2026-09-19 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा बैंक नहुँदा राहदानी जारी हुन सकेन

मङ्सिर ३, बैतडी । बैतडीको पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले असार पहिलो साता हाटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट राहदानी जारी हुन सकेको छैन । 

जिल्लाको पुरचौँडी हाटमा बैंक नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारण दुई दिन लगाएर सदरमुकाम आउनुपर्ने बाध्यता हट्न सकेको छैन । 

असार ६ गतेदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएपनि राहदानीको काम गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले राससलाई जानकारी दिनुभयो । “पुरचौँडी हाटमा कुनै पनि बैंक छैनन्, रकम जम्मा गर्ने व्यवस्था नहुँदासम्म त्यो काम गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “यसका लागि सर्वसाधारण सदरमुकाममा नै पुग्नुपर्छ ।” 

हाललाई इलाका प्रशासन कार्यालयवाट सिफारिस बनाएर जिल्ला प्रसासनबाट जारी गर्ने गरेको जानकारी गराउँदै राहदानीका लागि वैकल्पिक व्यवस्थाको तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले बताउनुभयो । 

इलाका प्रशासनले नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, प्रमाणित गर्नुपर्ने कागजात लगायतका सेवा दिनुका साथै स्थानीय बजार अनुगमन, कार्यालयको अनुगमन लगायतका कामसमेत गरिरहेको छ । 

कार्यालय स्थापनापश्चात् राहदानीबाहेक अन्य सेवा प्रदान गरिँदै आएकाले पुरचौँडी क्षेत्रका हाट, मल्लादेही, कोटिला, तल्लादेही, मठैराज, भूमिराज, विजयपुर, न्वादेउ, महादेवस्थान, भटना, कुवाकोट गाविसका झन्डै ६० हजारभन्दा बढी बासिन्दा लाभान्वित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई