मंसिर १ ओखलढुंगा । अहिले र उहिलेका बिचमा अनेकौँ भिन्नताहरु पाईन्छन् । पछिल्लो समयमा मानिसहरु शिक्षीत र सचेत हुन्छन् भनिन्छ भने अघिल्लो पुस्ताका मानिसहरु अहिले भन्दा केह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १ ओखलढुंगा । अहिले र उहिलेका बिचमा अनेकौँ भिन्नताहरु पाईन्छन् । पछिल्लो समयमा मानिसहरु शिक्षीत र सचेत हुन्छन् भनिन्छ भने अघिल्लो पुस्ताका मानिसहरु अहिले भन्दा केह"/>
2026-11-01 05:29 PM
अर्थ/विकास

ओखलढुंगाका एक ६९ वर्षीय वृद्ध पनि प्रयोग गर्छन ‘कण्डम’

मंसिर १ ओखलढुंगा । अहिले र उहिलेका बिचमा अनेकौँ भिन्नताहरु पाईन्छन् । पछिल्लो समयमा मानिसहरु शिक्षीत र सचेत हुन्छन् भनिन्छ भने अघिल्लो पुस्ताका मानिसहरु अहिले भन्दा केहि पछि परेको भन्ने गरिन्छ तर समुदायमा यस्ता नागरिक पनि छन् जो अहिलेका शिक्षीत नागरिकको भन्दा बढि सचेत छन् । परिवार नियोजनका अस्थायी साधनहरु प्रयोग गर्ने विषयमा राज्यले लाखौँ रकम खर्चेर सचेतनाका कार्यक्रम ल्याएको छ,भने साधनहरु स्वास्थ्य संस्था मार्फत निशुल्क पनि उपलब्ध गराउँदै आएको छ,तर पनि साधनको प्रयोग गर्ने कमै छन् भन्ने विभिन्न अध्ययानहरुले देखाएको छ । तर  ओखलढुंगाका एक ७० वर्ष पुग्न लागेका वृद्ध भने आफु अहिले पनि कण्डम प्रयोग गर्ने गरेको दावी गर्छन् । प्रस्तुत छ उनै वृद्धसँग पूर्णप्रसाद न्यौपानेले गर्नुभएको कुराकानीको सम्पादित अंश ।  

बुबा कतिवर्ष हुनुभयो ? 

म ४ सालको हुँ,अहिले ६९ वर्ष लागेँ । 

छोराछोरी कतिजना हुनुहुन्छ ? अहिले को सँग बस्नुहुन्छ ? 

बढो समस्यामा पार्नुभो के भनौ हाहाहा…………. मेरा दुईवटा जहान(श्रीमती) हुन् । जेठिको ४ वर्ष अघि मृत्युु भयो, अहिले म कान्छीसँग छु । छोराछोरी दुवै तिरका गरेर ९ जना छन्, नातीनातीनाहरु नै १३ जना भईसके । 

हेर्दा त तगडा देखिनुुहुन्छ, कस्तो छ स्वास्थ्य अवस्था ?

ठिक छ हजुर,आँखा अलि कमजोर भएर पोहोर सालदेखि, ग्यास्टीकले च्याप्दै गयो, नभए अरु केहि समस्या छैन । 

केहि स्वास्थ्य समस्या देखियो भने औषधी खानुहुन्छ कि झारफुक तिर लाग्नुहुन्छ ? 

म फौजीमा काम गरेको मान्छे, झारफुकमा विश्वास गर्दिन,स्वास्थ्य संस्थामै जान्छु, भन्दा पत्याउनुहुन्न होला म अहिले ६९ वर्षको भएँ हिँजो बेलुकासम्म कण्डम प्रयोग गर्दैछु हाहाहाहा……..

हैट उमेरले डाँडा काटिसक्यो अब पनि यसो भन्दा कसरी विश्वास गर्नु त ? 

नानी,ज्यान बुढो भएपनि मन बुढो नहुँदो रहेछ ।

त्यसो त अब पनि बच्चा जन्मने सम्भावना हुन्छ र ? परिवार नियोजनको साधन अपनाउँदै हुनुहुन्छ ? 

के हो के हो नि हाहाहाहा …..  नहोस त्यहि राम्रो, उपाय अपनाउँदा झन राम्रो नि । 

चेतनाको विकास भएको मान्न सकिन्छ, तपाईबाट अरुहरुले पनि केहि सिक्नु पर्ने देखियो होईन त ?

आम्मई अहिलेका नानीहरुले यो सबै कोक्रामै सिकेका हुन्छन् अनि पो ५/६ कक्षा नपढ्दै भाग्छन् । जीवन उपयोगी कुराहरु त कति छन् कति म सँग, अहिलेका मान्छेहरु नक्कले झक्कले मात्रै देख्छु व्यवहारीक कोही छैनन्, एकादुई भेटिएपनि विश्वास गुमाई सकेका हुन्छन् ।

अहिलेका मान्छे त झन उहिलेका भन्दा शिक्षीत हुन्छन् किन त्यो भन्नु भएको ?

पढेका मान्छे सडेका हुन्छन् नानी, उहिलेको जस्तो सिप छैन, अहिले सबै कुरा मेसिन र के भन्यो हातमा सिप केहि छैन मेसिनका भरमा मान्छे कतिदिन बाँच्नु ? हातमा सिप हुने मान्छे भोकले मर्दैन ।

रमाईलो कुराकानी भयो म यो पत्रिकामा छाप्छु ल ?

हुन त हुन्छ तर अलि छाडा कुरा पनि गरियो लाज हुन्छ त्यसैले मेरो नाम ठेगाना नखुलाउनु पछि अरु राम्रा  कुरामा परिचय दिउँला, केहि भनौँला । 

साभार:  भिजन नेपाल साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द