पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा"/>

२०८३, १७ जेष्ठ आईतवार
अर्थ/विकास

मोलुङ हाईड्रो निर्माणको आधा काम सकियो

२०७३, २७ मंसिर सोमबार १३:५४


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा । मोलुङ हाईड्रो पावर निर्माणको आधा काम सकिएको छ । विगत १ वर्ष अगाडि देखि सुरु भएको आयोजनाको हाल सम्म करिब ५० प्रतिशत काम सकिएको हो । 

१ अरब ३० लाखको लागतमा दुई वर्षमा सम्पन्न गर्नेगरी सुरु भएको आयोजना निर्माणको काम अब कुनै समस्या आई नपरे एक वर्ष भित्रमा सम्पन्न गरिने मोलुङ हाईड्रो पावरका प्रोजेक्ट मेनेजर नविन महर्जनले बताए,‘अबको एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी हामी दिन रात काम गरिरहेका छौं’,महर्जनले भने, ‘नाकाबन्दी र भूकम्पका कारण केही समय काम प्रभावित भएपनि अहिले कामको गतिले तिव्रता लिएको छ,देशको परिस्थीती नविग्रीए र बिचमा कुनै समस्या नआए अबको एक वर्षमा सबैकाम सक्छौँ ।’ उनका अनुसार आयोजनाको सुरुङ मार्ग, पावर हाउस र ड्याम निर्माणको काम आधा भन्दा बढि सम्पन्न भईसकेको छ ।


दैनिक करिब दुई सय मजदुरले आयोजना निर्माणको काम गरिरहेको छन् । त्यसमा १० प्रतिशत स्थानीय कामदार छन् । विद्युत् आयोजना निर्माण सुरु भएयता स्थानीय पनि उत्साहित छन् । ‘विद्युत् आयोजना निर्माणले यस क्षेत्रका स्थानीयको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरेका छौं’, आयोजना सरोकार समितिका अध्यक्ष फणिन्द्र दाहालले भने,‘यस क्षेत्रको भविष्यसँग जोडिएकोले आयोजना निर्माणमा हामीले सक्दो सहयोग गरिरहेका छौं ।’


 निर्माण कम्पनिले प्रभावित क्षेत्रका स्थानीयलाई सामाजिक सेवा,सडक मर्मत जग्गाको क्षतिपूर्ति र रोजगारीको अवसर प्रदान गर्दै आएको छ । जिल्लामा हाल सम्मकै सबैभन्दा बढि लगानिमा र सबैभन्दा ठुलो मानिएको आयोजना निर्माण सम्पन्न भए पछि विकासमा ठुलै परिवर्तनहरु आउने जिल्लाबासीको अपेक्षा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी