(भरत केसी) | माघ २६, बुटवल | प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

(भरत केसी) | माघ २६, बुटवल | प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडक"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लुम्बिनीसम्मको नमुना सडक निर्माण तीव्रगतिमा

२०७३, २६ माघ बुधबार ११:००


(भरत केसी) | माघ २६, बुटवल | प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीसँग जोड्ने महत्वपूर्ण आयोजनाका रुपमा लिइएको छ । 

पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल तथा लुम्बिनी पुग्न सो सडकलाई वैकल्पिक मार्गका रुपमा अगाडि बढाइएको छ । सडकको दुवैतर्फ हरियालीसहितको उद्यान निर्माण गर्ने योजना छ । उक्त सडकलाई पर्यटकीय सडकका रुपमा विकास गर्ने योजना छ । 

लुम्बिनी घुम्न आउने पर्यटक निर्माण भएपछि यही सडकको उपयोग गर्नेछन् । बेलवास–बेथरीसम्मको चार लेनको सडक निर्माण कार्यले तीव्रता पाएको छ । सो सडकअन्तर्गत बुटवलको नहरपुरदेखि मोतिपुरसम्म नहरको दुवैतर्फ पक्की पर्खाल निर्माण कार्य सकिएको छ भने अमवादेखि बेथरीसम्म नहर सफा गर्ने, अतिक्रमित संरचना हटाउने र पक्की पर्खाल निर्माण कार्य चलिरहेको छ । पहिलो चरणमा सो नहरको दुवैतर्फको सडक कालोपत्र गर्नेे योजना छ । 

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख, मेघराज मरासिनीका अनुसार उक्त सडक मुलुककै नमुनाको रुपमा रहेको छ । बुटवलको बेलवास झोलुङ्गे पुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म करिब २१ किलोमिटर लामो सो सडक निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न हुने उहाँले बताउनुभयो । 

उक्त सडकखण्डअन्तर्गत पर्ने नहरलाई व्यवस्थित गरीने र नहरको दुवैतर्फ सात–सात मिटर फराकिलो सडक तथा पौने दुई मिटरको साइकल लेन समेत निर्माण गरिने छ । निर्माणाधीन बुद्धनगरस्थित पक्की पुलले उक्त सडकलाई बुटवलसँग जोड्ने छ । उक्त सडक निर्माणमा करिब रु दुई अर्ब लाग्ने अनुमान गरिएको छ । बेलवास–बेथरीसँगै यसैवर्षदेखि भैरहवा– लुम्बिनी ६ लेन तथा बुटवल–पाल्पा ४ लेन सडक निर्माणको तयारी थालिएको छ । विमानस्थल सञ्चालन अगाडी बुटवल–भैरहवा ६ लेन र आन्तरिक बुद्धिष्ट सर्किट तथा लुम्बिनी परिक्रमा पथको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ