२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुटवल सहरमा आठ सय थान सौर्यबत्ती जडान

२०७३, ९ आश्विन आईतवार ०८:१४

असोज ९, रुपन्देही । बुटवल उपमहानगरपालिकाको सहरी क्षेत्रमा आठ सय थान सौर्यबत्ती जोडिने भएका छन् । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा जनसङ्ख्या तथा वातावरण मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । पहिलो चरणमा ५५, दोस्रो चरणमा ३०८ र तेस्रो चरणमा ४६८ सौर्यबत्ती जोडिने र यसका लागि करिब तीन करोड लगानी हुने उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्रुवबहादुर खड्का बताउनुहुन्छ । 

एक वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा बुटवलका अमरपथ लगायतका क्षेत्रमा ५५ वटा सौर्यबत्ती जडान भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सौर्य बत्ती जडानका लागि ४० प्रतिशत अनुदान दिएकामा उपमहानगरपालिकाले र समुदायले ३०–३० प्रतिशत लगानी व्यहोरेका थिए । अनुदान आएका ३०८ वटा सौर्यबत्ती यही असोज महिनाभित्रै जडान गरिने लक्ष्य छ । 

उपमहानगरपालिकाभित्र करिब रु साढे तीन करोड सौर्य बत्ती जडानमा खर्च गरिएको छ । बुटवल उपमहानगरपालिकाका सबै वडामा सौर्य बत्ती जडान गर्ने योजना भए पनि अहिले भने बजार केन्द्रित गरिएको छ । बजारका उपभोक्ता समितिबाट माग आएकाले प्राथमिकतामा बजारलाई राखिएको योजना अधिकृत डोलराज पौडेल उल्लेख गर्नुहुन्छ । बुटवल उपमहानगरपालिकाले तेस्रो चरणका लागि ४६८ थानमा सौर्यबत्तीे माग गरेको छ । 

बत्ती जडानका लागि टेन्डर आह्वानपछि सम्झौता गर्नै कम्पनीले पाँच वर्षसम्म बत्तीको हेरचाह गर्ने पाँच वर्षपछि बत्तीको हेरचाह गर्ने जिम्मा समुदायमा आउने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु