पूर्णप्रसाद न्यौपाने / कार्तिक ५,ओखलढुंगा । स्थानीय शान्ति समिति ओखलढुंगाको कार्यक्रम संचालन तर्फको रकम शान्ति समितिका सचिव र पदाधिकारीको मिलेमतोमा हिनामिना गरेको खुलासा भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने / कार्तिक ५,ओखलढुंगा । स्थानीय शान्ति समिति ओखलढुंगाको कार्यक्रम संचालन तर्फको रकम शान्ति समितिका सचिव र पदाधिकारीको मिलेमतोमा हिनामिना गरेको खुलासा भएक"/>
2026-06-17 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुंगामा स्थानिय शान्ति समितिको रकम मिलेमतोमा हिनामिना गरेको खुलासा

पूर्णप्रसाद न्यौपाने / कार्तिक ५,ओखलढुंगा । स्थानीय शान्ति समिति ओखलढुंगाको कार्यक्रम संचालन तर्फको रकम शान्ति समितिका सचिव र पदाधिकारीको मिलेमतोमा हिनामिना गरेको खुलासा भएको छ । सचिव निलम अधिकारी र दुई आर्थिक वर्षमा कार्यरत संयोजकहरुको मिलेमतोमा हिनामिना भएको खुलासा भएको हो । आर्थिक वर्ष ०७१÷०७२ र ०७२÷०७३ को स्मारिका प्रकाशन गर्न निकासा लिइएको ५० हजारका दरले दुई आर्थिक वर्षको एक लाख रकम स्मारिका नै प्रकाशन नगरि जिल्ला प्रशासन कार्यालयबाट फरफराक गरिएको छ । कार्यालयमा कार्यक्रम पेश गर्दा ५० हजारका दरले स्मारिका प्रकाशन गर्न रकम लिए पनि स्मारिका प्रकाशन भएको छैन । स्मारिका प्रकाशन गर्न रकम भूक्तानी दिए पनि प्रकाशन भए नभएको बारे जानकारी नभएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राजेन्द्र राईले बताउनुभयो । 

आर्थिक वर्ष ०७२÷०७३ को स्वीकृत कार्यक्रम संचालन गर्न समितिका सचिव निलम अधिकारी र संयोजक रुद्रकुमार फुयलले २ लाख ५० हजारका दरले पाँच लाख रकम लिए पनि कार्यक्रम संचालनको खर्च सार्वजनिक भएको छैन । लिइएको रकम ०७३ असार ३१ गते नै फरफराक भइसकेको छ । कार्यक्रम संचालन गर्न खटाइएका समितिका सदस्यहरुले पारिश्रमिक र संचालन खर्च समेत नदिएको गुनासो गर्दै आएका छन् । ‘कार्यक्रम सञ्चालन गर्न भनियो,भने अनुसार गरियो तर पेस्कि वापतको रकम बाहेक कार्यक्रम खर्च र पुरा रकम पाईएन’ एक सदस्यले भन्नुभयो । 

स्मारिका प्रकाशन नभइ फरफराक भएको विषयमा समितिका संयोजक फुयलले आर्थिक वर्ष ०७२÷०७३ को रकम खातामा रहेको र प्रकाशनको तयारी गरेको बताउनुभयो । अघिल्लो आर्थिक वर्ष ०७१÷०७२ को रकमबारे सचिव अधिकारी र तत्कालीन संयोजक चम्पा कार्की जिम्मेवार हुनु पर्ने फुयलको भनाइ छ । ‘अघिल्लो वर्षको बजेटको जवाफ अघिल्लो संयोजकले दिनुहोला तर पछिल्लो आवको बजेट हामीसँगै छ,स्मारिका पनि प्रकाशन गर्ने तयारी गरिरहेका छौँ’फुयलले भन्नुभयो । स्मारिका प्रकाशनका लागि निकासा भएको रकम कामै नगरि बाँडेर खाने विषयमा केहि सदस्यहरु बिच छलफल भएको बुझिएको छ । संयोजक फुययले पनि यो विषय केहि सदस्यहरुले प्रस्ताव गरेको स्विकार गर्दै आफुले काम नगरि फजुल खर्च नगर्ने,वा बाँडेर नखाने विषयमा अडान लिएको दावी गर्नुभयो । स्रोतका अनुसार उच्च सरकारी अधिकारीसँग पनि रकम बाँडेर खाने विषयमा प्रस्ताव पुगेको र त्यहाँबाट अस्विकार भएपछि रकम अहिले व्यक्तीकै खातामा राखिएको स्रोतले जनाएको छ ।  दुवै आर्थिक वर्षमा पुस्तक प्रकाशन नभए पनि रकम फरफराक भएपछि समितिका सदस्यहरुले नै छानविन गर्न माग गरेका छन् ।  

उता सचिव अधिकारीले भने आफुसँग कुनै रकम बाँकी नरहेको र यस विषयमा आफुलाई भन्दा बढि संयोजकलाई जानकारी हुने भन्दै गैरजिम्मेवार जवाफ दिनुभयो । कार्यक्रम सञ्चालनमा खटिएका समितिका सदस्यहरुले काम पुरा गरेको विवरण र विल नबुझाएकाले रकम नदिईएको उहाँको भनाई छ । 

स्थानीय रेडियोहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता परिवार छानविन आयोगको सुचना प्रशारण गरेको रकम भने विल नमिलेको भनेर १० हजार रुपैया भुक्तानी रोकिएको छ । स्मारिका प्रकाशन नगरि रकम हिनामिना गर्दा बिल मिल्ने, सुचना प्रशारण गरेको विल नमिल्ने अचम्मको विषय भएको रेडियो संचालकहरुको भनाइ छ । 

शान्ति समितिको रकम हिनामिना भएको विषयमा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले रकम दुरुपयोग भएको गुनासो आएकाले त्यस विषयमा छानविन गर्ने बताउनुभयो । विगत देखि नै ओखलढुंगामा स्थानिय शान्ति समितिको रकम जिल्लाका विभिन्न तहमा अनियमितता हुने गरेको खुल्दै आएको छ । राजनैतिक दलहरुको प्रत्यक्ष सहभागिता र प्रतिनिधीत्वहुने निकाय स्थानिय शान्ति समितिमा नै व्यापक अनियमीतता हुनुले शुसासन प्रति ओखलढुंगाका राजनैतीक दलहरु संवेदनशिल नभएको देखाएको छ । सबैदलले हरेक ६/६ महिनामा समितिको नेतृत्व गर्ने भएकाले कुनै एक दलको नेताले नेतृत्वगर्दा अनियमीतता भएपनि अर्को दलले त्यसको विरोध नगर्दा अनियमितता मौलाएको सरोकारवालाहरुको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु