कमल रावल । असोज ११, अछाम | जिल्ला युवा समिती अछामको कार्यालयको सोमबार एक कार्यक्रमका बिच  उद्घाटन गरिएको छ । जिल्ला युवा समिती अछामका अध्यक्ष मिना साउदको अध्यक्षतामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल । असोज ११, अछाम | जिल्ला युवा समिती अछामको कार्यालयको सोमबार एक कार्यक्रमका बिच  उद्घाटन गरिएको छ । जिल्ला युवा समिती अछामका अध्यक्ष मिना साउदको अध्यक्षतामा"/>

३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला युवा समिती अछामको कार्यालयको उद्घाटन

११ आश्विन २०७३, मंगलवार ०३:२४


कमल रावल । असोज ११, अछाम | जिल्ला युवा समिती अछामको कार्यालयको सोमबार एक कार्यक्रमका बिच  उद्घाटन गरिएको छ । जिल्ला युवा समिती अछामका अध्यक्ष मिना साउदको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेर बहादुर कुँवर प्रमुख अतिथी रहनु भएको थियो । 

कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले देशको राट्रियता जोगाउन युवाहरु अग्रसर हुनुपर्ने बताउनु भएको छ । आगामी दिनमा युवा समितीले जिल्लाका युवाहरुको आवश्यक्तmालाई ध्यानमा राखी काम गर्नुपर्ने अध्यक्ष कुँवरको भनाई छ । युवाहरुलाई विभीन्न कुलतबाट बचाउन समितीले महत्वपूर्ण भूमीका खेल्नुपर्ने र युवाहरुपनी अधिकारका लागी सक्रिय हुनुपर्नेमा जोड दिनु भएको छ । युवाहरुलाई सृजनशिल र लगनशील हुन उहाले आग्रह गर्नुभयो । पूर्व सभासद समेत रहनु भएका कुँवरले सबै क्षेत्रका युवाहरुलाई समेटर कामगर्न जिल्ला युवा समितीलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बिशिष्ट अतिथीको आशनबाट बोल्नुहुदै अछामका जिल्ला न्यायधिश हरि प्रसाद शर्मा उपाध्या पंगीनीले अदम्ब्य साहस भएका युवाहरुलाई सहि ठाउमा प्रयोग गरे मात्र देश विकासको गतीमा अघि बढ्ने बताउनु भएको छ । नेपालका युवाहरु खाडी मुलुकमा आफ्नो श्रम बेच्न बाध्या भएका भन्दै अब सरकाले नेपाली युवाहरुलाई स्वदेशमा रोजगारको सृजना गर्न सकेमात्रै नेपालको विकास सम्भब हुने बताउनुभयो । 

सरकारले रेमीटान्समा गर्भ गर्नु दुखद पक्ष भएको न्यायधिश पंगीनीको भनाई छ । अछामका निमीत्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले जिल्लामा  युवाका क्षेत्रमा कामगर्ने सबै सरोकार वालाले एक भएर काम गर्न सुझाव दिनुभएको छ । उहाले युवाको क्षेत्रमा काम गर्ने संघस्था र ब्यक्तिलाई आगाी दिनमा सम्मान गरिने बताउनुभयो । जिल्ला युवा समिती अछामले सबैलाई समेटेर अघिबढ्न सहायक प्रमुख जिल्ला अधिकारी भुसालको सुझाव थियो । कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले अछामका सचिव यज्ञ बहादुर बोगटी, अछामका प्रहरी प्रमुख निरन्जनदत्त भट्ट, पत्रकार महासंघ अछामका उपाध्यक्ष जनक भण्डारी, गैसस महासंघ अछामका अध्यक्ष खडक बहादुर खड्का, अन्र्तपार्टि महिला संञ्जाल अछामका अध्यक्ष सरस्वती रावल, यूनएफीएका भरत गोतामे, जिल्ला युवा संञ्जाल अछामका सहसचिव दिपीका कुँवर, जिल्ला युवा समिती अछाम नेपालका अध्यक्ष बम बहादुर स्वार लगायत जिल्लाका संञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । जिल्ला विकास समिती अछामका साबित्री बटालाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन पबीत्रा भण्डारीले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ