पूर्णप्रसाद न्यौपाने,पुस २८,ओखलढुंगा । ओखलढुगाको सबै भन्दा दुर्गम मानिने ईलाका नं. ६ का सबै गाविस सडक सञ्जालमा जोडिएका छन् । पछिल्लो समय सांसद यज्ञराज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने,पुस २८,ओखलढुंगा । ओखलढुगाको सबै भन्दा दुर्गम मानिने ईलाका नं. ६ का सबै गाविस सडक सञ्जालमा जोडिएका छन् । पछिल्लो समय सांसद यज्ञराज"/>

2026-11-02 01:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सांसद र जनता मिलेपछि ओखलढुंगाका सबै दुर्गम गाविसमा पनि सडक पुग्यो


पूर्णप्रसाद न्यौपाने,पुस २८,ओखलढुंगा । ओखलढुगाको सबै भन्दा दुर्गम मानिने ईलाका नं. ६ का सबै गाविस सडक सञ्जालमा जोडिएका छन् । पछिल्लो समय सांसद यज्ञराज सुनुवारको सहयोग र स्थानीयको सकृयतामा खिजीकातीमा सडक पुगेसँगै ६ नं. ईलाकाका सबै गाविसमा सडकको सहज पहुँच पुगेको हो । सांसद सुनुवारले आफु निर्वाचित भएपछि पहिलो पटक लिखु भूसिंगा सडक निर्माणका लागि २० लाख सहयोग गर्नुभएको थियो । गत आवमा पनि उक्त सडकका लागि ५ लाख र खिजीचण्डेश्वरी,खिजीकाती प्रिती ओखलढुंगा रामेछाप दुई जिल्ला जोड्ने सडक निर्माणका लागि ५ लाख सांसद क्षेत्रविकास कोषबाट सहयोग गर्नुभएको थियो । यसआवमा पनि भूसिंगा सडक निर्माणका लागि १० लाख र चण्डेश्वरी,काती प्रिती सडक निर्माणका लागि १० लाख विनियोजन गर्नुभएकोे छ । लिखु भूसिंगा सडक निर्माणको काम तत्कालिन सभाषद् केशवराईको विशेष पहलमा सुरु भएको थियो । उक्त सडक निर्माणमा रावादोलुका खुदबहादुर खत्री र खिजिफलाटेका कोप बहादुर सुनुवारको विषेश योगदान छ । भूसिंगा गाविसमा सदरमुकामहुँदै गएको सडक पुगेको छ,भने रावादोलुमा रामेछापको बाम्तीभण्डार, कुँबुकाँस्थली हुँदै सडक जोडिएको छ । अहिले त्यस भेगका नागरिकलाई गाँउबाटै सवारी चडेर गन्तव्यमा पुग्ने अवसर मिलेको छ । 

खिजीकातीमा धुले सडक उद्घाटन

सांसद र सरोकारवालाको सहयोग तथा उपभोक्ताको अगुवाइमा ऋण काढेरै खिजीकातीमा पु¥याईएको सडक उद्घाटन गरिएको छ । शनिवार सांसद यज्ञराज सुनुवारले एक कार्यक्रमका  बिच धुले सडक उद्घाटन गर्नुभएको हो । खिजीचण्डेश्वरी,खिजीकाति प्रिती ओखलढुंगा रामेछाप दुई जिल्ला जोड्ने सडक अन्तरगत खिजीकातीको कुण्डली सम्म ११ किलोमिटर ट्रयाक खोलीएसँगै राजधानीबाट सिधै खिजीकातीमा सवारी सञ्चालन सुरु भएको छ । ट्याक खुलेपछि राजधानीबाट रामेछापको शिरिसे,ढाडे ओखलढुंगाको रगनी खिजीचण्डेश्वरी ५ हुँदै खिजीकाती सुमो चल्न थालेको छ । गाँउमा सडक निर्माणसँगै सवारी पुगेपछि उद्घाटनका लागि पुग्नु भएका सांसद सुनुवार सहितका सरोकारवालाहरुलाई  स्थानीयले भव्य स्वागत तथा सम्मान गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुनुवारले खिजीकाती बासीले देखाएको एकताको  सन्देश अन्य ठाँउका नागरिकले सिक्नु पर्ने बताउनुभयो । ‘मैले सामान्य सहयोग गरेँ,त्यसको पाईपाई सदुपयोेग गरेर आफैँ पनि रकम संकलन गरेर काम गर्नुभयो म तपाईहरुको एकता बाट प्रभावित भएको छु ।’सांसद सुनुवारले भन्नुभयो‘यस्तै एकता विकासका लागि जिल्लाका सबै नागरिकलाई खाँचो छ, र संविधान कार्यान्वयनका लागि दलहरुले पनि तपाईहरुबाट एकताको पाठ सिक्नुपर्ने देखिन्छ ।’ सडक उद्घाटन कार्यक्रमलाई सांसद सुनुवार र गाँउ स्तरका दलका प्रतिनिधी तथा स्थानीय सरोकारवालाहरुले सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रममा सडक निर्माणका लागि प्राप्त सहयोेग,भएको खर्च र ऋण सहितको प्रतिवेदन आर्थिक संयोजक खेमराज सुनुवारले प्रस्तुत गर्नुभएको थियो । सार्वजानिक गरिएको प्रतिवेदन अनुसार ४० लाखको लागतमा कातीसम्म सडक पु¥याईएको हो । त्यसमा अझै करिब २२ लाख ऋण रहेको जनाईएको छ । 

गाविसमा सडक सञ्जाल पुगेसँगै गाउँमा सबै हर्षित भएको स्थानीय मिन कुमारी खत्रीले बताउनुभयो । ‘हामी एकदमै खुसी छौँ,गाँउबाटै गाडि चढेर गन्तव्यमा पुग्न पाउँदा यो बेला हाम्रो खुसीले सिमा नाघेको छ ।’खत्रीले भन्नुभयो‘समग्र विकासको ढोका खुलेको छ ।’ यसअघि आपत विपत् आईपर्दा र उपचारका लागि तत्काल अस्पताल जानुपर्दा हेलीकप्टर चार्टर गर्नुपर्ने स्थानीयको बाध्यता थियो । 

गाउँका  मुख्य मुख्य सबै क्षेत्रमा सडक पु¥याउने र चालु आव भित्रैमा दुई जिल्ला जोड्न पहल गर्ने निर्माण समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो । ‘स्थानीय नागरिकको साथ र सरोकारवलाहरुको सहयोग मिल्यो,त्यसको नेतृत्व मात्रै मैले गरेँको हुँ,प्राय धेरैले नपत्याएको र सम्भावना नदेखेको ठाँउमा पनि सडक निर्माण गरेर सररर सवारी सञ्चालन गर्न पाउँदा म आफैँ पनि खुसी छु र यहाँका सबै   नागरिक खुसीछन् ।’अध्यक्ष न्यौपानेले भन्नुभयो ‘हामीलाई ऋण धेरै छ, तर ऋण तिर्न र केहि बजेटको व्यवस्थापन गर्न नेपाल सरकार र अरु निकायले पनि सहयोग गर्ने हो भने हामी यसैवर्ष दुई जिल्ला जोड्ने सडक निर्माण सम्पन्न गर्ने योजनामा छौँ ।’ सांसद  सुनुवारले काम निरञ्तर अगाडि बढाउन आग्रह गर्दै सक्दो सहयोग गर्ने बताउनु भएको छ । उहाँले अब सिधै सदरमुकाम जोड्ने सडक निर्माणका लागि पहल गर्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

केहि वर्ष अगाडि मात्रै पनि दोलाखाको जीरी पुरेर राजधानीका लागि सवारी चड्नु पर्ने र चार दिन लगाएर राजधानीबाट घर आउनुपर्ने खिजीकातीबासीको बाध्यता हटेको छ । अब खिजीकातीबाट करिब ६ देखि ८ घण्टाको सहज यात्रामा राजधानी पुग्न सकिने छ । 

सांसदको आश गर्न छाडेका जनतालाई फेरि सांसदकै साथ 

कार्यक्रमका सबैजसो वत्ताहरुले सांसद सुनुवारले बोलेका कुराहरु पुरा गरेको भन्दै थप विकासका लागि चिन्ता गरिदिन आग्रह गरेका छन् । ‘म कांग्रेसको मान्छे,दुई पटक गाविस अध्यक्ष भएँ, मैले मेरो पार्टीका सांसद र नेताहरुलाई विकासका लागि चिन्तत भईदिन पटक पटक आग्रह गरेँ ल ल ल ल मात्रै भने काम गरेनन्’कांग्रेस नेता तथा पूर्व गाविस अध्यक्ष रेवत कुमार सुनुवारले भन्नुभयो‘मेरै पार्टीका सांसदहरुको कार्यशैली देखेर हाम्रो ठाउँमा सांसदको सहयोग आउला भन्ने आशा थिएन तर एमालेका सांसदले एक पटक गरेको प्रस्ताव स्विकार गरेर सहयोग गर्नुभयो,यज्ञराजको यो गुण हामीले भल्नुहुँदैन साथीहरु ।’ सांसद यज्ञराज सुनुवारले विकासका नाममा कुनै विभेद नगरेको कांग्रेस नेता सुनुवारले बताउनुभयो । 

कार्यक्रममा बोल्दै अन्य दलका स्थानीय नेताहरुले पनि सांसद सुनुवारको प्रशंसा गरेका थिए । ‘यस अघिका कुनै सांसद चुनाव जितेपछि गाँउमा आएनन्,भेट्न सिँहदरबार र काठमाण्डौका गल्ली पुग्नु पथ्र्यो विकास गर्ने त कुरै छाडाँै’ राप्रपा नेता रेखनाथ न्यौपानेले भन्नुभयो ‘अहिलेका हाम्रा सांसद दुःख सुखमा साथ दिन आईपुगेका छन्,विकासका लागि सहयाृग गरेका छन्,हामी खुसी छौँ ।’अन्य वत्ता र उपस्थित स्थानीयले गाविसका सबै वाडमा मोटरबाटो लैजान र गाउँका लागि एम्बुलेन्स खरिद गरिदिन आग्रह गरेका थिए । 

पत्रकार न्यौपाने सम्मानीत 

साझा सबालका प्रदेश प्रमुख तथा भिजन नेपाल ओखलढुंगा साप्ताहिकका प्रबन्ध निर्देशक पूर्णप्रसाद न्यौपाने र सम्पादक एसबी जेरो खिजीकातीमा सम्मानीत हुनुभएको छ ।

चण्डेश्वरी,काती प्रिती मोटरबाटो उद्घाटन कार्यक्रमकै अवसरमा सञ्चारका क्षेत्रबाट विकास र परिवर्तनमा महत्वपूर्ण योगदान गरेको भन्दै सांसद यज्ञराज सुनुवार र समाजसेवी कमल न्यौपानेले भिजनकर्मी पत्रकार द्धोय न्यौपाने र जेरोलाई सम्मान गर्नुभएको हो ।

मोटरबाटो निर्माण समितीले आर्थीक तथा प्राविधिक सहयोेग गर्ने सबै सहयोगिहरुलाई सम्मान पत्र र प्रशंसा पत्रले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द