२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७३ सुरु

२०७३, २३ मंसिर बिहीबार १६:३०

मंसिर २३, पोखरा | पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा बिहीबार राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७३ सुरु भएको छ । आगामी पुस ४ गतेसम्म पोखराको नयाँबजारमा चल्ने मेलाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबनबहादुर शाहीले उद्घाटन गरे ।

उनले राजनीतिले गर्दा नै देशको अर्थतन्त्र अहिले परजीवीमुखी हुन पुगेको धारणा राखे । उनले कर्मचारीहरुलाई तलव खुवाउन पनि विदेशीको मुख ताक्ने स्थितिमा देश पुगेकोमा चिन्ता व्यक्त गर्दै भन्नु भयो– पढेलेखेकाले थलो र नपढेकाले हलो छाड्दै सवै युवाहरु भौतारिदै खाडीका मुलुकतिर जान थालेपछि देशको अर्थतन्त्र जर्जर वन्न पुगेको हो ।

शाहीले पार्टी नेताको ईज्जत र जनता झुक्याउन हतारहतारमा ठूल्ठूला आयोजनाको शिलान्यास गर्ने तर विसौं वर्षसम्म पनि काम अघि नवढ्ने प्रवृत्ति देखा पर्ने गरेको बताए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल पनि त्यस्तै भएको बताए । पश्चिमान्चलका क्षेत्रीय प्रशासक खगराज बरालले प्रकृतिलाई देखाएर मात्रै अव पर्यटन प्रवद्र्धन हुन नसक्ने भएकोले मानव निर्मित पर्यटकीय गन्तव्य बनाएर पोखराको पर्यटन प्रवद्र्धन गरिनु पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आर्थिक उन्नति विना कुनै पनि काम अघि वढ्न नसक्ने वताए । उनले वन्द, हडताल, चक्काजाम सधैका लागि वन्द गरी कृषि, उद्योग धन्दा तथा कलकारखानाको विकास तीव्र गतिमा अघि वढाउनु पर्नेमा जोड दिए ।

मेला सुरु हुनुअघि प्रभातफेरीमा निस्किएको थियो । प्रभातफेरीमा विभिन्न आमा समूहहरु, टोल विकास संस्था, जातीय संघ÷संस्था र उद्योगी÷व्यवसायीको प्रतिनिधित्व थियो । “लगानीको प्रवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन “ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको मेलामा औद्योगिक, कृषिजन्य र हस्तकलाका सामानको उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका २ सय ९५ स्टल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी