2026-11-02 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखराको फिर्केखोलामाथि अब मोटरेबल पुल बन्ने

कात्तिक २, पोखरा । पोखरा नगर क्षेत्र भएर बग्ने फिर्के खोला माथि मोटर चल्ने पुल निर्माण गरिने भएको छ । 

व्यवस्थित पुलको अभावमा वर्षातको समयमा खोला उर्लिँदा सवारीसहित मानिस बगाउने समस्या बढ्दै गएपछि जिल्ला विकास समिति कास्कीको सक्रियतामा पुल निर्माण गर्न लागिएको हो । 

पोखरा उपमहानगरपालिका–६ बैदाम र उपमहानगर–७ जोड्ने गरी मालपोत कार्यालय कास्की नजिकै निर्माण गर्न लागिएको सो पुलको सोमबार यहाँ आयोजित एक समारोहका बीच स्थानीय विकास अधिकारी दामोदर भण्डारीले शिलान्यास गर्नुभयो । 

कुल रु एक करोड आठ लाख २९ हजार लागतमा निर्माण हुन लागेको १० मिटर लम्बाइको सो पुल आगामी २०७४ असोज ३ गतेभित्र निर्माण सम्पन्न गरिने प्रमुख जिल्ला इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपाल सरकारको ७० प्रतिशत र जिल्ला विकास समिति कास्कीको ३० प्रतिशत सहयोगमा पुल निर्माण सम्पन्न गरिनेछ । शिलान्यास कार्यक्रममा स्थानीय विकास अधिकारी भण्डारीले स्थानीयवासीको माग र आवश्यकताअनुसार जिल्ला विकास समितिले पुल निर्माण गर्न लागिएको बताउनुभयो । 

कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, प्रमुख जिल्ला इन्जिनियर नारायण श्रेष्ठ, फिर्के खोला सरोकार समितिका अध्यक्ष रत्नबहादुर ठकुरी, जिविसका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेलगायतले पुलको महत्व र फिर्के खोला संरक्षणको विषयमा आआफ्ना धारणा राख्नुभएको थियो । 

नयाँ पुल बन्न लागेको स्थानमा कलभर्ट मात्रै हुँदा खोला उर्लेका बेला आवतजावतमा समस्या हुने गरेको बताउने स्थानीयवासी नयाँ पुल बन्ने भएपछि सुरक्षित आवतजावत गर्न सकिने कुराले हर्षित बनेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द