कमल रावल । असोज ११, अछाम | जिल्ला युवा समिती अछामको कार्यालयको सोमबार एक कार्यक्रमका बिच  उद्घाटन गरिएको छ । जिल्ला युवा समिती अछामका अध्यक्ष मिना साउदको अध्यक्षतामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल । असोज ११, अछाम | जिल्ला युवा समिती अछामको कार्यालयको सोमबार एक कार्यक्रमका बिच  उद्घाटन गरिएको छ । जिल्ला युवा समिती अछामका अध्यक्ष मिना साउदको अध्यक्षतामा"/>

2026-08-29 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला युवा समिती अछामको कार्यालयको उद्घाटन

कमल रावल । असोज ११, अछाम | जिल्ला युवा समिती अछामको कार्यालयको सोमबार एक कार्यक्रमका बिच  उद्घाटन गरिएको छ । जिल्ला युवा समिती अछामका अध्यक्ष मिना साउदको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेर बहादुर कुँवर प्रमुख अतिथी रहनु भएको थियो । 

कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले देशको राट्रियता जोगाउन युवाहरु अग्रसर हुनुपर्ने बताउनु भएको छ । आगामी दिनमा युवा समितीले जिल्लाका युवाहरुको आवश्यक्तmालाई ध्यानमा राखी काम गर्नुपर्ने अध्यक्ष कुँवरको भनाई छ । युवाहरुलाई विभीन्न कुलतबाट बचाउन समितीले महत्वपूर्ण भूमीका खेल्नुपर्ने र युवाहरुपनी अधिकारका लागी सक्रिय हुनुपर्नेमा जोड दिनु भएको छ । युवाहरुलाई सृजनशिल र लगनशील हुन उहाले आग्रह गर्नुभयो । पूर्व सभासद समेत रहनु भएका कुँवरले सबै क्षेत्रका युवाहरुलाई समेटर कामगर्न जिल्ला युवा समितीलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बिशिष्ट अतिथीको आशनबाट बोल्नुहुदै अछामका जिल्ला न्यायधिश हरि प्रसाद शर्मा उपाध्या पंगीनीले अदम्ब्य साहस भएका युवाहरुलाई सहि ठाउमा प्रयोग गरे मात्र देश विकासको गतीमा अघि बढ्ने बताउनु भएको छ । नेपालका युवाहरु खाडी मुलुकमा आफ्नो श्रम बेच्न बाध्या भएका भन्दै अब सरकाले नेपाली युवाहरुलाई स्वदेशमा रोजगारको सृजना गर्न सकेमात्रै नेपालको विकास सम्भब हुने बताउनुभयो । 

सरकारले रेमीटान्समा गर्भ गर्नु दुखद पक्ष भएको न्यायधिश पंगीनीको भनाई छ । अछामका निमीत्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले जिल्लामा  युवाका क्षेत्रमा कामगर्ने सबै सरोकार वालाले एक भएर काम गर्न सुझाव दिनुभएको छ । उहाले युवाको क्षेत्रमा काम गर्ने संघस्था र ब्यक्तिलाई आगाी दिनमा सम्मान गरिने बताउनुभयो । जिल्ला युवा समिती अछामले सबैलाई समेटेर अघिबढ्न सहायक प्रमुख जिल्ला अधिकारी भुसालको सुझाव थियो । कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले अछामका सचिव यज्ञ बहादुर बोगटी, अछामका प्रहरी प्रमुख निरन्जनदत्त भट्ट, पत्रकार महासंघ अछामका उपाध्यक्ष जनक भण्डारी, गैसस महासंघ अछामका अध्यक्ष खडक बहादुर खड्का, अन्र्तपार्टि महिला संञ्जाल अछामका अध्यक्ष सरस्वती रावल, यूनएफीएका भरत गोतामे, जिल्ला युवा संञ्जाल अछामका सहसचिव दिपीका कुँवर, जिल्ला युवा समिती अछाम नेपालका अध्यक्ष बम बहादुर स्वार लगायत जिल्लाका संञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । जिल्ला विकास समिती अछामका साबित्री बटालाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन पबीत्रा भण्डारीले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो