनेर कार्य गर्नु पर्ने अवस्था अहिले पनि विद्यमान छ । 

युवा सबै भारतमा काम गर्छन् । बूढापाका, महिला र बालबालिका यहाँको दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदूरका रुपमा काम गर्दै आएका छन् ।

थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत सुकुम्बासी परिवारलाई हम्मे हम्मे छ । भारतमा गएका अधिकांश परिवारका युवा लामो समयसम्म नफर्केपछि बस्तीमा बस्दै आएकाहरु मजदूरी नपाउँदा कैयौँ रात भोकभोकै सुतेको दुःखेसो पोख्छन् । 

साँझ बिहान मजदूरी गरेर खाना खर्च जुटाउँदै आएका यी परिवारलाई बिहान खाना खाएर साँझ के खाने भन्ने चिन्ताले सँधै पिरोलिरहन्छ । 

बैतडीको सिगास गाविस ढुंगाड क्षेत्रबाट छ वर्षअघि कामको खोजीमा तराई झर्नुभएका मानध्व लुहार पहाडमा छँदा बाजेकै पालादेखि अरुको घरमा हलिया बनेर काम गर्दै आउनुभएको थियो । उहाँका बुवाले समेत सोही बिँडो थाम्नुभएको थियो तर सरकारले हलिया मुक्त घोषणा गरेपछि मालिकको घरबाट खाली हात फर्किनु प¥यो । 

उहाँले भन्नुभयो, “त्यसपछि केही समय भारतको एक होटलमा भाँडा माझ्ने कार्य गरेँ पछि साथीभाइसँगै स्वदेशमै फर्केपछि घरवास नहुँदा नदीको बगरलाई वासस्थान बनाएर बस्नु परेको छ ।” 

आफ्नो घर र जग्गासमेत नभएको गुनासो गर्दै उहाँले भन्नुभयो, “बिहान ६ बजेदेखि मजदूरी गरेर बेलुका झिमिक्क साँझ नपर्दासम्म कार्य गरेर दैनिक रु २०० कमाइ हुने गरेको छ ।” 

बाजुराबाट कामकै खोजीमा सात वर्षअघि कञ्चनपुर पुग्नुभएका मखी रावतसँगसमेत मानध्वजको जस्तै पीडा छ । 

हामी पुर्खौंदेखिका सुकुम्बासी हौँ उहाँले भन्नुभयो, “अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य पुस्तौँदेखि गर्दै आएका छौँ ।” 

मालिककै जग्गामा घर बनाएर बसेका थियौँ । “मालिकले घरबाटै निकालेपछि खान र ओत लाग्ने ठाउँको खोजी गर्दै बगरमा बस्न बाध्यभएको दुखेसो पोख्दै रावतले भन्नुभयो, “देशमा परिवर्तनसँगै जनप्रतिनिधि आएपछि पुनःस्थापनमा पर्छौं भन्ने ठानेका थियौँ तर कोही पनि सोधखोज गर्न नै नआएपछि बगर नै सबैथोक भएको छ ।” जग्गा भएका घर भएकाले सुकुम्बासी बनेर खाँदै आएको बताउँदै कलावती दमाईंले भन्नुभयो, “हालसम्म हामीलाई सुकुम्बासी आयोगले संकलन गर्दै आएको लगतमा समेत समावेश गरिएकोे छैन ।” यहाँकै नागरिक भए पनि सरकारी सुविधाबाट वञ्चित हुनुपरेको पीडा उहाँले पोख्नुभयो । 

गाउँगाउँमा अन्न मागेर कपडा सिलाइको कार्य गर्दै आएकी दमार्इंका श्रीमान् दुवै आँखा नदेख्ने भएपछि उहाँको दिनचर्या निकै कष्टमय भएको छ । घरबासका लागि जग्गा र घर नभएकाले आफू पनि अरु जस्तै उक्त शिविरमा बस्न आइपुगेको उहाँले बताउनुभयो । 

कमाइ गर्ने उमेरका दुई छोरा मजदूरीका लागि भारत पसेको दशकभन्दा बढी भइसक्यो कलाबतीले भन्नुभयो, “घर फर्केर नआएकाले नदी किनारबाट दाउरा संकलन गरेर नजिकैको बजारमा सस्तोमै बेचेर एकछाकको खाना खर्च जुटाउने गरिएको छ ।” 

शिविरमै आश्रय लिएका मोहन सुनार अपाङ्ग हुनुहुन्छ । श्रीमतीले संसार नै छाडेर बिदा भएपछि सानै उमेरका दुई छोरी र एक छोराको पालनपोषणको जिम्मा उहाँकै काँधमा थपिएको छ । 

दिनभरि गाउँगाउँ लट्ठीको सहाराले पुगेर अन्न र लुगाफाटो माग्दै बालबालिकालाई साँझ बिहानको खर्च चलाउँदै आएको सुनाउँदै उहाँले भन्नुभयो, “बालबालिकाकै लागि बाँच्नु परेको छ ।” “घर जग्गा नभएकाले नदीको बगर नै सबैथोक मेरा लागि छ”, उहाँले आँसु झार्दै भन्नुभयो । 

शिविरमा झुपडी बनाएर बस्दै आएका एक दर्जनभन्दा बढी भूमिहीनका ४० भन्दा बढी बालबालिका समेत शैक्षिक सामग्री र विद्यालय पोशाकका लागि खर्चको जोहो गर्न नसक्दा विद्यालय जानसमेत पाएका छैनन् । 

लत्ताकपडाको अभावमा रातभरि झुपडीमा आगो बालेर न्यानो पारेर रात काट्नु परेको गुनासो शिविरमा बस्दै आएका परिवारको छ । प्लास्टिकले छाएको झुपडीको छानाबाट रातभर पर्ने शीत झुपडीभित्रै तपतप चुहिने गरेकाले बिहानीपख भएका सबै कपडा भिज्ने गरेका छन् । 

वर्षात्का बेला कुन बेला चुरे क्षेत्रमा पानी दर्किन्छ नदीले बगाएर लैजान्छ भन्ने चिन्तासमेत यहाँका बासिन्दालाई छ । चुरे क्षेत्रमा पानी पर्न थालेपछि अधिकांश परिवार बस्ती छाडेर सुरक्षित स्थानमा रुखमुनि ओत लाग्न जानु सामन्य भइसकेको सुकुम्बासीको हकहितका लागि काम गर्दै आएका रामबहादुर चुनाराले बताउनुभयो । 

यहाँ बस्दै आएका भूमिहीन परिवारको एउटै माग छ ओत लाग्नका लागि घर, अन्न उब्जाउका लागि जग्गा र घर खर्च चलाउनका लागि सीपमूलक रोजगारीको व्यवस्था । 

परम्परागत पेशामै निर्भर दलित समुदाय 

कञ्चनपुरका दलित समुदाय पुर्खौंदेखिको पेशामै गुजारा चलाउन बाध्य छन् । 

सरकारी तथा गैरसरकारी संस्थाले वर्षेनी दलितको नाममा योजना ल्याउने तर ती योजना लक्षित दलित समुदायसम्म पुग्न नसक्दा आर्थिक अवस्थामा सुधार आउन सकेको छैन । परिवारको गुजारा चलाउनका लागि दलित समुदायले आरन, सिलाइ, फलामको कार्य गर्ने, जुत्ता सिउनेलगायतका कार्य गर्दै आएका छन् । 

परम्परागत तरिकाबाट सञ्चालन हुँदै आएको व्यवसायबाट परिवारको दैनिक खाना खर्च जुटाउन दलित समुदायलाई निकै संघर्ष गर्नुपरेको छ । परम्परागत पेशाबाट जीविका धान्न मुस्किल हुन थालेपछि अधिकांश दलित समुदायका युवा पुख्र्यौली पेशाबाट पलायन हुँदै मजदूरीका लागि भारतीय पहाडमा जोखिमयुक्त कार्य गर्न बाध्य भएको दलित अगुवा ईश्वर सुनारले बताउनुभयो । 

बेलौरी नगरपालिका–९ झर्नासागरका ४५ वर्षीय पदम कामी अझै पनि परम्परागत आरन चलाएर परिवारको भरणपोषण गर्दै आउनुभएको छ । 

बालबालिकालाई विद्यालय पढाउने रहर हुँदाहँुदै पनि बाध्यताले भारतमा मजदूरीमा पठाउनु परेको उहाँले बताउनुभयो । 

विगतमा दलितका नाममा आउने योजना र बजेट टाठाबाठाले कुम्ल्याए देशमा परिवर्तन आई जनप्रतिनिधि आइसकेपछि उत्थानका कार्यक्रम ल्याई आत्मनिर्भर बनाइनुपर्ने उनीहरूको माग छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो