2026-09-19 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पालाको मूल्य र माग बढ्यो, उत्पादन घट्यो

 कात्तिक ९, भक्तपुर । दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ । 

मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो । 

माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरालगायतको माग बढ्ने र अरु बेलामा माटोको भाँडाको माग कम हुनथालेपछि यो पेसामा सम्लग्न कुमाले विस्थापित हुँदै गएकाले उत्पादनमा समेत कमी आएकोे छ । 

यसवर्ष पाला बनाउने प्रजापतिको सङ्ख्या घटेपछि पेसा अङ्गाल्दै आएकाहरुलाई भने पाला बनाउन भ्याइनभ्याई भएको हो । 

तिहार नजिकिँदै गएको र मागअनुसारको पाला, धपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याइनभ्याई भएको भक्तपुर नगरपालिका–१२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताउनुभयो । 

गतवर्ष ६० हजार पाला बिक्री गरेको बताउँदै उहाँले भन्नुभयो – “धेरै जना यो पेसाबाट विस्थापित भएका छन्, पालाको माग बढेको छ, तर उत्पादन कम छ, मेरो छजनाको परिवार अहिले बिहानदेखि बेलुकासम्म खटेको छ ।” 

पाला बनाउँदै आएका न्हुछेकुमार प्रजापतिले परिवारमा नौजना भए पनि अन्य पेसामा लागेकाले आफू एक्लैले यो पेसालाई निरन्तरता दिएको बताउनुभयो । 

पालाको माग बढे पनि माटोको अभाव र काम गर्ने मान्छे नहुँदा मागअनुसारको उत्पादन हुन नसकेको बताउँदै उहाँले यसवर्ष माग र मूल्य दुवै बढेको बताउनुभयो । 

विगत ४० वर्षदेखि माटोका भाँडा बनाउँदै आएका बुद्धिराम प्रजापतिले यो पेसाबाट वर्षभरि गुजारा चलाउन नसक्ने र माटो पनि नजिक नपाइएपछि टाढाबाट किनेर ल्याउनुपरेकाले यो व्यवसाय नै सङ्कटमा परेको बताउनुहुन्छ । 

तिहारका लागि माटोको पाला बनाएर बिक्री गर्दै आएका स्थानीयवासी सुजन प्रजापतिले भूकम्पले पनि यो पेसालाई विस्थापित गरेको बताउनुभयो । 

भक्तपुरमा यसवर्ष होलसेलमा एउटा पालाको एक रुपैयाँ ५० पैसा र खुद्रा मूल्य रु दुईमा बिक्री भइरहेको बताउनुभयो । 

गतवर्षको तिहारमा एउटा पालाको ७५ पैसादेखि एक रुपैयाँसम्ममा बिक्री गरे पनि यसवर्ष भने यसको मूल्य बढेको उनीहरु बताउँछन् । भक्तपुर र थिमिमा उत्पादन भएको पाला, काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगन्ज, भैरहवा, काभ्रे, जिरी, दोलखालगायतका जिल्लामा खपत हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई