असोज ९, ओखलढुंगा । ओखलढुंगामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोले सरोकारवालाहरुसँग विकासका लागि बहस गर्ने भएको छ । सञ्चार विकास प्रतिष्ठान द्धारा सञ्चालीत रेडियोले जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ९, ओखलढुंगा । ओखलढुंगामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोले सरोकारवालाहरुसँग विकासका लागि बहस गर्ने भएको छ । सञ्चार विकास प्रतिष्ठान द्धारा सञ्चालीत रेडियोले जिल"/>
2026-06-21 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेडियो सहयात्रीले ओखलढुंगामा विकासका लागि बहस गर्ने

असोज ९, ओखलढुंगा । ओखलढुंगामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोले सरोकारवालाहरुसँग विकासका लागि बहस गर्ने भएको छ । सञ्चार विकास प्रतिष्ठान द्धारा सञ्चालीत रेडियोले जिल्लाका सबै क्षेत्रका सरोकारवालहरुसँग चरणबद्ध छलफल गर्ने भएको हो ।

‘विकास र परिवर्तनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया पहिलो चरणमा सोमबार जिल्ला स्थित कार्यालय प्रमुखहरुसँग गर्ने र क्रमश १५ गते सम्म राजनैतीक दल,गाविस सचिव,गैरसरकारी संघ संस्था,बैङ्क तथा वित्तीय संस्था,उद्योग वाणिज्य संघ,होटल व्यवसायी संघ,निर्माण व्यवसायी संघ, पत्रकार,सञ्चारकर्मी लगाएतसँग छलफल गर्ने कार्यक्रम रहेको रेडियोका स्टेशन म्यानेजर पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । छलफल पछि सरोकारवालाहरु बिच साझा धारणा समेत तय गरिने उहाँको भनाई छ ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली २०७३ को पावन अवसरमा सहयात्री रेडियोले शुभकामना आदान–प्रदान सँगै विकासका लागि बहस कार्यक्रम सञ्चालन गरिने रेडियोका प्रबन्ध निर्देशक जीवन शर्माले बताउनुभयो । स्थापना काल देखि नै सहयात्री सामुदायिक रेडियोले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ