2026-09-19 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा २२ हजार मेट्रिकटन खाद्यान अभाव

नरी बडु | कात्तिक, १५, बैतडी | खाद्य असुरक्षित मध्येको एक यस जिल्लामा २२ हजार चार सय २० मेट्रिकटन खाद्यान अभाव छ ।

जिल्लाको जनसंख्या अनुसार ५० हजार ६ सय ७५ मेट्रिकन खाद्यान्य आवश्यक भएपनि अहिले जिल्लामा २८ हजार दुई सय ५४ मेट्रिकन मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ ।

अहिले जल्लाका १४ गाविस उच्चखाद्य असुरक्षित छन । ३६ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजना गरीएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । विभिन्न १७ वटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था विश्लेषण गरीएको जिल्ला कृषि विकास कार्यालय बैतडीका वरिष्ठ कृषिविकास अधिकृत कमलेश तिवारीले बताए । 

खाद्य उपलब्धता, खाद्यमा पहुँच, खाद्यको उपभोग तथा निरन्तरतामा आधारित रहेर खाद्य सुरक्षाको अवस्था पत्ता लगाइन्छ । सूचकहरुलाई विश्लेषण गर्दा जिल्लाका आम्चोरा, विशालपुर, कुलाउ, महाकाली, पञ्चेश्वर, शर्माली, शिवनाथ, उदयदेव, कोटपेटरा, थालाकाँडा, सिगास, शिवलिङ्ग, न्वादेउ र ढुंगाड उच्चखाद्य असुरक्षित गाविसको सूचीमा रहेका छन ।

सुक्खा खडेरीका कारण खाद्यान्नबालीको उत्पादनमा ह्रास हुनु, घरधुरीको खाद्य सञ्चित घट्नु, जीवन निर्वाहका लागि वैकल्पिक उपाय अपनाउनुपर्ने अवस्था आएका कारण उच्चखाद्य असुरक्षित गाविसमा परेकाहुन् ।

यस्तै २३ गाविस मध्यमखाद्य असुरक्षित अवस्थामा तथा २ नगरपालिका र बाँकी २१ वटा गाविस न्युनतमखाद्य असुरक्षित गाविसको सूचीमा रहेका छन् ।

जिल्लामा कुल खेतीयोग्यजमिन ३१ हजार ४ सय ८५ मध्ये २५ हजार ७ सय हेक्टरमामात्रै खेती गरिदै आएको छ । तीमध्ये १० हजार ५ सय २० हेक्टरमा सिचाई सुविधापुगेको जिल्ला कृषिविकास कार्यालयको तथ्यांकले देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई