२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भाषण गर्न होईन काम गर्न दौडिरहेको छु : सांसद यज्ञराज सुनुवार

२०७३, २२ पुष शुक्रबार १७:२४


पूर्णप्रसाद न्यौपाने,पुस २२,खिजीफलाटे ओखलढुंगा । ओखलढुंगाको खिजीफलाटे ६ लट्टे स्थित ज्ञान प्रकाश प्राथमिक विद्यालयले रजतजयन्ती मनाएको छ । स्थापनाको २५ वर्ष पुगेको अवसरमा शुक्रबार एक भव्य समारोहका बिच रजतजयन्ती मनाएको हो । बिसंं. २०४८ सालमा स्थानीय समाजसेवी लाक्पागेल्बु शेर्पा लगाएतको पहलमा स्थापना भएको विद्यालयको रजतजयन्ती उत्सवलाई ओखलढुंगा क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवारले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुनुवारले आफु सँधै विकास र रुपान्तरणका लागि चिन्तीत रहेको बताउनुभयो । ‘मलाई मेरो जिल्लाको विकासको चिन्ता छ,म यसैका लागि दोडधुप गरिरहेको छु’सांसद सुनुवारले भन्नुभयो‘कुनै भाषण र सम्मानका लागि होईन,म मेरा भगवान सरहका जनताको दुःख सुख बुझ्न र काम गर्नका लागि बारम्बार गाँउ,जिल्ला र सदन धाईरहेको छु ।’ सांसद सुनुवारले ज्ञान प्रकाश प्राथमिक विद्यालयलाई ५० हजार नगद सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । 


आफु संविधान सभाको निर्वाचनमा विजयी भएपश्चात खिजीफलाटेमा ६०१ मिटरको फुलको माला लगाएर स्थानीयले सम्मान गरेको बेला प्रतिबद्धता व्यक्त गरे अनुसार काम भएको समेत जिकीर गर्नुभयो । ‘मैले म अब हिँडेर होईन गाडि चढेर खिजी आउँछु भनेको थिएँ,सबैले पहल गर्नु भो मैले सहयोग गरेँ,अहिले सरर गाडिमा आउन सकिएको छ ।’ एमाले केन्द्रिय सदस्य समेत  रहनु भएका सांसद सुनुवारले जनताका हरेक दुःख र समस्यालाई आफ्नो ठानेर समाधानमा लाग्ने  प्रतिवद्धता व्यक्त गर्नुभयो । खिजीक्षेत्रसँग सदरमुकाम जोड्ने सडक निर्माणका लागि अब आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाई थियो । खिजीफलाटेमा ईलाका प्रशासनको सेवा प्रभावकारी बनाउने र नापी र मालपोतको काम समेत तत्काल सुचारु गराउन पहल गर्ने सांसद सुनुवारले विश्वास दिलाउनुभयो । 

ज्ञान प्रकाश प्राथमिक विद्यालयले रजतजयन्तीको अवसर पारेर वडास्तरीय फुटबल र प्राविस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताम उत्कृष्ट हुनेहरुलाई भव्य कार्यक्रमकै बिच पुरस्कृत गरिएको छ ।विद्यालयका पूर्वविद्यार्थीहरुको विषेश सहयोगमा मनाईको रजतजयन्तीकै अवसरमा विद्यालयका संस्थापक र सहयोगि सरोकारवालाहरुलाई विद्यालयले सम्मान समेत गरेको प्रअ लाप्साङ शर्पाले बताउनुभयो ।


दुर्गममा रहेको विद्यालयले पनि सुगममा रहेका र भौतिक पूर्वाधारले सम्पन्न विद्यालय सरहको शिक्षा प्रदान गरिरहेको जानकारी दिँदै शैक्षीक विकासका लागि थप चिन्तीत भईदिन उहाँले सबैपक्षाई आग्रह गर्नुभयो । कार्यक्रममा स्रोत व्यक्ति एकराज कट्वालले भूकम्पले क्षेतीग्रस्त विद्यालय पुननिर्माणका लागि सक्दो पहल गर्ने बताउनुभयो ।


कार्यक्रमका अन्य वत्ताहरुले पनि दुर्गममा रहेको ज्ञान प्रकाश प्राथमिक विद्यालय सबै हिसाबले पछि परेको भएपनि शिक्षा प्रदान गर्ने हिसाबले निकै अगाडि रहेको बताएका छन् । गाविस स्तरमा हुने विद्यालय स्तरिय हाजीरीजवाफ लगाएतका कार्यक्रममा ज्ञान प्रकाश प्राथमिक विद्यालय प्रायजसो उतृकृष्ट हुनेगरेको जनाईएको छ । विद्यालयको रजतजयन्ती विषेश कार्यक्रमलाई सम्बोधन गर्न समेत सांसद गाँउ आएपछि स्थानीय हर्षित भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ