२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुंगामा नियम विपरीत लघुवित्त सञ्चालन हुनेक्रम बढ्यो

२०७३, २ कार्तिक मंगलवार ०१:५३

कार्तिक २,ओखलढुंगा । ओखलढुंगामा नियम विपरीत लघुवित्त सञ्चालन हुनेक्रम बढ्दै गएको छ । विगत पाँच वर्षयता सदरमुकाममा लघुवित्त कारोबार गर्ने संस्था तिव्रगतीमा खुलिरहेका छन् । अहिले सिद्धिचरण नगरपालिकाभित्रै १३ वटा संस्थाले लघुवित्त कार्यालय सञ्चालन गरिरहेका छन्,भने थप दुई कार्यालय स्थापनाको अन्तिम तयारीमा छन् । अझै तीनवटा लघुवित्तले शाखा स्थापना गर्न सम्भाव्यता अध्ययन गरिरहेका छन् । आर्थिक वर्ष ०७२/७३ मै ६ वटा लघुवित्तले शाखा स्थापना गरी कारोबार थालेका छन् । 

राष्ट्र बैंकले आफ्नै नियम विपरीत यत्ति धेरै लघुवित्त संस्थालाई एकै स्थानमा शाखा खोल्न अनुमति दिएको हो । वित्तीय पहुँच कम भएको जिल्ला भएकाले पनि आँखा चिम्लेर अनुमति दिने गरेको सरोकारवालाको भनाइ छ । जब कि एउटै गाविस वा नगरपालकाभित्र ५ वटाभन्दा बढी लघुवित्त कारोबार गर्ने संस्थालाई अनुमति दिने प्रावधान छैन । तर, आफैंले बनाएको नियम विपरीत राष्ट्र बैंकले सिद्धिचरण नगरपालिकाभित्रै १५ वटा संस्थालाई अनुमति दिइसकेको छ । संस्था स्थापना हुनु आफंैमा नराम्रो नभएपनि यसले बढाएको अस्वस्थ प्रतिस्पर्धा चिन्ताको विषय भएको  लघुवित्तकर्मीहरुकै भनाई छ । अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको उद्देश्य पूरा नहुने र लगानी डुब्ने खतरा बढेको छ । 

राष्ट्र बैंकको नियमअनुसार एकजनालाई एक मात्र लघुवित्तले सदस्य बनाउन पाइन्छ । तर, ओखलढुंगामा एउटै व्यक्तीलाई चारवटासम्म संस्थाले सदस्य बनाए पनि यसको अनुगमन र कारबाही हुन सकेको छैन । जिल्लामा खुलेका अधिकांश लघुवित्तले कार्यक्षेत्रका रूपमा सदरमुकाम आसपासका गाविसलाई मात्र लिएका छन् । उत्तर, पश्चिमतिरका दुर्गम गाविसहरूमा पुग्न सकेको छैन । सदरमुकाम बाहिर महुली सामुदायिकले मानेभन्ज्याङमा शाखा स्थापना गरेको छ । सामुदायिक लघुवित्तले रामपुरमा सेवा केन्द्र स्थापना गरेको छ । छिमेक लुघुवित्तले प्राप्चा सम्म सेवा पु¥याएको छ । बाँकी सबै संस्था सदरमुकाममै कार्यालय सञ्चालन गरेर कारोबार गरिरहेका छन् । 

महिला समूह बनाई विपन्नलाई जीविकोपार्जन तथा व्यवसाय गर्न लघुवित्तले लगानी गर्ने प्रावधान छ । तर लगानीको नाममा विपन्नसँग चर्को ब्याज असुल्ने गरेको गुनासो समेत बढेको छ । दुर्गम जिल्ला मानेर ओखलढुंगालाई राष्ट्र बैंकले बर्सेनि वित्तीय पहुँच नभएको सूचीमा राख्ने गरेको छ । तर, मौद्रिक नीति पुनरावलोकन गरी मापदण्डहरूको स्थिति अनुगमन गरेको देखिएको छैन । 

लगानीलाई सुनिश्चित गर्न लघुवित्तले सुरुमा बिनाधितो ५० हजारसम्म लगानी गर्ने चलन भए पनि लोकप्रियताका लागि कतिपयले १ लाखसम्म लगानी गर्न थालेका छन् । बिनाधितो ३ लाखसम्म लगानी गर्न पाउने नियम छ । जिल्लामा व्यापारिक कारोबार कम हुने गरे पनि वित्तीय कारोबारकै लागि बैंकका संख्यासमेत सात पुगेका छन् । राष्ट्रिय वाणिज्य, सिभिल, भिबोर विकास, कृषि विकास, कुमारी, टुरिजम डेभलपमेन्ट र सगरमाथा फाइनान्स सञ्चालनमा छन् । 

लघुवित्त कारोबार गर्ने संस्थाहरूमध्ये सबैभन्दा बढी कारोबार गर्नेको सूचीमा महुली सामुदायिक छ । जसले दुईवटा शाखा स्थापना गरी जिल्लाको १ नगरपालिका र ३२ गाविसमा ४ हजार ७ सय सदस्य बनाएको छ । १० करोड ५० लाखको हाराहारीमा कर्जा लगानी गरेको छ । कारोबारका रूपमा दोस्रो स्थानमा स्वावलम्बन लघुवित्त छ । उसको ७ करोडको हाराहारीमा लगानी रहेको कान्तीपुर दैनिकमा पनि खबर छ । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी