फागुन ९, बैतडी | पाटन पञ्चेश्वर सडकखण्ड निर्माण कार्य कुलाउ गाविसका केही स्थानीयवासीको अवरोधका कारण रोकिएको छ । 

विसं २०३८ देखि निर्माण सुरु भएको पाटन पञ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ९, बैतडी | पाटन पञ्चेश्वर सडकखण्ड निर्माण कार्य कुलाउ गाविसका केही स्थानीयवासीको अवरोधका कारण रोकिएको छ । 

विसं २०३८ देखि निर्माण सुरु भएको पाटन पञ"/>

2026-09-19 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पञ्चेश्वर सडक निर्माण कार्यमा अवरोध

फागुन ९, बैतडी | पाटन पञ्चेश्वर सडकखण्ड निर्माण कार्य कुलाउ गाविसका केही स्थानीयवासीको अवरोधका कारण रोकिएको छ । 

विसं २०३८ देखि निर्माण सुरु भएको पाटन पञ्चेश्वर सडक कुलाउसम्म पुगेको र कुलाउबाट निर्माण कार्य अघि बढाउन केही स्थानीयवासीले अवरोध पु¥याएको निर्माणको जिम्मा पाएको चन्द्रा एन्ड वसन्त कम्पनीका ठेकेदार सुरेश चन्दले बताउनुभयो । 

तल्लोसोराडवासीको बर्षौंदेखिको सडकको सपना पूरा हुन लागेका बेला केही स्थानीयवासीकै अवरोधले सडक निर्माण कार्य रोकिएमा सर्वसाधारण चिन्तित बनेका छन् । सडक बल्ल ३५ वर्षपछि पूरा हुने बेला स्थानीयवासीले नै अवरोध गरेकाले उनीहरु चिन्तित बनेका हुन् । 

पाटनदेखि ६२ किलोमिटरको दूरीमा रहेका पञ्चेश्वरलाई जोड्नका लागि पाटन–पञ्चेश्वर सडकको निर्माण कार्य सुरु गरिएको थियो । कुलाउको तिचोरामा यही माघमा सडक पुगेपछि आ–आफ्नो वडाबाट लैजानुपर्ने भन्दै स्थानीयवासीबीच विवाद सुरु भएको हो । केहीले सडक निर्माण गर्दा आफ्नो जग्गा मासिने भन्दै सडक निर्माणमा अवरोध पुर्याएका कुलाउ माविका प्राचार्य गोरखबहादुर चन्दले बताउनुभयो । 

सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख ललितजङ्ग खनालले पाटन –पञ्चेश्वर सडक निर्माणमा केही अवरोध देखापरेको र स्थानीयस्तरमा देखिएको विवाद छिट्टै समाधान गरेर निर्माण कार्य अघि बढाइने बताउनुभयो । 

निर्माणाधीन पाटन–पञ्चेश्वर सडक कुलाउमा अवरोध भएपछि महाकाली पञ्चेश्वर र आमचोरा गाविसका जनताले भने यथाशीघ्र सडक निर्माण कार्य सञ्चालन गर्न माग गरेका छन् । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय आयोजक कमिटी सदस्य रमेश चन्दको अगुवाइमा स्थानीयवासीले विवाद समाधान गरी सडक निर्माण कार्य सञ्चालन गर्न प्रजिअ किशोरकुमार चौधरीलाई निवेदन दिएका छन् । प्रजिअ चौधरीले निर्माण कार्य अवरुद्ध भएको सडक सञ्चालन गराउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई