2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढी पहिरो प्रभावित क्षेत्र अध्ययनका लागि भू—गर्वविद्को टोली प्यूठानमा

असोज १२, प्यूठान | गत साउन १० र ११ गते आएको बाढी पहिरोले प्रभावित भएका जिल्लाका विभिन्न गाविसहरुमा प्रारम्भिक अध्ययनको लागि भूगर्व्विद्को टोली आएको छ । उद्योग मन्त्रालय अन्तर्गत खानी तथा भूगर्व विभागका नारायण अधिकारी र रोशन कोइराला प्रभावित क्षेत्रमा स्थलगत अध्ययनका लागि पुगेका छन् । 

पहिरोले सवैभन्दा बढी मानवीय क्षति भएको फोप्ली सहित खवाङ, लिघा, डामृ, अर्खा, रजवारा, पूँजा र लुङको बस्तीमा पुगेर टोलीले अध्ययन गर्ने बताइएको छ । प्रारम्भिक अध्ययनको नतिजा एक साताभित्र आउने अध्ययन टोलीका सदस्य रोशन कोइरालाले जानकारी दिए । जमिन चर्केको अवस्था, भुगोल लगाएत विषयमा प्रारम्भिक अध्ययन गरिने उनले बताए । ‘एक हप्ताभित्र सवै गाविसमा पुगेर अध्ययन गर्ने योजना छ’,उनले भने,‘शुरुमा फोप्लीबाट अध्ययन थालेका छौँ ।’ प्रारम्भिक नतिजा पश्चात विस्तृत अध्ययन(डिपिआर)का लागि थप टोली आउने उनले जानकारी गराए । 

मंगलवार फोप्लीको चारीवाङ, भृकुना, गातिना र ठूलोगाउँमा भूगर्व्विद्को टोलीलाई अध्ययनका लागि देखाइएको फोप्ली गाविसका सामाजिक परिचालक यूवराज भण्डारीले जानकारी गराए । पहिरोले घरगोठ बगाएपछि फोप्लीका झण्डै ७१ घरपरिवार आफन्तको घरगोठ र सार्वजनिक स्थानमा त्रिपाल राखेर बसेका छन् । भूगर्व्विद्को टोलीले निकालेको अध्ययनबाट प्रभावित क्षेत्रमा बस्ती विकासको योजना बनाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी गराए । (एलिसा बस्नेतबाट प्राप्त समाचार)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई