2026-11-01 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पत्रकार महासङ्घ उदयपुरको भवन निर्माण

गाईघाट (उदयपुर), १ पुस । नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरको आफ्नै भवन निर्माण भएको छ । 

विसं २०६७ बाट निर्माण सुरु भई गत वर्ष नै निर्माण कार्य सम्पन्न भएको उक्त एकतले भवनमा चारवटा कोठा र एक कार्यक्रम र समाचार तथा सूचना कक्ष रहेको छ । भवन निर्माणका लागि जिविस उदयपुरले डेढ कट्ठा जग्गा उपलब्ध गराएको थियो । 

करिब रु १८ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन निर्माणका लागि जिविस उदयपुरले रु सात लाख, त्रियुगा नगरपालिका गाईघाटले तीन लाख, उदयपुरका सांसद मञ्जुकुमारी चौधरीले तीन लाख, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले एक लाख र नेपाल सरकार सञ्चारमन्त्रालयसहित विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा भवन निर्माण भएको सङ्घका सचिव भोटराज राईले बताउनुभयो । 

उक्त भवनको एक औपचारिक कार्यक्रमबीच नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र बिष्टले बिहीबार उद्घाटन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द