2026-06-17 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अस्थीर सरकार नै आर्थिक विकासको बाधक : मुरारक

एलिसा बस्नेत, कात्तिक २८, प्यूठान । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकले अस्थिर सरकारका कारण देशमा आर्थिक विकासले गति लिन नसकेको बताएका छन् । शनिवार प्यूठान उद्योग वाणिज्य संघको रजतवर्ष तथा १९ औ साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष मुरारकले अस्थिर सरकारका कारण उद्योग व्यवसाय संचालन तथा विकासमा प्रत्यक्ष वाधा पुगेको बताए । संविधान निर्माण पछि उद्योग व्यवसायिक क्षेत्रले गतिलिने अपेक्षा लिए पनि उद्योग व्यवसायका समस्या यथावत कायमै रहेको उनले औल्याए । 

“राज्यका नीतिनियमहरु व्यवसायिक क्षेत्रको विकास भन्दा राजस्व असुलीमा मात्रै केन्द्रित गर्दै निर्माण गरिएका छन्” अध्यक्ष मुरारकले भने, “यस खालको दृष्टिकोणमा परिवर्तन नहुदा सम्म व्यवसायिक क्षेत्र तथा आर्थिक विकासले फड्को मार्न सक्दैन ।” उद्योगी व्यवसायिसंग कर असुल्नका लागि व्यवसाय संचालनमा राज्यले लगाएको न्यूनतम पुँजीको मापदण्ड अव्यवहारीक रहेको उनले टिप्पणी गरे । ‘हामी सहज रुपमा कर तिर्न तयार छौं । स्वच्छ व्यवसाय चाहान्छौ । त्यसखालको वातावरण राज्यले निर्माण गरोस’ अध्यक्ष मुरारकले भने ।  

उद्योग व्यवसाय संचालनमा राज्यले एकाधिकार लाद्न खोजेको उनको भनाई छ । “उर्जा, पेट्रोलीयम पदार्थ लगाएतको विक्रिवितरणमा राज्यले एकाधिकार जमाउदै आएको छ” मुरारकले भने,“उद्योग व्यवसाय संचालनमा राज्यले एकाधिकार जमाउने होइन निजि क्षेत्रलाई अधिकार दिएर अगाडी वढ्नु जरुरी छ ।” औद्योगिक क्षेत्रमा राज्यले लोडसेडिङ्ग मुक्त गरि नियमित उद्योग संचालनको वातावरण राज्यले बनाउनु पर्ने उनको जोड थियो । भारतले भर्खरै गरेको पाँच सय र एक हजारको नोट नचल्ने व्यवस्थाले नेपालमा पनि यसको प्रभाव रहेकोले नेपालमै सटही गर्ने व्यवस्था मिलाउन उनले सरकार संग माग गरे । 

यस्तै कार्यक्रममा महासंघका एशोशियट उपाध्यक्ष शेखर गोल्छाले उद्योग तथा व्यवसायिक क्षेत्रको विकासमा नीतिगत समस्या रहेको बताए । देशमा उत्पादन घटि आयातमुखि दिशामा केन्द्रित रहेकोले उद्यमशिलता विकासको माध्यमवाटै देशको अथतन्त्र सुधार गर्न सकिने उनको भनाई छ । व्यवसायिक क्षेत्रको विकास र प्रर्वद्धनलाई केन्द्रित गर्दै विभिन्न कार्यक्रमहरु संघले संचालन गर्दै आएको प्यूठान उद्योग वाणिज्य संघका अधयक्ष ज्ञामुराम न्यौपानेले बताए । कार्यक्रमा विभिन्न क्षेत्रमा योगदान तथा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । 

फोटो क्याप्सन : प्यूठान उद्योग वाणिज्य संघको रजत वर्ष तथा १९ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारक । तस्वीर : एलिसा बस्नेत

   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु