विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लाको विकासका लागि समावेशी योजना ल्याउन अछामका नागरिक अगुवाले सुझाव दिएका छन् । उनीहरुले जिल्लाको योजना छनोट हुदा जिल्लामा यो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लाको विकासका लागि समावेशी योजना ल्याउन अछामका नागरिक अगुवाले सुझाव दिएका छन् । उनीहरुले जिल्लाको योजना छनोट हुदा जिल्लामा यो"/>
2026-10-14 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लाको विकासका लागि समावेशी योजना

विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लाको विकासका लागि समावेशी योजना ल्याउन अछामका नागरिक अगुवाले सुझाव दिएका छन् । उनीहरुले जिल्लाको योजना छनोट हुदा जिल्लामा योजनाको प्रथमिकता दिँदा लक्षित समुदायलाई प्रमुख आधार मान्न सुझाव दिएका छन् । 

योजना छनोट समावेशी तवरले गरिए पनि कार्यान्वयनमा समस्या आएको औंल्याउँदै उनिहरुले  त्यसतर्फ सर्बदलीय तथा सर्वपक्षीय चासो हुनुपर्नेमा जोड एिका थिए । रेडियो रामारोशन अछामद्धारा प्रशारित रेडियो कार्यक्रम साझाबोली लहरको विषय वस्तु छनोट अन्तर्गत भएको अन्तरक्रियात्मक छलफलमा आगामी दिनमा बस्तुगत योजना निर्माणमा बिशेष ध्यान दिइने बताउँदै स्थानीय बिकास अधिकारी तोयनारायण सुवेदीले जिल्लामा योजना छनोटमा समावेशी सहभागीतामा रही योजना छनोट गर्ने गरेको बताउनु भयो । छलफल कार्यक्रममा बोल्दै उहाँले योजनामा प्रथमिकता दिने गरी योजना निर्माण र अभियानलाई जोड दिइएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा शर्माले योजना छनोट र कार्यान्वयन गर्दा नेपाल सरकारले जारी गरेका नीति नियम अनुसार काम गर्न सहयोग गर्ने बताउनु भएको छ । 

प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लामा अपागं मैत्री भवन निर्माणका लागी पहल भैरहेका पनि जानकारी गराउनु भयो । छलफल कार्यक्रममा प्रहरी प्रमुख निरञ्जन दत्त भट्ट, नागरिक अगुवा तथा महिला सरिता उपाध्यय, दलित महिला संघका अध्यक्ष लक्ष्मी सोप, दलित समन्वय समिती अध्यक्ष महेन्द्र विक, सचिब बृख विक, अपांग उत्थान समिती अध्यक्ष जंग विक, अनुसन्धान अधिकृत लोकराज जोशी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण साझाबोली रेडियो कार्यक्रमका उत्पादक बिद्युत्मा रैका, सामुदायिक रिर्पाेटर गायत्री भण्डारीले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश