Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ओखलढुंगामा सरकारी सवारीको चरम् दुरुपयोग

By साझासवाल 11 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

पूर्णप्रसाद न्यौपाने/कार्तिक १,ओखलढुंगा । विकासको फड्को भर्खरै मार्दै गरेको ओखलढुंगा सामान्य व्यक्तिहरुको लागि भन्दा पहुँचमा हुनेहरु  र उच्च पदस्त कर्मचारीहरुका लागि लुटको स्वर्ग बन्दै गएको छ । राजनैतीक दलका केहि नेता र केहि उच्च पदस्त सरकारी अधिकारीहरुको मनोमानी बढ्दै गएको हो । यस्तै पछिल्लो समयमा ओखलढुंगा उच्च सरकारी अधिकारीहरुका लागि सरकारी स्रोत साधन दुरुपयोग गर्ने अखडा बन्दै गएको छ । जिल्लामा कार्यरत उच्च सरकारी अधिकारीहरु आफूत सरकारी स्रोत साधनको दुरुपयोग गर्दै नै आइरहेका छन् नै उनीहरुका आफन्तले समेत सरकारी साधको दुरुपयोग गर्न थालेका छन् ।

जनताको रगत पसिनावाट जम्मा गरिएको राज्यकोषवाट खरिद गरिएका सवारी साधन व्यक्तिगत वयौती जस्तै दुरुपयोग गर्नेहरुलाई कारवाही गरिनु पर्ने माग बढेको छ । ‘यहाँ ठुला भनाउँदाले जे गरेपनि हुने रहेछ, त्यसको उदाहरणका रुपमा अहिले ओखलढुंगामा सरकारी सवारीको दुरुपयोगलाई मात्रै हेरौँ’ नाम बताउँदा आफु असुरक्षीत हुने भन्दै नाम नबताउने सर्तमा एक स्थानियले भन्नुभयो ‘यहाँका सरकारी कर्मचारीहरुले चर्पी जाँदा गाडिको प्रयोग नगर्लान नभए विदामा होस् वा अन्य जुनसुकै अवस्थामा होस् दुरुपयोग गरेकै छन्,सांसद र नेताहरुले पनि दुरुपयोग गर्न भ्याएकै छन् खै कस्ले यसको नियन्त्रण गर्ने ?’ जनताहरुले राज्यमाथिको लुट रोक्न खवरदारी गर्दै आएको भएपनि कुनै पक्ष जनताको खबरदारी सुन्न तयार छैनन् । राज्यको ढुकुटी माथिको छुट र लुट रोक्न राज्यकै निकायहरु सकृय रहन सके दुरुपयोग नियन्त्रणमा आउन सक्ने अपेक्षा गर्न सकिन्छ ।

आफ्नै सवारी साधन भएका जिल्लाका सबैजसो सरकारी कार्यालयका प्रमुख देखि कार्यालय सहयोगि समेतले सरकारी सवारीको दुरुपयोग गरिरहेको भेट्न सकिन्छ । केहि कर्मचारीहरुले श्रीमती शिक्षीकालाई विहान बेलुका विद्यालय सम्म पु¥याउने र ल्याउने,केहिले लामो समय सम्म घर विदामा बस्दा समेत घरैमा लगेर राख्ने र विदाको दिनमा परिवार सहित घुम्न जाँदा समेत सरकारी गाडि चड्ने गरेको पाईन्छ । ‘यहाँका कर्मचारीहरु विहान मर्निङवाक गर्दा देखि साँझ दारु भट्टीमा बस्दा समेत अझ विदाको समयमा पनि सरकारी गाडि चड्छन् ।’ नेपाली कांग्रेसका एक नेताले भन्नुभयो‘हामी अरु बाहिरको मान्छेले बोलेर केहि हुँदैन,राज्यकै निकायले यसलाई नियन्त्रण गर्नुपर्छ ।’ ओखलढुंगामा लामो समय देखि सरकारी सवारीको दुरुपयोग हुँदै आएको छ । यति सम्म कि दशैँको विदामा पनि ओखलढुंगाका सरकारी सवारी साधनले फुर्सद पाएनन् । दशैँ सुरु नहुँदै हिँडेका कर्मचारीहरुले अझै सवारी लिएर आएका छैनन् भने जिल्लामा भएका सवारी पनि जिल्लाभित्रै घर भएका कर्मचारीहरुले दशैँ भर चलाएर माईत,मावली,ससुराली….. गर्न समेत भ्याए । सरकारी काम बाहेक पनि कुनै आपतकालीन अवस्थामा अनुमती लिएर मात्रै सवारी सञ्चालन गर्न सकिने भएपनि अनुमती लिने चलन नै नभएको स्रोतको दावी छ ।

प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भने सरकारी कर्मचारी राज्यको नियम जानेको हुने भएकाले आफैँ सचेत बन्नु पर्ने बताउनुभयो । प्रजिअ अधिकारीले भन्नुभयो–‘राज्यको सम्पत्ति सरकारी काममा वाहेक व्यक्तिगत काममा प्रयोग गर्नु दुरुपयोग हो यसलाई रोक्नै पर्छ ।’ सरकारी स्रोत साधन दुरुपयोग रोक्न आफुले सक्दो पहल गर्ने उहाँको भनाई छ । यता ट्राफिक प्रहरीले पनि सरकारी सवारी दुरुपयोग भएको विषयमा कडाई गर्न सकेको छैन । सर्वसाधारण जनतालाई सामान्य नियम उलंघनमा समेत कानुन अनुसार कारबाहि गर्ने ट्राफिक प्रहरीले सरकारी नंबर प्लेटका सवारी साधान ओखलढुंगामा चेकजाँच समेत गर्दैन ।

नेता र सांसदबाटै पनि हुन्छ सरकारी सवारी दुरुपयोग

ओखलढुंगामा सरकारी कर्मचारीहरुले मात्रै होईन यहाँका राजनैतीक दलका केहि नेता र सांसदहरुले समेत सरकारी सवारीको दुरुपयोग गर्ने गरेका छन् । जिल्लाका प्रत्यक्ष र समानुपातीक तर्फका सांसदहरुले अधिकांश जिल्ला बसाईका क्रममा सरकारी सवारी प्रयोग गर्ने गरेको एक कार्यालय प्रमुखले स्विकार गर्दै भन्नुभयो ‘माननियहरु आउनुहुन्छ,ल मलाई तुरुन्त गाडि चाहियो भनेपछि दिनै प¥यो,फेरी एउटा लाई दिएर अर्कालाई नदिने कुरा भएन,सबैलाई दिँदा कतिपय अवस्थामा सरकारी कामकाज नै ठप्प हुन्छ ।’ नेता र सांसदहरु पार्टीको कार्यक्रम वा जनतासँगको भेटघाटमा आउँदा जाँदा सरकारी सवारीको प्रयोग गर्दा ईन्धन,चालक लाई भत्ता लगाएतको आर्थिक भार भने सरकारी कार्यालयहरुलाई नै पर्ने गरेको कार्यालय प्रमुखहरुको भनाई छ । कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने कानुनमा उल्लेख छ तर ओखलढुंगामा सबै पक्ष मिलेर कानुनको धज्जी उडाईरहेको भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा खबर छ ।