पूर्णप्रसाद न्यौपाने / मङ्सिर १४, ओखलढुंगा । ओखलढुंगाको खिजिफलाटेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने स्वास्थ्य मन्त्री गगन थापाले घोषणा गर्नुभएको छ । आँखा स्वास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने / मङ्सिर १४, ओखलढुंगा । ओखलढुंगाको खिजिफलाटेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने स्वास्थ्य मन्त्री गगन थापाले घोषणा गर्नुभएको छ । आँखा स्वास"/>
2026-11-01 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुंगाको खिजिफलाटेमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र स्थापना हुने

पूर्णप्रसाद न्यौपाने / मङ्सिर १४, ओखलढुंगा । ओखलढुंगाको खिजिफलाटेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने स्वास्थ्य मन्त्री गगन थापाले घोषणा गर्नुभएको छ । आँखा स्वास्थ्य शिविर उद्ध्घाटन गर्न आज ओखलढुंगाको खिजिफलाटे आईपुग्नु भएका मन्त्री थापाले त्यस क्षेत्रका नागरिकको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने घोषणा गर्नु भएको हो ।

ओखलढुंगाको खिजिफलाटेमा आजबाट तीन दिने आँखा जाँच तथा उपचार शिविर सुरु भएको छ । खिजिफलाटेमा शिविर उद्घाटन पछि मन्त्री थापाले ओखलढुंगा सामुदायिक अस्पातालको अनुगमन समेत गर्नुभयो । अनुगमनका क्रममा मन्त्री थापालाई ओखलढुंगा सामुदायिक अस्पतालले माथील्लो सगरमाथा क्षेत्रमा अतुलनीय सेवा प्रवाह गरिरहेको अस्पताल निर्देशक टुकबाहदुर श्रीमलले जानकारी गराउनु भएको थियो ।

पहिलो पटक ओखलढुंगामा स्वास्थ्य मन्त्रीको आगमन भएको भन्दै जिल्लाबासीले मन्त्री थापालाई भव्य स्वागत गरेका थिए । मन्त्री थापालाई जिल्लामा स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले राज्यले खर्च गरिरहेको अनुपातमा ओखलढुंगाका स्वास्थ्य संस्थाहरुले सेवा प्रवाह गर्न नसकेको भन्दै मन्त्री थापाको ध्यानाकर्षण गराउनु  भएको थियो । स्वास्थय सेविधा नपाएकै कारण नागरिकले अकालमै ज्यान गुमाउन बाध्य हुनुपरेको भन्दै प्रजिअ अधिकारीले यस क्षेत्रकै केन्द्र विन्दु र माथिल्लो सगरमाथाको प्रवेशद्धार टोक्सेल हर्कपुरमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आवश्यक रहेको बताउनुभयो  । 

सांसद रामहरी खतिवडाले पनि दुर्गम पहाडि जिल्लाका नागरिकहरुले सहज स्वास्थ्य सुविधा पाउन नसकेकाले ओखलढुंगामा क्षेत्रीय अस्पताल स्थापनाका लागि मन्त्री थापालाई आग्रह गर्नुभएको थियो । 

यसैविच नेपाल मेडिकल काउन्सीलको प्रमाण पत्र लिएर दुर्गममा काम नगरी कुनै पनि चिकित्सकले सरकारी सेवामा प्रवेश गर्न नपाउने स्वास्थ्य मन्त्री गगन थापाले बताउनु भएको छ । थापाले दुर्गममा स्वास्थ्य कर्मी नहुने र स्वास्थ्य सेवा प्रभावकारी नहुने समस्यालाई मध्येनजर गर्दै त्यसको व्यवस्थापनका लागि चिकित्सा शास्त्र पढेका सबै विद्यार्थीहरुलाई दुर्गममा १ वर्ष र सुगममा डेढ वर्ष काम नगरे सम्म र नेपाल मेडिकल काउन्सीलको परीक्षामा सहभागि नभए सम्म सरकारी सेवा प्रवेशमा रोक लगाईने र थप वृद्धि विकासका लागि राज्यले सहयोग गर्न नसक्नेगरी कार्यविधि बनाउँदै गरेको जानकारी दिनुभयो ।मन्त्री थापाले राज्यबाट लिएको सबै रकम सहि सदुपयोग गरेर जनतालाई सेवा दिने अस्पताललाई मात्रै सहयोग रकम उपलब्ध गराईने बताउनुभयो । त्यसका लागि कार्यविधी संसोधनको अन्तीम तयारी भईरहेको उहाँको भनाई थियो । 

यसैविच ओखलढुंगाका एक सर्वसधारण नागरिकले नेताहरुलाई उपचारका नाममा लाखौ दिने सरकारले सर्वसाधारण नागरिकलाई निशुल्क घोषणा गरेको औषधी समेत दिन नसकेको भन्दै स्वास्थ्य मन्त्री थापाको ध्यानाकर्षण गराएका छन् ।

केहि समय अघि घरको ४ तलामाथीबाट लडेर घाईते अवस्थामा रहेका सिद्धिचरण नगरपालिका ३ का थगेन्द्र राजराईले मन्त्री थापालाई नेता र सर्वसाधारण विचमा राज्यले विभेद गर्न नपाउने भन्दै सर्वसाधारण जनताका पक्षमा समेत काम गर्न आग्रह गर्नुभएको हो । जवाफमा मन्त्री थापाले नितीगत सुधारका कामहरु भईरहेको प्रतिक्रिया दिनुभएको थियो । 

खिजिफलाटेमा भएको शिविरमा सांसद यज्ञराज सुनुवारको पनि सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द