पूर्णप्रसाद न्यौपाने / मङ्सिर २१, ओखलढुंगा । स्वास्थ्य मन्त्रालयले गरेको मूल्याकंनमा जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा पूर्वाञ्चलमा उत्कृष्ट भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
पूर्णप्रसाद न्यौपाने / मङ्सिर २१, ओखलढुंगा । स्वास्थ्य मन्त्रालयले गरेको मूल्याकंनमा जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा पूर्वाञ्चलमा उत्कृष्ट भए"/>
२०८३, १७ जेष्ठ आईतवार
अर्थ/विकास

जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा पूर्वाञ्चलमा उत्कृष्ट

२०७३, २१ मंसिर मंगलवार ०१:५४


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २१, ओखलढुंगा । स्वास्थ्य मन्त्रालयले गरेको मूल्याकंनमा जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा पूर्वाञ्चलमा उत्कृष्ट भएको छ । स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखाले गरेका मुल्याकंनमा ओखलढुंगा पुर्वाञ्चलमा पहिलो र देशभरमा २७ औँ भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले गत आर्थिक वर्ष २०७२-२०७३ मा कामहरुको मूल्याकंनमा ८१ दशमलव ८६ प्रतिशत अंक ल्याई पुर्वाञ्चलमा प्रथम भएको हो भने राष्टिूय रुपमा २७ औं स्थान प्राप्त गरेको छ । 
राष्ट्रिय वार्षिक प्रगति समिक्षामा जिल्ला स्तरीय कार्य सम्पादन मूल्याकंनमा आर्थिक वर्ष २०७२-७३ मा पुर्वाअञ्चलमा रहेका १६ वटा जिल्लाका स्वास्थ्य कार्यालय मध्ये राम्रो काम गरेर प्रथम भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ । कार्यालयका अनुसार ओखलढुंगामा विभिन्न वार्षिक 
कार्यक्रम अन्र्तगत पोषण, दादुरा, खोप, परिवार नियोजन सरकारी निशुल्क बाँड्ने औषधीहरुको वितरण लगायतका योजनाको काम समयमै सहि तरिकाले गरेकाले पुर्वाञ्चलमा प्रथम भएको हो । पुर्वमा उदयपुर दोस्रो र मोरगं तेस्रो स्थानमा छन् । पुर्वमा ईलाम सबै भन्दा पछाडी छ ।

स्वास्थ्यको क्षेत्रमा ३५ वटा सुचक भित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भचाँज, क्षयरोग, बेरुजु फ्रच्यौट, क्षेत्रिय स्वास्थ्यले दिएको अँक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मुल्याङकंन गरिएको थियो । कार्य सम्पादन मूल्याङ्कनको कार्यान्वयन अवस्थाको सूचकका आधारमा कार्यक्रमको मापन गरी कार्यालयको सेवालाई चुस्त दुरुस्त बनाउने ध्येयले गरिएको मुल्याङ्कनमा ओखलढुंगाले पुर्वमा प्रथम स्थान हाँसिल गरेको भन्दै तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले खुसी व्यक्त गर्नुभयो । ‘मलाई एकदमै खुसी लागेको छ हाम्रो कामको सहि मुल्याङ्कन भयो’ बस्नेतले हामीसँगको टेलिफोन कुराकानीमा भन्नुभयो‘ओखलढुंगाका सबै स्वास्थ्यकर्मी, स्वास्थ्यका कर्मचारी,महिला स्वास्थ्य स्वयं सेविका, पत्रकार, सञ्चारकर्मी,दलका नेता,प्रशासक लगाएत सबैको सफलता हो यो’ तत्कालिन जिल्ला स्वास्थ्य प्रमुख बस्नेत अहिले सिन्धुली सरुवा भईसक्नु भएको छ । 
यता जिल्ला स्वास्थ्य प्रमुख डा प्रमोद यादवले आफ्नो कार्यकालमा जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा कुनै कसुर बाँकि नराख्ने बताउनु भएको छ । स्वास्थ्य मन्त्रालयको मुल्याङ्कनले काममा थप सकृय बन्न उत्प्रेरणा मिलेको बताउनुभयो । स्वास्थ्य कार्यलयको गतिबिधि, योजनाको कार्यान्वयन, प्रभावकारीता अभिवृद्धि गर्न उत्प्रेरित गर्ने र जिम्मेवार बनाउन जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्याङ्कन महाशाखा स्वास्थ्य मन्त्रालयले मुल्याकंन गर्न थालेको हो । आर्थिक वर्ष २०५५-०५६ बाट स्वास्थ्य सेवा विभागबाट मुल्याकंन गर्न थालिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी