Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८३, ६ बैशाख आईतवार
अर्थ/विकास

नेताले हेलिकप्टर चडेको विवादले उग्ररुप लिएपछि ओखलढुंगामा अनुदान वितरण रोकियो

२०७३, २३ मंसिर बिहीबार १३:४२


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २३, ओखलढुंगा ।ओखलढुंगाका सात गाविसका लागि आयोजना गरिएको अनुदान वितरण शिविर हेलिकोप्टर विवादले रोकिएको छ । गएको शनिबार पलापुबाट सुरु भएको अनुदान तथा एकीकृत घुम्ती शिविरमा भूकम्पीडितसँग रकम असुलेर हेलिकप्टर प्रयोग गरिएपछि विवादमा परेको हो । 

लाभग्राहीबाट संकलित रकमबाट हेलिकप्टरमा सांसद र कार्यालय प्रमुख ओसारेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएको थियो । भूकम्प पीडितसँग कालिका पलापु र फूलबारीमा एक हजारका दरले रकम असुलेपछि बहसको विषय बनेको शिविर बैंकका कर्मचारीहरुले विवाद नसुल्झिएसम्म गाउँ जान नसक्ने अडान राखेपछि अन्यौलमा परेको हो । गाउँमा शिविर सुरु हुन अघि नै लाभग्राहीबाट रकम संकलन गरेको समाचार सार्वजनिक भएपछि बैंकका कर्मचारी गाउँ जान नमानेका हुन् । 

एउटै समस्या दोहोरिने र बैंकसमेत विवादमा मुछिने भएको कारण सरोकारवाला सबैको छलफलले स्पष्ट निष्कर्ष ननिस्किएको खण्डमा बैंकका कर्मचारीहरु गाउँ नजाने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सुमन आचार्यले बताउनुभयो ।  ‘के गर्ने भन्ने टुंगो नलागेकाले अहिले गाउँ जान सकिने सम्भावना छैन’  आचार्यले भन्नुभयो । कालिका, पलापु र फुलबारीमा बिहीबारसम्ममा शिविर सम्पन्न भएपनि गाम्नाङटार, टारकेराबारी, रगनी र पोकलीमा शिविर स्थगित भएको छ । 

बिहीबार जिल्ला प्रशासनमा बसेको सर्वदलीय बैठकले समेत शिविरको टुंगो लगाउन सकेको छैन । खर्चबारे टुंगा नलागेकाले निर्णय हुन नसकेको हो । भूकम्पपीडित र गाविसको अनुदान खर्च गर्दा विवादमा परिएपछि राजनीतिक दल र कार्यालय प्रमुख पत्रकारहरुलाई दोष लगाएर पन्छिन थालेका छन् । बैंकमा संचारकर्मीले खर्चको विषयमा प्रश्न उठाउँदा सरोकारवाला नाजवाफ भएका थिए । शिविरको खर्चको विवरण आउन बाँकी रहेको पलापुका गाविस सचिव इश्वर ढुंगानाले बताउनुभयो । 

निर्णय नै गरेर रकम असुलियो

पलापु र कालिकामा शिविर सञ्चालन हुनु केही दिन अघि मात्रै गाविसस्तरमा सर्वपक्षीय भेला बसेर लाभग्राहीले शिविर व्यवस्थापन खर्च व्यहोर्ने निर्णय नै भएको बैठकमा सहभागीको भनाई छ । ‘पैसाको दर नतोकी पैसा उठाएर खर्च व्यहोर्ने निर्णय भने भएको हो’ एक जना बैठकका सहभागीले बताएका छन् । ‘तर उठेको पैसाले हेलिकप्टरमा नेता र हाकिम चढाउने र भाषण गराउने भन्ने चाँही निर्णय भएको होइन ।’ नाम उल्लेख नगर्ने शर्तमा ती सहभागीले जानकारी दिए । 

गाविस सचिव ढुंगानाले पनि स्थानीय तहबाटै रकम संकलन गर्ने सहमति भएको बताउनुभएको छ । उक्त निर्णयको प्रतिलिपि माग गर्दा गाविस सचिव ढुंगानाले अहिले आफूसँग नभएकोले केही दिनपछि मात्र उपलब्ध गराउने बताउनुभयो ।

शिविर स्थगित भएका गाविसका बासिन्दाले भने गाउँमै शिविर सञ्चालन गर्न माग गरेका छन् ।  ‘हामी खर्च व्यहोर्न तयार छौँ । हाम्रो शिविर कुनै नेता हेलिकप्टर चढेर आउनु पर्दैन ।’ टारकेराबारीका विशाल भट्टराईले टेलिफोनमा भन्नुभयो, ‘पैसा र बैंकका कर्मचारी भए पुग्छ । तर यही विषयलाई विवाद लिएर हाम्रो गाविसमा शिविर रोक्नु हुन्न ।’ शिविर सञ्चालन हुन लागेको भनिएका गाविसमा समेत लाभग्राहीबाट पैसा उठाउने काम सुरु भएको थियो । अहिले रकम उठाउन रोकिएको छ । 

विवाद नसुल्झिएकै समयमा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको सरुवा भएकोले समेत निर्णय गर्न गाह्रो भएको सरोकारवालाको भनाई छ । बिहीबार पनि जिल्लास्थित पाँच राजनीतिक दलहरुले विज्ञप्ति निकाल्दै बहकावमा परेर तथ्य सत्यलाई ढाकछोप गरि प्रकाशित गरेको झुटो समाचारको पछाडी नलाग्न भन्दै सरोकारवालालाई शिविर सञ्चालन माग गरेका छन् ।  विज्ञप्तिमा कांग्रेसका रुद्र अधिकारी, एमालेका मोहनकुमार श्रेष्ठ, माओवादी केन्द्रका विनोद सुनुवार, क्रान्तिकारी माओवादीका रुद्र फुयाल र नेकपा मालेका गुरु दाहालले हस्ताक्षर गरेका छन् ।

केही दलका नेताहरुले समाचार लेखेर शिविर स्थगित भएकाले शिविर स्थगितबारे पत्रकारलाई सोध्न स्थानीय बासिन्दालाई भन्ने गरेको पाइएको छ । जिल्लास्थित पत्रकारहरुले भने राजनीतिक दलले सर्वसाधारण पीडितको पक्षमा जुटनुको सट्टा हेलिकप्टर चढ्न नपाएकै कारण लाञ्छना लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । 

नेपाल पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र रुम्दालीले सत्य तथ्य उजागर गर्दा राजनीतिक दलले कार्यकर्तालाई आन्दोलनमा उतारे पनि कलमको माध्यमबाट प्रतिकार गर्न तयार रहेको बताउनुभयो । -उज्यालो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ