Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाँचथरमा लोक्ताबाट जापानी नोट बन्ने भएपछि स्थानीयवासी हर्षित

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २४, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने भएपछि कृषक हर्षित भएका छन् । नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री हुन थालेपछि कृषकमा खुसी छाएको हो ।

लोक्ताको माग बढेपछि पाँचथर जिल्लामा अहिले जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन थालिएको छ । परम्परागत प्रविधिमा अर्गेलीबाट काँचो कागज बनाइँदै आइए पनि पछिल्लो समय जापानिज नोट र छाला बनाउन जापानबाट अर्गेलीको माग आएपछि किसान गाँउघरमै जापानिज प्रविधिबाट अर्गेलीको कच्चापदार्थ बनाउन जुटेका हुन् ।

नोट र छाला बनाउन जापानमा नेपाली अर्गेली माग बढेकाले निर्यात सुरु भएको व्यवसायीको भनाइ छ । जिल्लाका १८ गाविसमा अर्गेली उत्पादन हुन्छ । दाजुभाइ सहकारी संस्थाको सहयोगमा ती स्थानमा जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन सिकाउने कामसमेत भइरहेको संस्थाका अध्यक्ष ओमराज थाम्सुहाङले बताउनुभयो । अलैँची पछिको राम्रो आम्दानीको स्रोत अब अर्गेली हुने स्थानीयवासीको भनाइ छ ।

कागज बनाउनका लागि जिल्लाबाट एक सय क्युटेल अर्गेलीको कच्चापदार्थ निकासी हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । यस वर्ष जापानमा सात मेट्रिक टन अर्गेली निकासी हुने भएको छ । नब्बे रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको अर्गेली जापानले चार सय रुपैयँमा खरिद गर्नेछ । रासस