2026-09-19 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ सहरका लागि भौतिक पूर्वाधार निर्माण कार्य सुरु

मङ्सिर ५, बैतडी । बैतडीको पाटनलाई सरकारले देशका १० वटा नयाँ सहर मध्ये एक बनाउने घोषणा गरेको करिब पाँच वर्षपछि भौतिक पूर्वाधार निर्माणका काम यो वर्षदेखि सुरु भएका छन् । 

यो वर्ष नयाँ सहर आयोजनाका लागि करिब रु नौ करोड बजेट विनियोजन भएको पाटन नयाँ सहर आयोजनाका प्रमुख एवम् सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिनुभयो । 

पाटनलाई सांस्कृतिक नगरीका रुपमा नमुना सहर बनाउने कार्यअन्तर्गत काम भइरहेको छ उहाँले भन्नुभयो – “चालु आवमा पाटन बजार क्षेत्रभित्र चक्रपथ निर्माण, बसपार्क निर्माण, डम्पिङ साइडसम्म पुग्ने बाटो निर्माण कार्य भइरहेको छ ।” 

यस्तै पाटनको हिरापुरमा पार्क निर्माण गर्ने, चिस्यान केन्द्र बनाउने र सिटी हल निर्माणको कार्य समेत चालु आवमा सुरु गरिने आयोजना प्रमुख शाहले बताउनुभयो । 

यस्तै पाटन नगरपालिकामा रहेको पताल भूमेश्वर एसियाकै लामो गुफा भएकाले यसको प्रचारप्रसारका लागि विभिन्न कार्य सञ्चालन गर्ने नयाँ सहर आयोजना कार्यालय, पाटन बैतडीले जनाएको छ । पाटन प्याराग्लाइडिङका लागि पनि निकै राम्रो ठाउँ भएकाले पाटनमा थुप्रै पर्यटक भित्रिने सम्भावना रहेको जनाइएको छ । 

विभिन्न पर्यटकीय सम्भावना बोकेको पाटन सहरको विकास भइसकेपश्चात् यो क्षेत्रका युवाका लागि रोजगारीका सम्भावना रहेको छ । अहिले बैतडीबाट हजारौँ मानिसले तराईतिर बसाइँ सराइ गरिरहेको र हजारौँ युवा शक्ति विदेश गइरहेकाबेला पाटन नै नयाँसहर बनिसकेपछि यस कार्यको अन्त्य हुने स्थानीय वसन्त विष्टले भनाइ रहेको छ । 

सरकारले आव २०६७÷६८ मा पाटनसहित १० वटा सहरलाई नमुना सहर बनाउने घोषणा गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई