पढ्न करिब 1 मिनेट लाग्छ

नरी बडु | कात्तिक २, बैतडी | सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको लोक कला तथा विभिन्न संगितहरुबाट संस्कृति जोगाउने उद्देश्यले बैतडीको तल्लो स्वराड क्षेत्रका प्रकास कलौनी (हाल पन्जाब) लगानी जुटाउनमा व्यस्त छन् ।

सुदूरपश्चिम क्षेत्रमा बसोवास गर्ने तर कामको सिलसिलाभा देश बाहिर रहेका युवाहरुबाट उनले अहिले सम्म ६१ हजार जम्मा गरिसकेका छन् ।

जसमध्ये अहिले सम्म बैतडीको दुर्गास्थान गाविस घर भएका दिपकराज बडुले २५ हजार, पुख्र्यौली घर बैतडी भई हाल महेन्द्रनगर बसोबास गर्दै आएका र अहिले साउदीमा बैदेशिक रोजगारी गरीरहेका बसन्ती कार्किले ३३ हजार, बैतडीको दुर्गास्थान गाविसका धिरेन्द्र बडुले ३ हजार सहयोग गरिसकेको कलौनीने बताए ।

उक्त उठेको रकमबाट दशै र तिहारको लागि यस क्षेत्रको संस्कृति झल्कीने एउटा गित निकाली सकिएको र अब छिट्टै दुई गित निकाल्ने तयारीमा रहेको उनको भनाई छ ।

स्थानीय मौलिक संस्कृति, स्थानीय स्तरका धार्मिक तथा प्रर्यटकिय क्षेत्र लगायतको प्रचार प्रसार समेत समेटीने गरेर गित निकाल्न लागिएको उनको भनाई छ ।

स्थानीय कला संस्कृतिको जगेर्नाका लागि बैदेशिक रोजगारीमा रहेका युवाहरुले अझै सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।