कमल रावल/कात्तिक ७, अछाम । लगानी बोर्डको आयोजना र यु एस ए आई डि को सहयोगमा जलबिद्युत परियोजना सम्वन्धिको २ दिने तालिम मंगलसेनमा सम्पन्न भएको छ ।

अछाम स्थित सञ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/कात्तिक ७, अछाम । लगानी बोर्डको आयोजना र यु एस ए आई डि को सहयोगमा जलबिद्युत परियोजना सम्वन्धिको २ दिने तालिम मंगलसेनमा सम्पन्न भएको छ ।

अछाम स्थित सञ"/>

2026-10-14 07:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अपर कर्णाली परियोजना निर्माणमा पूर्ण सहयोग गर्ने सहभागिको प्रतिबद्धता

कमल रावल/कात्तिक ७, अछाम । लगानी बोर्डको आयोजना र यु एस ए आई डि को सहयोगमा जलबिद्युत परियोजना सम्वन्धिको २ दिने तालिम मंगलसेनमा सम्पन्न भएको छ ।

अछाम स्थित सञ्चारकर्मीहरुलाई जलबिद्युत आयोजनावारे जाँनकारी गराँउने उद्देश्यले आयोजित तालिममा नेपालमा जलबिद्युतको अवस्था, हाल उत्पादीत बिद्युतको अवस्था, सम्भावना र जलबिद्युतका लागि नेपालका नदीनालाहरुको उपयोगका सन्र्दभमा जाँनकारी गराईएको थियो । 

बिशेषगरी अछाम जिल्लामा निर्माण हुन लागेको ९०० मेगावाटको अपर कर्णाली जलबिद्युत परियोजनाको बारेमा जाँनकारी गराईएको थियो । हालसम्म अपरकर्णाली आयोजनाका बारेमा फैलाईएको भ्रम र वास्तविकताको सन्र्दभमा पनि प्रष्ट्याईएको थियो । 

तालिम पश्चात सहभागि सञ्चारकर्मीहरुले अपरकर्णाली आयोजना निर्माणका लागि आफ्नो तर्फवाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । यो आयोजना देशको समृद्धिसंग जोडिएको र समग्रमा यो क्षेत्रको विकास र स्थानियको जिनजीवनसंग जोडिएकोले यसको निर्माणकार्यले तिब्रता पाँउनुपर्नेमा सञ्चारकर्मीहरुको जोड थियो । 

समापन समारोहमा मन्तब्य राख्दै अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सीनाले राष्ट्रिय गौरवको रुपमा रहेको अपरकर्णाली परियोजना निर्माणका लागि सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताँउनुभयो । 

सकारात्मक सन्देश प्रवाहका लागि सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण हुने भएकाले आयोजनालाई समयमै सम्पन्न गर्न र सफल पार्नका लागि सहयोग गर्न सुझाव समेत दिनुभयो । झण्डै ७५ प्रतिशत क्षेत्र अछाम जिल्लामै प्रभावित हुने भएकाले क्षती र प्रभाव अनुसारको लाभ पनि यहाँको समुदायले पाँउनुपर्नेमा उहाँको जोड थियो । आगामी दिनमा पनि लगानी बोर्डले यस्ता क्षमता विकासका गतिविधीलाई निरन्तरता दिनुपर्नेमा सहभागिको समेत जोड थियो । 

जलबिद्युत र आर्थिक रिपोटिङ गर्नका लागि यहाँका सञ्चारकर्मीलाई पर्याप्त जाँनकारी नभएकोले थप तालिम र जाँनकारीहरु आवस्यक रहेको भन्दै त्यसको ब्यावस्था मिलाँउन लगानी बोर्डलाई सहभागिले आाग्रह गरेका छन ।

 तालिममा लगानी बोर्डले गरिरहेका क्रियाकलाप, नेपालमा जलबिद्युत परियोजनाहरुको अवस्था, अपरकर्णाली जलबिद्युत परियोजनाको पिडिएमा भएको ब्यावस्था र यस्ता परियोजनाक्षेत्रको समाचार सम्प्रेषण गर्दा के कस्तो उपाय अवलम्वन गर्ने भन्ने वारे सञ्चारकर्मीहरुलाई जानकारी गराईएको छ । 

तालिमको सहजिकरण लगानी बोर्डका प्रमुख सिनियर डिभिजन ईञ्जिनियर संजय ढुंगेल, सञ्चार परामर्शदाता प्रभाकर घिमिरे, घनश्याम ओझा, यू एस ए आई डी का परामर्शदाता रब टेलर, लगानी बोर्डका कानुनी परामर्शदाता सेमन्त दाहाल, सामाजिक क्षेत्र परामर्शदाता प्रेम खनाल लगायतले सहजिकरण गर्नुभएको थियो । 

तालिममा अछाम स्थित राष्ट्रिय र स्थानिय सञ्चारमाध्यममा कार्यरत २२ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश