2026-11-02 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुंगामा नियम विपरीत लघुवित्त सञ्चालन हुनेक्रम बढ्यो

कार्तिक २,ओखलढुंगा । ओखलढुंगामा नियम विपरीत लघुवित्त सञ्चालन हुनेक्रम बढ्दै गएको छ । विगत पाँच वर्षयता सदरमुकाममा लघुवित्त कारोबार गर्ने संस्था तिव्रगतीमा खुलिरहेका छन् । अहिले सिद्धिचरण नगरपालिकाभित्रै १३ वटा संस्थाले लघुवित्त कार्यालय सञ्चालन गरिरहेका छन्,भने थप दुई कार्यालय स्थापनाको अन्तिम तयारीमा छन् । अझै तीनवटा लघुवित्तले शाखा स्थापना गर्न सम्भाव्यता अध्ययन गरिरहेका छन् । आर्थिक वर्ष ०७२/७३ मै ६ वटा लघुवित्तले शाखा स्थापना गरी कारोबार थालेका छन् । 

राष्ट्र बैंकले आफ्नै नियम विपरीत यत्ति धेरै लघुवित्त संस्थालाई एकै स्थानमा शाखा खोल्न अनुमति दिएको हो । वित्तीय पहुँच कम भएको जिल्ला भएकाले पनि आँखा चिम्लेर अनुमति दिने गरेको सरोकारवालाको भनाइ छ । जब कि एउटै गाविस वा नगरपालकाभित्र ५ वटाभन्दा बढी लघुवित्त कारोबार गर्ने संस्थालाई अनुमति दिने प्रावधान छैन । तर, आफैंले बनाएको नियम विपरीत राष्ट्र बैंकले सिद्धिचरण नगरपालिकाभित्रै १५ वटा संस्थालाई अनुमति दिइसकेको छ । संस्था स्थापना हुनु आफंैमा नराम्रो नभएपनि यसले बढाएको अस्वस्थ प्रतिस्पर्धा चिन्ताको विषय भएको  लघुवित्तकर्मीहरुकै भनाई छ । अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको उद्देश्य पूरा नहुने र लगानी डुब्ने खतरा बढेको छ । 

राष्ट्र बैंकको नियमअनुसार एकजनालाई एक मात्र लघुवित्तले सदस्य बनाउन पाइन्छ । तर, ओखलढुंगामा एउटै व्यक्तीलाई चारवटासम्म संस्थाले सदस्य बनाए पनि यसको अनुगमन र कारबाही हुन सकेको छैन । जिल्लामा खुलेका अधिकांश लघुवित्तले कार्यक्षेत्रका रूपमा सदरमुकाम आसपासका गाविसलाई मात्र लिएका छन् । उत्तर, पश्चिमतिरका दुर्गम गाविसहरूमा पुग्न सकेको छैन । सदरमुकाम बाहिर महुली सामुदायिकले मानेभन्ज्याङमा शाखा स्थापना गरेको छ । सामुदायिक लघुवित्तले रामपुरमा सेवा केन्द्र स्थापना गरेको छ । छिमेक लुघुवित्तले प्राप्चा सम्म सेवा पु¥याएको छ । बाँकी सबै संस्था सदरमुकाममै कार्यालय सञ्चालन गरेर कारोबार गरिरहेका छन् । 

महिला समूह बनाई विपन्नलाई जीविकोपार्जन तथा व्यवसाय गर्न लघुवित्तले लगानी गर्ने प्रावधान छ । तर लगानीको नाममा विपन्नसँग चर्को ब्याज असुल्ने गरेको गुनासो समेत बढेको छ । दुर्गम जिल्ला मानेर ओखलढुंगालाई राष्ट्र बैंकले बर्सेनि वित्तीय पहुँच नभएको सूचीमा राख्ने गरेको छ । तर, मौद्रिक नीति पुनरावलोकन गरी मापदण्डहरूको स्थिति अनुगमन गरेको देखिएको छैन । 

लगानीलाई सुनिश्चित गर्न लघुवित्तले सुरुमा बिनाधितो ५० हजारसम्म लगानी गर्ने चलन भए पनि लोकप्रियताका लागि कतिपयले १ लाखसम्म लगानी गर्न थालेका छन् । बिनाधितो ३ लाखसम्म लगानी गर्न पाउने नियम छ । जिल्लामा व्यापारिक कारोबार कम हुने गरे पनि वित्तीय कारोबारकै लागि बैंकका संख्यासमेत सात पुगेका छन् । राष्ट्रिय वाणिज्य, सिभिल, भिबोर विकास, कृषि विकास, कुमारी, टुरिजम डेभलपमेन्ट र सगरमाथा फाइनान्स सञ्चालनमा छन् । 

लघुवित्त कारोबार गर्ने संस्थाहरूमध्ये सबैभन्दा बढी कारोबार गर्नेको सूचीमा महुली सामुदायिक छ । जसले दुईवटा शाखा स्थापना गरी जिल्लाको १ नगरपालिका र ३२ गाविसमा ४ हजार ७ सय सदस्य बनाएको छ । १० करोड ५० लाखको हाराहारीमा कर्जा लगानी गरेको छ । कारोबारका रूपमा दोस्रो स्थानमा स्वावलम्बन लघुवित्त छ । उसको ७ करोडको हाराहारीमा लगानी रहेको कान्तीपुर दैनिकमा पनि खबर छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द