पुस ५, चौतारा  । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ५, चौतारा  । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पन"/>
2026-07-10 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाह्रबिसेदेखि तातोपानीसम्म सडक खुले पनि नाका अझै खुलेन

पुस ५, चौतारा  । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पनि नाका भने अझै खुलेको छैन । 

चीन सरकारले नाका खुलाउन खासै अभिरुची नदेखाएको कारण करिब २१ महिनादेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न नसकेको हो । सो क्षेत्रमा चिनियाँ पक्षले भौगर्भिक अध्ययन टोली खटाएको र टोलीले मानव बस्ती बसाउन सकिने भनी प्रतिवेदन दिएपछि मात्र नाका खुलाउन सकिने चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिल्वालले राससलाई बताउनुभयो । 

चिनिया पक्ष पनि जति सक्दो चाँडो नाका खुलाउन इच्छुक रहेको र अब बस्ने सीमा सुरक्षा बैठकमा त्यसबारेमा थप कुरा राखिने प्रजिअ सिल्वालले बताउनुभयो । 

भूकम्पले क्षतविक्षत पारेर लामो समयसम्म अवरुद्ध बाह्रबिसेदेखि तातोपानीको सीमा पुलसम्मको २६ किलोमिटर सडकको ट्रयाक खोलिएको थियो । तर गएको असार २१ गते भोटेकोसी नदीमा आएको भिषण बाढीले त्यहाँको मानव बस्ती र सडकको विभिन्न भाग कटान गर्नुका साथै ठाउँ ठाउँमा गएका ठूला पहिरोले आवागमन बन्द भएको थियो । बन्द सडकलाई पुनःनिर्माण गरी लिपिङसम्म यातायात सञ्चालन भएको छ । 

कोठेलगायतका विभिन्न स्थानमा गएको पहिरोको काम दोलखास्थित सडक डिभिजन कार्यालयले मर्मत सम्भार गरिरहेको छ । जुरेको पहिरोदेखि बाह्रबिसे माथि पर्ने घट्टेखोला, ¥यालेभिर, लिपिङलगायतका पाँच ठूला पहिरोसहित २६ किलोमिटर सडकखण्ड पुनःनिर्माणको काम चिनियाँ रेलबे कम्पनीले पूरा गरेको इन्जिनियर सञ्जय पन्थीले जानकारी दिनुभयो । 

अरनिको राजमार्गको ९२ किलोमा पर्ने जम्बोदेखि लिपिङसम्मको सडकलाई पक्की रुपमा निर्माण गर्न चिनियाँ कम्पनीलाई प्रस्ताव गरे पनि निर्णय भइनसकेको इन्जिनियर पन्थीको भनाइ छ । 

सडक पुनःनिर्माण भएसँगै राजधानीबाट यात्रुबस चल्न थालेपछि तातोपानी धारामा स्नान गर्नेको सङ्ख्यामा वृद्धि हुन थालेको तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठले बताउनुभयो । भूकम्पबाट विस्थापित भई अन्यत्र गएका परिवार पनि क्रमिक रुपमा आफ्नै थातथलोमा फर्कन थालेको सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमलाल भुसालले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो