2026-09-19 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डम्पिङ साइड नहुँदा बजार क्षेत्र र राजमार्ग दुर्गन्धित

मंसिर २, बैतडी । डम्पिङ साइड नहुँदा सदरमुकामको बजार, पाटन बजार र राजमार्ग दुर्गन्धित भएको छ । बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहर व्यवस्थापन गर्न डम्पिङ साइडका लागि उचित ठाउँ नपाउँदा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो । 

जिल्लामा रहेका पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा फोहर फाल्ने ठाउँको अभाव रहेकाले फोहर व्यवस्थापनमा चुनौती देखिएको छ । 

विसं २०५४ मा स्थापना भएको दशरथचन्द नगरपालिकामा स्थापनाकालदेखि फोहर व्यवस्थापनका लागि डम्पिङ साइडको खोजी गरिए पनि अहिलेसम्म फेला पार्न नसकेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताउनुभयो । 

नगरपालिकाले विभिन्न क्षेत्रमा वातावरणीय प्रभाव अध्ययन गरेर तीन ठाउँ छनौट गरेपनि जमिन नपाउँदा डम्पिङ साइड निर्माण गर्न नसकेको हो उहाँले भन्नुभयो – “ नगरपालिकाले केही वर्षयतादेखि डम्पिङ साइड निर्माणको कुरालाई प्रमुखताका साथ उठाए पनि डम्पिङ साइडका लागि जमिन नहुँदा निर्माण कार्य अगाडि बढाउन नसकिएको हो ।” 

दशरथचन्द नगरपालिकाको वडा नं ६ आमपीपल, वडा नं ७ जलपौडा र वडा नं ८ रानीबुंगामा वातावरणीय हिसाबले डम्पिङ साइड निर्माण गर्न सकिने भए पनि जग्गा बिक्री गर्ने मानिस नआउँदा समस्या भएको छ । उता पाटन नगरपालिकाले पनि अहिले घाङ्ल खोलामा अस्थायी रुपमा नगरपालिकाभित्रको फोहर व्यवस्थापन गरिरहेको कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिनुभयो । 

स्वास्थ्यमा गम्भीर असर पार्ने 

बजारमा थुप्रेका फोहरको सही व्यवस्थापन नहुँदा विभिन्नखालका रोग लाग्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् । फोहरको स्थायीरुपले व्यवस्थापन नहुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने जिल्ला अस्पतालका डा शशि कँडेलले बताउनुभयो । 

सार्वजनिकस्थलमा राखिएको फोहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै अस्थायी रुपमा व्यवस्थापन गरिएको फोहर पनि पानीका स्रोतमा मिसिदा पानी समेत प्रदुषित हुने उहाँको गुनासो थियो । 

सडक छेउमा फोहर हुँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको गोठलापानीका व्यापारी खिमानन्द भट्टले बताउनुभयो । बजार क्षेत्रबाट निस्किएको फोहरलाई सबै एकै ठाउँमा राख्दा झन समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई