पढ्न करिब 1 मिनेट लाग्छ

अजयकुमार साह । मंसीर २१, उदयपुर । नौंबर्षदेखि निर्माण कार्य सुरु भएको उदयपुरको हडिया खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएकोछ ।

नेपाल सरकार र स्थानीय जनश्रमदान गरी तीन करोडको लगानीमा निर्मित आयोजनाको सांसद तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काले आईतबार उद्घाटन गर्नुभएकोछ । खानेपानी आयोजनाले हडिया गाविसको प्रमूख समस्याको रुपमा रहेको खानेपानीको समस्या हल भएको छ । हडियाको डिपबोरीङ मुहानबाट ल्याइएको खानेपानीको १ लाख लिटरको ओभरटेक ट्यांकी निर्माण गरिएको छ ।

हडियाको ५,६ र ७ वडाका करिब १ सय घरधुरीलाई प्रत्यक्ष लाभ पुर्याईरहेको आयोजनाले निकट भविष्यमै ६ सय घरधुरीलाई सुविधा पुर्याउने हडिया खानेपानी तथा सरसफाई समिति हडियाका अध्यक्ष कुमार बस्नेतले बताउनुभयो । मुहरीया, हात्तिसार, हडियाबजार, अँधेरी, शान्तिनगर, डाँडाटोल, मिल्सएरियामा पाईपलाईन वितरण गरिएको खानेपानी आयोजनालाई धेरै भन्दाधेरै उपभोक्तालाई सुविधा पुर्याउने समितिले जनाएको छ ।

खानेपानीको सुविधा भएपछि हडियाबासीले सुःखको श्वास फेरेका छन् । विशेषगरी खानीको अभावमा महिलाहरुलाई समस्या हुने गरेकोमा अव समस्या हल हुनेभएकोमा खुसी भएका छन् । खानेपानी आयोजना नहुँदा हडियाबासीले कष्टका साथ पिठ्यूमा बोकेर खाने गरेका थिए ।