Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बैतडीमा चौधवटा झोलुङ्गे पुल निर्माण हुने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २, बैतडी | बैतडीमा चालु आवमा १४ वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत जिल्ला परिषद्ले पारित गरेका पुल निर्माण गरिने जिल्ला विकास समिति बैतडीले जनाएको छ ।

जिल्लाका विभिन्न १४ स्थानमा १४ वटा झोलुङ्गे पुल निर्माण हुने स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिनुभयो । चौधवटा पुल निर्माणका लागि रु एक करोड १० लाख ४१ हजार बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

जिल्ला परिषद्ले पारित गरेका झोलुङ्गे पुल निर्माणका लागि उपभोक्ता समिति गठनका लागि सम्बन्धित गाविस र नगरपालिकालाई परिपत्र गरिसकिएको बताइएको छ ।

देहीमाडौँको जोलाघट्टमा, डिलाशैनीको मनकुडामा, आम्चोराको विनायकमा, शङ्करपुरको घुरसैनीमा, पाटन नगरपालिकाको गागरमा झोलुङ्गे पुल निर्माण हुने जिल्ला विकास समितिले जनाएको छ ।

यस्तै, कैलपालको गोसाइमा, कोटपेट्राको नानरामा, रीमको जमाडीमा, भौनेलीको बाजाघट्टमा, दशरथचन्द नगरपालिकाको धारीगाडमा, श्रीकेदार र दुर्गाभवानीको भण्डारीगाडमा, दुर्गाभवानीको कंसनीगाडमा र महारुद्रको रड्म्यागाडमा झोलुङ्गे पुल निर्माण हुनेछन् ।

चालु आवभित्रै १४ वटा पुलको निर्माण कार्य सम्पन्न गरिने जिल्ला विकास समितिले जनाएको छ । यसैगरी जिल्लामा पहिला बनेका झोलुङ्गे पुलको नियमित मर्मतका लागि रु सात लाख, बृहत् मर्मतका लागि रु २५ लाख र तालिम कार्यक्रमका लागि रु दुई लाख बजेट विनियोजन गरिएको जिल्ला विकास समितिले जनाएको छ । रासस