कमल रावल | कात्तिक ४, अछाम | माथिल्लो अपरकर्णाली जलविद्युत परियोजनाका बारेमा अछाम जिल्ला स्थित राजनितिकदल संग अन्तरक्र्रिया गरिएको छ । कार्यक्रममा सहभागी राजनितिक दलले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | कात्तिक ४, अछाम | माथिल्लो अपरकर्णाली जलविद्युत परियोजनाका बारेमा अछाम जिल्ला स्थित राजनितिकदल संग अन्तरक्र्रिया गरिएको छ । कार्यक्रममा सहभागी राजनितिक दलले "/>
२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

माथिल्लो अपरकर्णाली जलविद्युत परियोजना अछामीको हितमा हुनुपर्नेमा जोड

२०७३, ४ कार्तिक बिहीबार १४:३५

कमल रावल | कात्तिक ४, अछाम | माथिल्लो अपरकर्णाली जलविद्युत परियोजनाका बारेमा अछाम जिल्ला स्थित राजनितिकदल संग अन्तरक्र्रिया गरिएको छ । कार्यक्रममा सहभागी राजनितिक दलले अछाम जिल्लाको ७५ प्रतिशत भुभाग सो परियोजनाले आगटेकाले परियोजना अछामीको हितमा हुनु पर्नेमा जोड दिएका छन । 

अछामीको ७५ प्रतिशत भुभाग अतिक्रमण हुदा पनी अछामका ३ गाविस मात्र प्रभावित क्षेत्रमा परियोजना राखिएकाले बाकी अन्य गाबिस समेत थप गरिनु पर्नेमा जोड दिएका थिए । अछामको कालिकास्थान, ढुगाचाल्ना, वलाता लगाएतका गाबिस समेटिनु पर्नेमा उहाँहरुको जोड रहेको थियो । परियोजना अछामीको मात्र नभएर सारा नेपालीको राष्ट्रिय गौरवको योजना भएकाले अछामि जनता योजना बन्नु पर्छ भन्ने पक्षमा रहेकाले काम छिटो छरितो जिएमआर कम्पनीले अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए । स्थानिय स्तरमा सबैलाई जानकारी गराई केन्द्रिय स्तरमा सबैलाई जानकारी गराउनु पर्नेमा नेपाली काग्रेस अछामका सभापति भरत कुमार स्वारको जोड रहेको थियो । कसैको हित अनुकुलको योजना भन्दा पनि सिँगो देशको हित अनुकुल योजना हुनुपर्नेमा उहाँले जोड दिनु भयो । सम्झौता भएको लामो समय भईसक्दा पनी अझै जग्गाको मुआब्जा वितरण कार्य समेत नभएकाले अछामी जनतामा कतै नबन्ने पो होकी भन्ने शँका उब्जीएको एमाले अछामका सचिव यज्ञ वोगटीले बताउनु भयो । अछाममा योजनाको बारेमा अहिले सम्म कुनै पनी तल्लो स्तरमा जानकारी गराउने कार्यक्रम अघि नबढाईएकाले यसमा पनी सोच्नु पर्नेमा उहाँको जोड रहेको थियो । 

एमाले पार्टीले जहिले पनी योजना छिटो भन्दा छिटो बन्नु पर्छ भन्ने पक्षमा वकालत गर्दै आएको उहाँको भनाई रहेको थियो । नेकपा माओवादि केन्द्रका कार्यालय सचिव मदन कुमार भुलले अझै प्रभावित क्षेत्र घोषित भएका गाबिसका स्थानियले जग्गाको उचित मुआब्जा पाउन नसकेकाले मुआब्जा वितरण कार्य तुरुन्त अघि बढाउनु पर्ने बताउनु भयो । साथै बनाईएको पिडीए सम्झौता नेपाली जनताले प्रष्ट रुपमा बुझने नरहेकाले यसलाई संशोधन गरि कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड रहेको थियो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी अछामका ईञ्चार्ज झकर बहादुर शाहीले माथिल्लो अपरकरणाली योजना राष्ट्रघाती योजना भएको बताएका थिए । नेपालको जल, जमिन, जंगल मासिने ठुलो योजना भएकाले योजना नेपाल आफैले बनाउनु पर्ने उहाँको भनाई रहेको थियो । आफनो पार्टीले जिल्ला देखि केन्द्र सम्म यो योजनाको विरोध गर्दै आईरहेको जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा नेपाली काग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुगाना, राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर विष्ट, नेकपा क्रान्तीकारी माओवादिका काशिराम जैसि, स्थानिय विकास अधिकरी शिव प्रसाद हुमेगाई, पत्रकार महासघ अछामका सचिव शिवराज ढुगानाले आफनो आफनो तर्फबाट सुझाव दिएका थिए । कार्यक्रममा प्रभावित गाबिसको तर्फबाट सरोकार समितीका संयोजक बम बहादुर विसिले सो क्षेत्रका सबै जनता यतिबेला योजना छिटो भन्दा छिटो अघि बढाउनु पर्छ भन्ने पक्षमा रहेका जानकारी गराउनु भयो । लगानी बोर्ड तथा जिएमआर कम्पनी सँग स्थानियले पटक पटक छलफल गरि लिखितै सम्झौता समेत तयार पारिएका जानकारी दिए । 

कार्यक्रममा सहभागि सबैको सुझाव तथा प्रश्नको जवाफ दिदै लगानी वोर्डका कार्यकारी अधिकृत माहा प्रसाद अधिकारीले पिडिए सम्झौता एक्लै व्यक्तिले निर्माण नगरेकाले राज्यले बनाएकाले केहि कमीकमजोरि भए छिट्टै नेपालीमा संशोधन गर्ने जानकारी दिएका थिए । आफु आईसकेपछि सम्झौता सबैको माझमा सार्वजनिक भएकाले यसको कार्यान्वयनलाई अब छिट्टै अघि बढाउने उहाँले बताउनु भयो । योजना २००८ देखि सुरु गर्नु पर्छ भनेर अभियान थालिएकाले २०१४ मा मात्र पिडिए सम्झौता अघि बढ्ेको उहाँको भनाई थियो । करिब ९ सय मेगावाट क्षमता भएको आयोजनामा नेपालले २७ प्रतिशत मात्र शेयर लगानी गर्न पाउनेछ जसमा अछामी जनताको २ प्रतिशत मात्र शेयर रहेन भएको छ । आयोजनाको थुप्रै काम भईरहेकाले नेपाल नेपालीको हितमा योजना रहेकाले अछाम स्थित, राजनितिज्ञ, सरोकारवाला, सञ्चारकर्मि सबैलाई सहयोग गरिदिन उहाँले आग्रह गर्नु भएको थियो । अछामका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सैनाको अध्यक्षता तथा स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाले गर्नु भएको हो । लगानी बोर्डले भोलि जिल्ला स्थित संञ्चारकर्मिसँग अन्तरक्र्रिया गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु