अभिमनु कुमार पटेल | पुस ११, रौतहट । नेपाललाई २०७५ साल सम्म खुल्ला दिशा मुक्त क्षत्रे घोषणा गर्ने राष्ट्रिय सरसफाई गुरु योजना २०६८ को भावना र मर्म अनुरुप आज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अभिमनु कुमार पटेल | पुस ११, रौतहट । नेपाललाई २०७५ साल सम्म खुल्ला दिशा मुक्त क्षत्रे घोषणा गर्ने राष्ट्रिय सरसफाई गुरु योजना २०६८ को भावना र मर्म अनुरुप आज "/>

2026-09-12 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२० औँ गाविस दिपही खुल्ला दिसा मुक्त क्षेत्र घोषणा


अभिमनु कुमार पटेल | पुस ११, रौतहट । नेपाललाई २०७५ साल सम्म खुल्ला दिशा मुक्त क्षत्रे घोषणा गर्ने राष्ट्रिय सरसफाई गुरु योजना २०६८ को भावना र मर्म अनुरुप आज रौतहट जिल्लाको गा.वि.स. दिपहीलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषण गरिएको छ । 

विगतको कठिन परिश्रमबाट आज सोमवार गा.वि.स. दिपहीलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सकिएको आयोजक  संस्थाले जनाएको छ । गा.वि.स.मा सवै घर परिवारमा प्लान इन्टरनेशनल नेपालको सहयोग, अभियान नेपालको सहकार्य तथा गा.वि.स. स्तरीय स्वक्षता समन्वय समिति दिपहीको आयोजानमा शौचालनको निमार्ण भई प्रयोगमा आएकोले एक कार्यक्रम गरि गाविस दिपहीलाई खुल्ला दिशा मुक्त गाविस भएको घोषणा गरिएको हो । 

रौतहट जिल्लालाई वि.सं. २०७३ चैत्र मसान्त भित्र नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नु पर्ने, दोश्रो जिल्ला सरसफाई सम्मेलन गौरले प्रतिवद्धता गरे अनुसार अहिले धामधम गाविसहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भईरहेको छ । जिल्लालाई समय सिमा भित्र पुर्ण खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न हाल ६५ गाविस र ३ नगरपालीकालाई घोषणा गर्नु पर्ने बाध्यतालाई सकार पार्न संस्थाहरु सक्रिय भएको देखिन्छ ।

आज दिपहीमा आयोजित गाविस खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रम गाविस स्तरीय स्वक्षता समन्वय समिति दिपही र गाविस दिपही सचिव गोविन्द्र हजराको अध्यक्षता, रौतहट निमित प्रमुख जिल्ला अधिकारी गिरिधारी सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि निमित स्थानिय विकास अधिकारी किरण निधि तिवारी , सशस्त्र प्रहरी उपरिक्षक भगवान मल्ल, रौतहट जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अनिल केशरी, अथिति प्लान इन्टरनेशनल नेपाल जिउनाथ प्राजुलि , उर्वरसी साह , यूएनहेविटेट रौतहट संयोजक दिपेन्द्र ठाकुर, अभियान नेपालको अध्यक्ष शत्रुधन सिंह, नेपाल पत्रकार महासंघ रौतहट अध्यक्ष शैलेन्द्र गुप्ता , रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष अभिमनु कुमार पटेल , आईडिई नेपालका मिथिलेश झा , नेपाल रेडक्रसका ध्रमेन्द्र सिंह रहनु भएको थियो ।

घोषणा कार्यक्रममा विभिन्न क्षेत्रबाट गाविसलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गराउन सहयोग गरेको भन्दै अभियान नेपालका कार्यक्रम समयोजक जितेन्द्र कुशवाहा , ४ जना पत्रकार, अभियान नेपालका सदस्यहरु, र कार्यक्रम अधिर्कत कृष्णदेव तिवारी , समाजिक परिचालक दिपेन्द्र साह , गाविस स्तरीय स्वक्षता समन्वय समिति दिपही सदस्यहरुलाई विशिष्ट अतिथि संग दोसला ओठढाई र प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिहरुलाई आयोजकले मायाको चिन्हो प्रदान गरिएको थियो भन्ने कार्यक्रमको संचालन भिवासिसि सदस्य सचिव नेकमहम्द हुसैनले गर्नु भएको थियो । कार्यक्रमलाई रोमान्चक बनाउने रौतहट जिल्लाका प्रसिद्ध गायक विरिज किशोर सहनी, संगिता चौधरीको टिमहरुले आफनो प्रतिभा प्रतुत गरि मनोरंजन गराएका थिए ।

गा.वि.स दिपहीको कुल ७ सय ५९ घर धुरी मध्ये यस अभियान अन्तर्गत ६०० सय ६९ नयाँ शौचालय निर्माण गरि खुल्ला दिशामुक्त घोषणा समारोह गरि आयोजक संस्थाका सचिव राज सिंह पटेल जनकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस