2026-09-12 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राईस मिल बचाउन गौरमा भुमाफिया विरुद्ध जनप्रदर्शन

अभिमनु पटेल, असोज ९, रौतहट । रौतहट जिल्लाको गौरव गौरको सान रहेको ऐतिहासिक गौर राईसको जग्गा बचाउन जनप्रर्दशन गरिएको छ । सार्वजनिक स्थलका रुपमा वर्षौंदेखि प्रयोग भइरहेको गौर राइस मिलको जग्गामा भूमाफियाले आँखा लगाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

गौर राइस मिलको सार्वजनिक जग्गा बिक्री गर्ने उद्देश्यका साथ भूमाफियाहरु सक्रिय भएपछि सदरमुकाम गौरमा आइतबार स्थानीयले जुलुस निकालेका छन ।

वि.स. २००३ सालमा स्थापना भएको ऐतिहासिक गौर राइस मिल २०३५ सालमा बन्द भएपछि सार्वजनिक रुपमै रौतहटवासीले प्रयोग गरिरहेका छन् । राइस मिलको नाममा रहेको झण्डै ६ बिघा जग्गामा लामो समयदेखि केही भूमाफियाहरुले आँखा लगाएका छन् । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले २०६७ सालमा मन्त्रिपरिषदबाटै सो जग्गा अधिग्रहण गर्ने निर्णय गरेका थिए । २०७१ मा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले अधिग्रहण अधिकृत नै तोकेर सो जग्गा सार्वजनिक प्रयोगका लागि गौर नगरपालिकालाई जिम्मा लगाउने तयारी समेत गरेको थियो । २०७१ असार ३० गते गौर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत सुनिलप्रसाद साह र प्रमुख जिल्ला अधिकारीको पहलमा जग्गा नाप जाँच गरी ५ बिघा १९ कठ्ठा १५ धुर जग्गाको मूल्यांकन रजिष्ट्रेशन दस्तुर समेत गरी १४ करोड ७ लाख ९७ हजार रुपैयाँ निकासा गर्न संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई पत्राचार समेत गरेको थियो ।

गौर नगरपालिकाले अझै पनि सो जग्गा अधिग्रहणको प्रक्रियामा रहेको बताइँरहदा गौरका केही व्यक्तिहरु सो जग्गा बिक्री गर्ने प्रयासमा रहेको स्थानीय बताउदै आजु आईतवार भुमाफियाको विरोधमा जनप्रर्दशन गरिएको छ । विभिन्न राजनीतिक कार्यक्रम, खेलकुद, मेला तथा सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने सो जग्गा बिक्री गराउन भूमाफियाहरुले चलखेल गर्न थालेपछि विभिन्न राजनीतिक दल, पत्रकार, नागरिक समाज र स्थानीयले गौर राइस मिल जग्गा संरक्षण संघर्ष समिति गठन गरि संघर्ष जारी राखेको छ  ।

गौर राइस मिल जग्गा संरक्षण संघर्ष समितिको अगुवाईमा जुलुस प्रदर्शन गरिएको हो । जुलुसले गौरनगरपरिक्रमा गरेपछि प्रमुख जिल्ला अधिकारी नरहरी बराललाई ज्ञापनपत्र समेत बुझाएको छ । गौर राईसमिलको जग्गा विभिन्न समयमा भुमाफियाहरुले कव्जा गर्न खोजी रहेको छ अहिले सम्म गौरनगरपालीकाको वेवास्ताका बाबजुद स्थानियहरु भुमाफियाको योजनाहरु असफल गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस