२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा सडक निर्माणको विवादप्रति प्रशासनको चासो

२०७३, १८ कार्तिक बिहीबार १४:२६

भगिरथ अवस्थि । कात्तिक १८, बैतडी | बैतडीको शंकरपुरमा सडक निर्माणको बिषयलाई लिएर भएको विवादमा स्थानीय प्रशासनले चासो देखाएको छ ।

सडक निर्माण कार्य अवरुद्ध गर्ने गरेर बीच सडकमा स्काभेटर राखेको बिषयमा आफ्नो ध्यानाकर्षण भएको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शंकरपुरका वडा नं ६,७,८,९,१ र २ का स्थानीय बासिन्दाहरुले दिएको निवेदन अनुसार सडक अवरुद्ध गर्ने हिसाबले राखिएको स्काभेटर हटाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयो । सडक निर्माणका बेला शंकरपुर स्वास्थ्यचौकीमा सडक पुर्याउने सहमति विपरीत सडक निर्माणको काम भएकाले त्यो क्षेत्रका स्थानीयहरुले अलगै तदर्थ समिति गठन गरेर सडक निर्माण कार्य शुरु गरेका थिए । तर भगीरथ कुवरको नेतृत्वमा रहेको समितिले बीचबाटोमा स्काभेटर राखेर अवरोध गरेपछि स्थानीय बासिन्दाहरुले त्यसको विरोधमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । 

यस अघि पटक पटक धुलिधार तथा शंकरपुर स्वासथ्यचौकीलाई जोड्ने हिसाबले निर्णय गरिएको भएपनि त्यो अनुसार सडक निर्माण नगरेकाले अर्को तदर्थ समिति गठन गरेर सडक निर्माण कार्य शुरु गरिएको मौरभटौन्या शंकरपुर स्वासथ्यचौकी सडक निर्माण तदर्थ समितिका अध्यक्ष भीमदत्त अवस्थीले जानकारी दिनुभयो । आफूहरुले चन्दा उठाएर सडक निर्माण गर्नै लाग्दा बीचबाटोमा स्काभेटर राखेर सडक अवरुद्ध गरेको उहाँले बताउनुभयो । गएको आर्थिक बर्षमा जिल्ला विकास समितिको २९ लाखको लागतमा सडक निर्माणको कार्य शुरु गरिएको थियो । सडक निर्माण गर्ने बेलामा सडक निर्माण समितिका अध्यक्ष भगीरथ कुवरले धुलिधारको गडान हुँदै खर्काधार, शंकरपुर स्वास्थ्यचौकी हुँदै शंकर संस्कृत माविमा सडक पुर्याउने बचन दिएको भएपनि त्यसको विपरीत सडक निर्माण गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । शंकरपुर गाविसको वडा नं ९ धुलिधारलाई पटक पटक शंकरपुर टाँठाबाँठाहरुले ठगेको स्थानीय कृष्णदत्त अवस्थीले जानकारी दिनुभयो । बीचबाटोमा राखेको स्काभेटर नहाटए वैकल्पिक उपायका साथ शंकरपुर स्वासथ्यचौकीमा सडक पुर्याएर छाड्ने स्थानीय बासिन्दाले प्रतिबद्धता जनाएका छन् । यसका लागि ११ लाख ९० हजार चन्दा संकलन भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी