2026-11-02 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा बैंक नहुँदा राहदानी जारी हुन सकेन

मङ्सिर ३, बैतडी । बैतडीको पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले असार पहिलो साता हाटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट राहदानी जारी हुन सकेको छैन । 

जिल्लाको पुरचौँडी हाटमा बैंक नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारण दुई दिन लगाएर सदरमुकाम आउनुपर्ने बाध्यता हट्न सकेको छैन । 

असार ६ गतेदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएपनि राहदानीको काम गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले राससलाई जानकारी दिनुभयो । “पुरचौँडी हाटमा कुनै पनि बैंक छैनन्, रकम जम्मा गर्ने व्यवस्था नहुँदासम्म त्यो काम गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “यसका लागि सर्वसाधारण सदरमुकाममा नै पुग्नुपर्छ ।” 

हाललाई इलाका प्रशासन कार्यालयवाट सिफारिस बनाएर जिल्ला प्रसासनबाट जारी गर्ने गरेको जानकारी गराउँदै राहदानीका लागि वैकल्पिक व्यवस्थाको तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले बताउनुभयो । 

इलाका प्रशासनले नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, प्रमाणित गर्नुपर्ने कागजात लगायतका सेवा दिनुका साथै स्थानीय बजार अनुगमन, कार्यालयको अनुगमन लगायतका कामसमेत गरिरहेको छ । 

कार्यालय स्थापनापश्चात् राहदानीबाहेक अन्य सेवा प्रदान गरिँदै आएकाले पुरचौँडी क्षेत्रका हाट, मल्लादेही, कोटिला, तल्लादेही, मठैराज, भूमिराज, विजयपुर, न्वादेउ, महादेवस्थान, भटना, कुवाकोट गाविसका झन्डै ६० हजारभन्दा बढी बासिन्दा लाभान्वित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द