१.गौर राईस मिलको जग्गा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१.गौर राईस मिलको जग्गा "/>

2026-11-01 09:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौर राईस मिलको जग्गा भुमाफिआलाई कब्जा गर्न दिदैनौं केन्द्रीय सदस्यि:यादव

अभिमनु पटेल, असोज ९, रौतहट । सदभावना पार्टीका केन्द्रीय सदस्य एवं प्रभावशाली युवा नेता योगेन्द्र राय यादव सँग गरिएको अन्तर्वार्ता ।

१.गौर राईस मिलको जग्गा अधिग्रहनमा भएको ढिल्ला सुस्ती लाई तपाई कुन रुपमा लिनु भएको छ । 

गौर राईस मिल समग्र रौतहट वासीको गौरबको बिषय हो । गौर राईस मिललाई कुनै पनि भुमाफिआ द्रारा कब्जा गर्ने खोज्नु रौतहट वासीको आत्मा उपर आक्रमण गर्नु हो । जब सम्म हाम्रो श्वास चलिरहन्छ त्यति वेला सम्म हामीले गौर राईस मिलको जग्गा भुमाफिआ लाई कब्जा गर्न दिदैनौं । गलत तरिकाले कम्पनी रजिष्टार कार्यालयमा नक्कली कागजात पेश गरी स्थानिय केही दलाल र बैकुण्ठ पौडेल नाम गरेका व्यक्तिले त्यसमा गौलमाल गरेको देखिन्छ ।

२.राईस मिलको जग्गा सार्वजनिक स्थल नहुनुमा कसलाई दोसी ठान्नु हुन्छ ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आफनो प्रधानमन्त्री कालमा अधिग्रहन गर्ने घोषण गर्नु भयो तर मुअवजा दिने निर्णय नगरेका कारण आज यस्तो दिन देख्न परेको हो । जसको फल स्वरुप नक्कली कागजातको भरमा जग्गा धनी दाबी गर्ने पक्षको जीत भयो ।माधव नेपाल कालको मन्त्री परिषदले अधिग्रहनको साथ साथै क्षतिपूर्ति दिने निर्णय गरेको भए सर्वोच्च अदालतले नक्कली जग्गा धनीको पक्षमा फैसला गर्ने थिएन । माधव नेपालकोअपरिपक्क निर्णयका कारणले भूमाफिआहरु आफनो नाममा राईस मिल हात पार्ने सफल भएका हुन ।

तैपनि समग्र जनताको हित हुने वस्तुलाई सरकारले जुनसुकै वेला क्षतिपूर्ति तिरेर सार्वजनिक सम्पति बनाउन सक्छ । यसको कानुनी मान्यता छ ।

३.राईस मिल गौर वासी लाई किन जरुरी छ ।

सरकारी र निजी स्तरबाट ठुलला उत्सव महोत्सव गर्ने राईस मिलको जग्गा अति नै जरुरी छ । राईस मिलको जगगामा विहानै कसरत , बयाम , गर्ने एक राम्रो ठाउ हो । खेलकुद सभा समारोहका लागि जरुरी छ । राईस मिल चौकमा राजनितिक , अध्यात्मीक र सांस्कृतिक कार्यक्रम हुदै आएको छ । त्यसका लागि पनि यो जरुरी छ ।

सबभन्दाठुलो कुराको हो भने गौर राईस मिल एतिहासिक मैदान भई सकेको छ । राईस मिल यस्तो मैदान हो कि माओवादी जनयुदको राप ताप जनता द्रारा प्रतिकार गरेको थियो । मधेशी जनताको शान स्वाभिमान संग राईस मिलको मैदान जोडिएको छ । दमनको ठिक छ जनताको तर्फबाट लडाई लडेको मैदान राईस मिल हो । राईस मिल  मैदान मधेशी जनता रौतहट वासीको कब्जा भन्दा वाहिर भए भने रौतहट वासीको आत्म माथी ठूलो आक्रमण र प्रहार दुने सम्भावना छ । हामीले आइतवार १३ अशोज गौरमा वृहत जन प्रदर्शन गर्दछौं भूमाफिआ विरोधमा हामी आन्दोलनकाता काम लाई निरन्तरता दिदैं जिल्ला प्रशासन घेराउ , मशाल जुलुश ,प्रदर्शन लगायतका काम गर्ने छौं । हामी पहिला विभिन्न निकायमा डेलिगेसन जान्छौं । तत्काल जग्गा अधिग्रहनको प्रक्रिया अगाडी नबढाईए आमरण अनशण समेत बस्ने छु । राईस मिलको जग्गा लाई सार्वजनिक सम्पतिको रुपमा अन्ततह राज्यलाई घोषणा पार्ने छौं ।

रौतहट राईस मिलको सन्दर्भमा भूमाफिआको कुनै अनशन चलखेल , गुण्डागर्दी लागु हुदैन । आम जनताको सम्पतिको रुपमा रहेको गौर राईस मिल आम जनताको नै रहने छ भने कुराको विश्वास दिलाउन चाहन्छौं ।

४.अधिग्रहणमा भएको ढिलाईको मुख्य दोषि कसलाई दिनुहुन्छ ।

यसमा स्थानिय प्रशासन शकाको घेरामा छ । यसमा प्रशासनको मिलि भगत हुन सक्छ । अधिग्रहणको सुचना जारी न  गर्नुमा गौर नगरपालिका र जिल्ला प्रशासन कार्यालय रौतहट प्रमुख दोषि छन । यसमा प्रमुख जिल्ला चुपलागेर बस्नु गौर नगरपालिका कार्यालयका कायकारी अधिकृत केही नगर्नु ठूलो रोकाको बिषय बनेका छन । स्थानिय भूमाफिआ र बाहीरको भूमाफिआको प्रभावमा त प्रमुख जिल्ला अधिकारी र गौर नगर पालिकाका कार्यकारी अधिकृत परेको हो को यस्तो शंका लागेको छ । कि सबै प्रभावलाई न्यून गर्नका लागि जनताले शक्ति प्रदर्शन गर्नु पर्छ । जनता जागरुक भएर यसमा पहल गर्नु पर्छ ।जनता सक्रिय रुपले लागे भन्ने जनताको अगाडी सबै मसिनरी फेलभएर जान्छ । इमान्दारी पूर्वक लागे भने यसमा उपल्बधी प्राप्त गर्न सकिन्छ ।

इमान्दारी पूर्वक नलागेर दलाली गर्ने हो भने भूमाफिआ यसलाई पूर्ण रुपले कब्जा गर्न सफल हुन्छ । गौर राईस मिललाई सार्वजनिक स्थल बनाउन इमान्दारीता सकृयता र धेरै ताकत साथ लाग्नु जिल्ला वासी संग अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द