पढ्न करिब 3 मिनेट लाग्छ

पूर्णप्रसाद न्यौपाने / मङ्सिर १४, ओखलढुंगा । ओखलढुंगाको खिजिफलाटेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने स्वास्थ्य मन्त्री गगन थापाले घोषणा गर्नुभएको छ । आँखा स्वास्थ्य शिविर उद्ध्घाटन गर्न आज ओखलढुंगाको खिजिफलाटे आईपुग्नु भएका मन्त्री थापाले त्यस क्षेत्रका नागरिकको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने घोषणा गर्नु भएको हो ।

ओखलढुंगाको खिजिफलाटेमा आजबाट तीन दिने आँखा जाँच तथा उपचार शिविर सुरु भएको छ । खिजिफलाटेमा शिविर उद्घाटन पछि मन्त्री थापाले ओखलढुंगा सामुदायिक अस्पातालको अनुगमन समेत गर्नुभयो । अनुगमनका क्रममा मन्त्री थापालाई ओखलढुंगा सामुदायिक अस्पतालले माथील्लो सगरमाथा क्षेत्रमा अतुलनीय सेवा प्रवाह गरिरहेको अस्पताल निर्देशक टुकबाहदुर श्रीमलले जानकारी गराउनु भएको थियो ।

पहिलो पटक ओखलढुंगामा स्वास्थ्य मन्त्रीको आगमन भएको भन्दै जिल्लाबासीले मन्त्री थापालाई भव्य स्वागत गरेका थिए । मन्त्री थापालाई जिल्लामा स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले राज्यले खर्च गरिरहेको अनुपातमा ओखलढुंगाका स्वास्थ्य संस्थाहरुले सेवा प्रवाह गर्न नसकेको भन्दै मन्त्री थापाको ध्यानाकर्षण गराउनु भएको थियो । स्वास्थय सेविधा नपाएकै कारण नागरिकले अकालमै ज्यान गुमाउन बाध्य हुनुपरेको भन्दै प्रजिअ अधिकारीले यस क्षेत्रकै केन्द्र विन्दु र माथिल्लो सगरमाथाको प्रवेशद्धार टोक्सेल हर्कपुरमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसद रामहरी खतिवडाले पनि दुर्गम पहाडि जिल्लाका नागरिकहरुले सहज स्वास्थ्य सुविधा पाउन नसकेकाले ओखलढुंगामा क्षेत्रीय अस्पताल स्थापनाका लागि मन्त्री थापालाई आग्रह गर्नुभएको थियो ।

यसैविच नेपाल मेडिकल काउन्सीलको प्रमाण पत्र लिएर दुर्गममा काम नगरी कुनै पनि चिकित्सकले सरकारी सेवामा प्रवेश गर्न नपाउने स्वास्थ्य मन्त्री गगन थापाले बताउनु भएको छ । थापाले दुर्गममा स्वास्थ्य कर्मी नहुने र स्वास्थ्य सेवा प्रभावकारी नहुने समस्यालाई मध्येनजर गर्दै त्यसको व्यवस्थापनका लागि चिकित्सा शास्त्र पढेका सबै विद्यार्थीहरुलाई दुर्गममा १ वर्ष र सुगममा डेढ वर्ष काम नगरे सम्म र नेपाल मेडिकल काउन्सीलको परीक्षामा सहभागि नभए सम्म सरकारी सेवा प्रवेशमा रोक लगाईने र थप वृद्धि विकासका लागि राज्यले सहयोग गर्न नसक्नेगरी कार्यविधि बनाउँदै गरेको जानकारी दिनुभयो ।मन्त्री थापाले राज्यबाट लिएको सबै रकम सहि सदुपयोग गरेर जनतालाई सेवा दिने अस्पताललाई मात्रै सहयोग रकम उपलब्ध गराईने बताउनुभयो । त्यसका लागि कार्यविधी संसोधनको अन्तीम तयारी भईरहेको उहाँको भनाई थियो ।

यसैविच ओखलढुंगाका एक सर्वसधारण नागरिकले नेताहरुलाई उपचारका नाममा लाखौ दिने सरकारले सर्वसाधारण नागरिकलाई निशुल्क घोषणा गरेको औषधी समेत दिन नसकेको भन्दै स्वास्थ्य मन्त्री थापाको ध्यानाकर्षण गराएका छन् ।

केहि समय अघि घरको ४ तलामाथीबाट लडेर घाईते अवस्थामा रहेका सिद्धिचरण नगरपालिका ३ का थगेन्द्र राजराईले मन्त्री थापालाई नेता र सर्वसाधारण विचमा राज्यले विभेद गर्न नपाउने भन्दै सर्वसाधारण जनताका पक्षमा समेत काम गर्न आग्रह गर्नुभएको हो । जवाफमा मन्त्री थापाले नितीगत सुधारका कामहरु भईरहेको प्रतिक्रिया दिनुभएको थियो ।

खिजिफलाटेमा भएको शिविरमा सांसद यज्ञराज सुनुवारको पनि सहभागिता थियो ।