2026-10-14 07:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा अझैं ७ महिनालाई पुग्ने नुन मौज्दात

होम साउद/मङ्सिर ७, अछाम । सुदूरपश्चिममा अझैं ७ महिनालाई पुग्ने नुन मौज्दात रहेको साल्ट ट्रेनिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । 

यसअघि सुदूरपश्चिममा नुन अभाव भएको भन्ने भ्रामक हल्ललाई चिर्न र यथार्त जाँनकारी गराँउन सुदूरका बिभिन्न जिल्लाको भ्रमणमा रहेको साल्टको क्षेत्रीय कार्यालय टिमले मंगलसेनमा पत्रकार सम्मेलन गरि उक्त जाँनकारी गराएको हो । 

भारु ५०० र एक हजारको प्रतिबन्धका कारण कञ्चनपुरको महेन्द्रनगरमा रहेको डिपोमा सामान्य समस्या भएपनि सुदूरपश्चिमभर नुन अभाव रहेको भन्ने हल्ला गरिएको कुरा पूर्ण रुपमा गलत रहेको साल्ट ट्रेनिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीका सहायक महाँप्रवन्धक केशव प्रसाद पाण्डेले बताए । 

सुदूरपश्चिमका सबै जिल्लाहरुमा पर्याप्त मात्रामा आयोडिनयुक्त भानू नुन मौज्दात रहेको भन्दै पाण्डेले उपभोक्ताहरुलाई तोकिएको जुनसुकै दिनमा पनि नुन लिएर जाँनसक्ने बताए । नुन अभाव भएको भन्ने हल्लाका पटछाडी नलाग्न सबैलाई अनुरोध गर्दै पाण्डेले तोकिएका बिक्रि केन्द्रहरु र डिपोमा यहाँका जनतालाई आवस्यक पर्ने नुन ७ महिनासम्मका लागि स्टक रहेको जाँनकारी दिए । 

स्थापना कालदेखीनै कर्पोरेशनले देशैभरी ६ महिनालाई पुग्ने नुन मौज्दात राख्ने गरेको जाँनकारी दिदै पाण्डेले साल्ट ट्रेनिङ रहदासम्म नुनको अभाव नहुनेमा बिश्वस्त हुन आग्रह गरे । यस्तै अछाम जिल्लामा मात्रै गतवर्ष ५ हजार क्यून्टल नुन ढुवानी भएकोमा १५ सय ७ क्यून्टल मौज्दात रहेको बताए । 

यो वर्षको लागि पनि मंगलसेन र कमलवजारमा गरि ४२ सय ११ क्यून्टल नुनको कोटा रहेको र ढुवानी भैरहेको जनाईएको छ । सरकारको ढुवानी अनुदानमा ९ रुपैयाँ केजीमा बितरण भैरहेको आयोडिन युक्त भानु नुन बजारमा पनि देखीनेगरेको भन्दै क्षेत्रीय कार्यालयको टिमले बजारमा बिक्रिबितरण भैरहेको पाईएमा बिक्रेतालाई २५ हजारसम्म जरिवाना र ५ वर्ष सम्म कैद हुनसक्ने कानुन रहेको जनाएको छ । 

यस्तै कर्पोरेशनका क्षेत्रीय सहायक महाँप्रवन्धक पाण्डेले अछामको रामारोशन र बिनायक क्षेत्रमा आयोडिन नुन बिक्रि केन्द्र खोल्न सकिने भएपनि जिल्ला स्तरवाट कुनै पनि दवाव र माग नआएको जाँनकारी गराएका छन । 

स्थानियको माग र सर्वदलिय सहमति सहित जिल्ला प्रशाशन कार्यालयको सिफारिस आएको खण्डमा अछामका २ तिन ठाँउमा आयो नुन बिक्रि केन्द्र खोल्न सकिने महाँप्रवनधक पाण्डेले बताएका छन । 

मंगलसेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागि सञ्चारकर्मीहरुले अछामका थुप्रै गाँउहरुमा अझैंपनि ढिके नुन खानुपर्ने बाध्यता रहेको भन्दै अहिलेका प्रस्तावित १० वटा स्थानिय संरचना अन्र्तगतका मुख्य बजार क्षेत्रमा बिक्रि डिपो खोल्न आवस्यक रहेको सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश