पूर्णप्रसाद न्यौपाने-ओखलढुंगा 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने-ओखलढुंगा 

२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घरघरमा चर्पी बनाऔं, भिखारी बन्न छोडौं

२०७३, ८ माघ शनिबार ०५:१२

पूर्णप्रसाद न्यौपाने-ओखलढुंगा 

घरमा चर्पी किन बनाइन्छ ? सहजरुपमा उत्तर दिदा दिसा गर्नलाई चर्पी बनाइन्छ भन्ने आउँछ तर, ओखलढुंगाको सदरमुकाम भित्रै रहेको सिद्धिचरण नगरपालिकाको ज्यामीरे सहित जिल्लाका खुल्ला दिसामुक्त घोषणा गरिएका अधिकांश बस्तीका नागरिकले दिसा चर्पीमा नभई बारीका पाटामा गर्छन् । घरमा चर्पी बनाएका छन तर चर्पीमा दिसा पिसाव नगरेर घरछेउको वारीमा दिसापिसाव गर्ने गरेका छन् । ‘घरमा शौचालय बनाइदिएको छु हेर्नुस्’– खिजीफलाटेका एक वृद्धले भने– तर म घरभित्र दिसा गर्दैन ।’ उनले आफूले एक वर्षअघि शौचालय बनाए पनि अहिलेसम्म शौचालयमा दिसा नगरेको बताए । उनले आफूले घरभित्र बसेर दिसा गर्न नसक्ने भन्दै अरुका लागि मात्रै शौचालय निर्माण गरेको बताए । बारीमा दिसा गर्दा मल हुने र त्यसले बाली सप्रीने उनको तर्क छ । 

भूसिङगाका एक युवा आङसाङगे शेर्पाको घरमा पनि बाथरुमसहितको व्यवस्थीत शौचालय छ तर उनले चर्पी प्रयोग गरेका छैनन् । उनले घरमा चर्पी बनाएको तर दिसा नगरेको सहजै भन्ने गरेका छन् । ज्यामीरेकी एक अगुवा महिलाले पनि आफूलाई वारीमा दिसा गर्न लाज लागे पनि पहिलेदेखि घरछेउको बारी र बगरमा दिसा गर्ने गरेको बताइन् । यी त घरमा चर्पी भएर पनि बारीमा दिसा गर्ने प्रतिनिधि पात्र मात्रै हुन् । बनेका शौचालय प्रयोगमा अनाउनुमा दुुईवटा कारण देखिएको छ । एउटा चेतनाको अभाव र अर्को पानीको अभाव । ‘खानेपानी त छैन चर्पीमा प्रयोग गर्ने पानी कहाँ पाउनु ?’ धेरैले यहि भन्ने गरेका छन् । 

ओखलढुंगाका अधिकांश बस्तीमा यो समस्या जल्दोबल्दो रुपमा रहँदै आएको छ । आनीबानीमा परिवर्तन ल्याउन नसक्दा यस्तो भएको सरसफाइ अभियानकर्ताहरु बताउँछन । यसलाई रोक्न सबै जागरुक भएर चेतनाको विकासका लागि अझै क्रियाशील हुन जरुरी रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख कमलराज श्रेष्ठको  भनाइ छ । ‘निरञ्तरको मेहनत र सबैको सकृयताले केहि गाविसमा बाहेक जिल्लाका करिब करिब सबै घरमा शौचालय बनाउन सफल भएका छौं’श्रेष्ठले भन्नुभयो–‘यो समुदायमा आनीवानीमा सुधार ल्याउनुपर्छ,एकै पटक सुधारहुने कुरा होईन ।’ उहाँका अनुसार धेरैले चर्पी प्रयोग गर्ने बानीको विकास गरे पनि केहीमा अझै चर्पी प्रयोग नगर्ने समस्या कायमै रहेको छ । जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियान थालेको लामो समय भईसकेको छ । करिब ६ वर्षको अवधिमा ओखलढुंगाका अब १ दर्जनको हाराहारि बाहेक सबै गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेका पनि छन् भने जिल्लालाई फाल्गुण भित्रै खुल्ला दिसामुक्त घोषणा गरिसक्ने लक्ष्य राखिएको छ ।  

तर घोषणा,घोषणामा मात्रै सिमित नहोस् भनेर हामी सबै चनाखो हुन जरुरी छ । शौचालय पनि बनाउने तर दिसा गर्न बाहिर पाखामा जाने मानिसहरुको कुरा अचम्मको छ । स्थानीय निकायले सेवा सुविधा रोकेर शौचालय बनाउन दबाब दिएपछि बल्ल शौचालय बनाएकाहरु पनि प्रशस्तै छन् । शौचालय बनाउनु पर्छ भन्ने हामीहरुले शौचालयको प्रयोग किन गर्ने भन्ने विषयमा चेतनाको विकास गराउन सकेका छैनौँ । 

जिल्लाका सरोकारवालाल निकायले पहिला शौचालय बनाउन लगाउँ विस्तारै दिसा गर्न सिकाउँला भनिरहेका छन् । सरसफाइसम्बन्धी चेतना जगाउन सकेमा व्यक्ति आफैले शौचालयभित्र दिसा गर्ने उनीहरुको बुझाइ छ ।

चर्पी भनेको दिसालाई व्यवस्थित रुपमा बिसर्जन गर्नका लागि बनाइएको स्थान हो । वास्तवमा चर्पी भनेको सुरक्षित र सभ्य आनिवानीको संकेत हो, स्वस्थ आनिवानीको सूचक हो भन्ने कुरा प्रत्येक नेपालीको मानसपटलमा पर्नु आवश्यक छ । चर्पी दिसा लुकाउनका लागि र इज्जत जोगाउनका लागि मात्र आवश्यक भएको होइन । रोगबाट बच्न पनि चर्पीको आवश्यकता छ । 

म पूर्णखोपयूक्त युक्त हुँदै साक्षर जिल्लाको नागरिक हुँ । अब मलाई खुल्ला दिसामुक्त जिल्लाको नागरिक बन्ने रहर छ । अनि म सचेत र शिक्षीत समाजको एउटा पत्रकार हुँ भन्न मन छ । त्यसका लागि करिबमा भन्दा २ वर्ष सम्मकाले पटमा,९० वर्ष सम्मकाले चर्पीमा र वृद्ध अशक्त र अपाङ्गहरुले कोपारामा मात्रै दिसा गरिदिने हो भने म म जस्तै लक्ष्य बोकेका ओखलढुंगेहरु खुसी हुने थियौँ,उद्धेश्य प्राप्त गरेको महसुह गर्ने थियौँ । अनि थप विकासका लागि लागि पर्ने थियौँ । 

………को मामिलामा हामी कती भिखारी है ? 

हाम्रो समाजमा, शौचालय निर्माण र प्रयोगको कुरा गर्नासाथ अनुदानको माग आउँछ । के नेपाली साँच्चीकै गरिब छन् ?,जसले आफूले खान सक्छन्, तर थान्को पारेर दिसा गर्न सक्तैनन् ? आफ्नो घर आफै बनाउन सक्छन्,तर एक पैसा खर्च नगरीकन, आफ्नै मेहनत र स्थानीय सामग्री प्रयोग गरी सुरक्षित शौचालय बनाउन सक्तैनन् ? औषधीमूलो, चाडपर्व, मेलापात, विहे, व्रतमन, भोज सबै आफै गर्न सक्नेले दिसा गर्ने खाल्डो खन्नका लागि अरुका सामु ङिच्च दाँत देखाएर हात फाल्छन् र भन्छन् ः हजूर दान चाहियो । एक हातमा गतिला गतिला मोवाईल सेटबाट विदेशमा रहेको छोरासँग कुरा गर्दै अर्को हातले झारले दिसा पुच्छन् कतिपयहरु । विरामी पर्दा सहरका महंगा अस्पतालमा उपचार गर्नका लागि कसैको सहयोग खोज्दैन, महंगा निजी विद्यालयमा छोराछोरीलाई पढाएर आफ्नो सान बढाको ठान्छ ।  दान माग्छ सिर्फ दिसा गर्नका लागि, दिनको एक पाउ दिसा गर्नका लागि । दान माग्नु अर्थात् भिख माग्नु । सबैभन्दा तुच्छ बस्तु दिसा (गुहु) लुकाउनका लागि भिख ? गुहुको मामिलामा हामी नेपाली कती भिखारी है ? 

कम्तिमा प्रत्येक घरमा एउटा सुरक्षित चर्पी बनाऔं र त्यसको सही प्रयोग गरौं । यदि पूर्ण सरसफाइलाई अभियान र आन्दोलनको रुपमा अगाडि लैजानु नै छ भने हामीले नगरे कसले गर्ने ? अहिले नै नगरे कहिलेदेखि गर्ने ? हाम्रै बलबुताले नगरे कोसँग हात पसार्ने ? हाम्रै तौरतरिका नलगाए कसको हात खोज्ने ? प्रत्येक व्यक्तिले आफूबाट थालनी नगरे कसले थालनी गरिदेला भनेर पर्खिइरहने ? उपयुक्त समय वर्तमान हो, उपयुक्त प्रविधि हामीलाई जे थाहा छ,त्यही हो ।

(लेखक पत्रकार न्यौपाने पत्रकार स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति ओखलढुंगाका सदस्य सचिव हुन्)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ