२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपुरथिमि नगरपालिकाको बजेट सार्वजनिक, एमालेद्वारा बहिष्कार

२०७३, १२ माघ बुधबार १६:२९

माघ १२, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आ.व ०७४/०७५ का लागि रु २९ करोड ५५ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । 

आज मथिनपाले आयोजना गरेको नगरपरिषद्को नीति, योजना, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले आ.व ०७४÷०७५ मा आन्तरिक आयतर्फ रु सात करोड २६ लाख ७५ हजार र केन्द्रीय अनुदान तथा बाह्य स्रोतसमेत गरी रु १८ करोड २२ लाख १४ हजार, जनसहभागितामा रु दुई करोड ५३ लाख १० हजार, राजस्व बाँडफाडतर्फ रु एक करोड ५४ लाख आय हुने जानकारी दिनुभयो । 

त्यसैगरी खर्चमा विकास कार्यक्रम एवम् भौतिक पूर्वाधारतर्फ रु २२ करोड २९ लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु सात करोड ५० लाख खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ । खर्चमध्ये कूल बजेटमा प्रशासनिक खर्चतर्फ रु तीन करोड ८६ लाख ५ हजार, ऐतिहासिक सम्पदा संरक्षणतर्फ रु एक करोड ९८ लाख ५० हजार, पूर्वाधार विकासमा रु एक करोड १० लाख, बालबालिका तथा युवा लक्षित कार्यक्रममा ९४ लाख ३० हजार, आर्थिक, सामाजिकरुपमा पछाडि परेका दलित, आदीवासी, फरक क्षमता, ज्येष्ठ नागरिकका लागि रु दुई करोड ६५ लाख, वातावरणीय संरक्षण, सरसफाइ तथा व्यवस्थापनतर्फ रु एक करोड पाँच लाख बजेट विनियोजन गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । 

कार्यक्रममा सांसद् रामेश्वर ढुङ्गेलले सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गर्न ढिलाई गर्न नहुने बताउनुभयो । त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीलगायतले स्थानीय निकायको विकासका लागि नागरिक समाज र राजनीतिक दलहरूको सहयोग र साथ आवश्यक रहेको औंल्याउनुभयो । 

नेकपा(एमाले) मध्यपुर थिमि नगरसमन्वय कमिटीले नगरपालिकाको २६ औँ नगरपरिषद् तथा बजेट सार्वजनिक कार्यक्रम पूर्णरुपमा बहिष्कार गरेको घोषणा गरेको छ । नगरपालिकामा दलीय प्रतिनिधित्व गर्ने अन्य दलहरू कार्यक्रममा सहभागी भएपनि एमालेले भने नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले गैरजिम्मेवार प्रवृत्ति, आचरण र व्यवहार गरेको आरोप लगाउँदै पार्टीका नगर कमिटी संयोजक मदनसुन्दर श्रेष्ठले कार्यक्रम बहिष्कार गरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा