पूर्णप्रसाद न्यौपाने,फाल्गुण ८, ओखलढुंगा । ओखलढुंगाको वाक्सा स्थित मनाकामना माध्यमिक विद्यालयले विद्यार्थीहरुसँग गैरकानुनी ढंगले रकम असु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने,फाल्गुण ८, ओखलढुंगा । ओखलढुंगाको वाक्सा स्थित मनाकामना माध्यमिक विद्यालयले विद्यार्थीहरुसँग गैरकानुनी ढंगले रकम असु"/>

2026-11-02 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मनकामनामा मनपरि


पूर्णप्रसाद न्यौपाने,फाल्गुण ८, ओखलढुंगा । ओखलढुंगाको वाक्सा स्थित मनाकामना माध्यमिक विद्यालयले विद्यार्थीहरुसँग गैरकानुनी ढंगले रकम असुलेको पाईएको छ । कक्षा १० का विद्यार्थीहरुलाई कोचिङ पढाउने भन्दै प्रत्येक विद्यार्थीबाट १ हजार ६ सयका दरले रकम असुलेको पाईएको हो । निःशुल्क शिक्षा दिनुपर्ने विद्यायले अनिवार्य गरेर सबै विद्यार्थीहरुबाट गैरकानुनी ढंगले रकम असुलेको भन्दै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष पेशल कुमार कार्कीले विज्ञप्ती निकालेरै विरोध जनाउनु भएको छ ।

‘विद्यालयले कोचिङ कक्षा सञ्चालन गर्ने गरि गरेको निर्णय स्वागत योग्य भएपनि प्रत्यक विद्यार्थीबाट १६०० रकम असुली गर्ने कुरा विद्यार्थी तथा  अभिभावकको हित र कानुन विपरित छ’ विज्ञप्तीमा भनिएको छ । बढी रकम असुलीएको भन्दै विद्यार्थी र अभिभावकहरुले गुनासो गरेसँगै शिक्षक अभिभावक संघले विद्यालयको गलत कदमप्रती आपत्ती जनाएको कार्कीले बताउनुभयो । 

सरकारले पढ्नबाट कोही बञ्चित नहोस् भनेर विद्यालय भर्ना निःशुल्क घोषणा गरेको छ । सामुदायिक विद्यालयहरु नयाँ शैक्षिक सत्र शुरु भएपछि सबैकोलागि शिक्षा भन्दै विद्यालय भर्ना अभियान पनि चलाउछन् । तर, तिनै विद्यालयहरु सहयोग भन्दै विद्यार्थीहरुबाट रकम असुल्छन् । जसको मारमा विपन्न तथा निम्न आर्थिक अवस्था भएको परिवारका विद्यार्थीहरु पर्छन् । समयमा कक्षा सञ्चालन गर्न र पाठ बढाईसक्न नसक्ने शिक्षकहरु मिलेर विद्यार्थीहरुबाट रकम असुलेको कतिपय अभिभावकहरुको आरोप छ । ‘सरकारले निःशुल्क शिक्षा दिन्छ भनेको सुनेको छु, तर हाम्रो वाक्साका विद्यार्थी र अभिभावकहरु राज्यले दिने निःशुल्क शिक्षाका नाममा मोटो रकम तिर्न बाध्यछन् ।’– वाक्साका एक स्थानीयले भन्नुभयो । स्थानीय अगुवाहरुका अनुसार विद्यालय व्यवस्थापन समितिले नै विद्यार्थीहरुबाट रकम असुल्ने निर्णय गरेको बुझिएको छ । रकम असुलीएको भएपनि त्यसको कुनै बिल भरपाई नदिएको जनाईएको छ । 

मनकामना माविमा अहिले ४७ जना छात्र छात्रा कक्षा दशमा अध्ययनरत छन् । उनिहरुबाट प्रति व्यक्ति १ हजार ६ सय का दरले ७५ हजार २ सय रकम विद्यालयले उठाएको छ । त्यसबाट २ महिना २ जना शिक्षकले कोचिङ पढाउने भनिएको छ । यदि २ महिना कोचिङ पढाए वापत शिक्षकलाई दिन उक्त रकम उठाईएको हो भने पनि एक शिक्षकले ३७ हजार ६ सय पाउने छ । गरिब जनताका छोराछोरीबाट रकम उठाएर निश्चीत व्यक्तिलाई पोस्न नहुने स्थानीयहरु नै बताउँछन् । 

कोचिङका नाममा उठाईएको रकम नबुझाएकै कारण फारम भर्न समेत नदिएपछि रकम बुझाईएको विद्यार्थीहरुको गुनासो छ । ‘हामी पढ्न आउन सक्दैनौँ कोचिङ पढ्दैनौँ भन्दा पनि पैसा चाँहि तिर नत्र फारम नै भरिँदैन भनेपछि पैसा तिरेको हो हामीले’मनकामना माविमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले भने । विद्यार्थी र अभिभावकहरुले भने जबरजस्त उठाईएको रकम फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् । सबै विद्यार्थीहरुले सामुहिकरुपमा हस्ताक्षर गरेर आफुहरुबाट असुलीएको रकम फिर्ता गर्न माग गर्दै विद्यालयमा निवेदन दिएका छन् ।

विद्यार्थीहरुबाट रकम असुलीएको विषयमा विद्यालयका प्रअ महिन्द्र बहादुर कार्कीले भने सबैको सल्लाह र सुझावका आधारमा शैक्षीक विकास र गुणस्तर सुधारका लागि विद्यार्थीहरुबाट रकम उठाईएको बताउनुभयो,उहाँले टेलीफोनमा भन्नुभयो ‘कुनै खराब नियत र कारणले होईन विद्यार्थीको आग्रह अनुसार कोचिङ पढाउन सबै पक्षसँग छलफल गरेर १६०० उठाईएको हो ।’ प्रअ कार्कीले दुई ग्रुप बनाएर पढाउनु पर्ने भएकाले शिक्षकलाई पारिश्रमीक दिनकै लागि विद्यार्थीसँग रकम उठाईएको स्विकार गर्नुभयो । मनकामना मावि यस अघि दुई पटक एसएलसी परीक्षामा निल (एक जना पनि पास नभएको) विद्यालय हो । 

यता जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुले जवरजस्ती रकम असुल्न नहुने जनाएको छ । यस विषयमा वास्तविकता बुझेर गैरकानुनी रुपले रकम असुलेको पुष्टि भएमा कारबाहि गर्ने सम्बद्ध सरोकारवालाहरुको भनाई रछ । 

शिक्षा ऐन २०२८ को दफा १६ घ को उपदफा ५ मा सरकारी विद्यालयले विद्यार्थीसँग शुल्क असुल्न नपाईने उल्लेख छ । यदि कुनै प्रयोजनका लागि शुल्क असुल्नपरे नेपाल सरकारबाट पूर्व स्वीकृति लिनुपर्ने ऐनमा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द