२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छैटौं पश्मिाञ्चल क्षेत्रीय पुष्प प्रदर्शनी एवं व्यापार सुरु

२०७३, १२ फाल्गुन बिहीबार १४:०९

फागुन १२, पोखरा |  पोखरामा छैटौं पश्मिाञ्चल क्षेत्रीय पुष्प प्रदर्शनी एवं व्यापार सुरु भएको छ । फ्लोरीकल्चर एसोसियसन नेपाल जिल्ला समिति कास्कीको आयोजनमा सुरु मेला फागुन १६ गतेसम्म सञ्चालन हुने छ । पुष्प प्रदर्शनीमा पुष्प व्यवसायी र अन्य गरि २९ वटा स्टल राखिएका छन् ।

स्टलमा परम्परागत फूलका अलवा कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई बिरुवा प्रदर्शनी एवं विक्रीका लागि राखिएको मेला संयोजक पंकज पौडेलले जानकारी दिए । नेपालमा आर्थिक वर्ष २०७१÷७२ मा १० करोड बराबरको फूल आयात उनले जानकारी दिए । त्यस्तै १ अर्ब ३४ करोडको कारोबार भएको थियो । त्यस यता प्रत्येक वर्ष १० देखि १५ प्रतिशत माग बढ्दै गएको छ । माग अनुसार आपूर्ती गर्न भने समिएको छैन ।

कास्कीमा ७.२ हेक्टरमा पुष्प खेती गरिँदै आएको उनले बताए । उनले पोखरामा एक वर्षमा करिब ६ करोडको फुलको व्यापर हुने गरेको बताए ।  खेतीका लागि अनुकुल ठाउँ नहुदा, गुणस्तरीय प्रविधिको अभाव र सरकारी निती संरक्षण गर्ने खालको नहुँदा आयातित फूलसंग प्रतिस्पर्धा गर्न कठिन भएको संस्थापक अध्यक्ष बसन्त बानियाँले बताए । त्यस्तै यस क्षेत्रमा असिना र हावाहुरीका कारण फागुन देखि जेठसम्म यो व्यवसायका लागि प्रतिकुल रहेको उनको भनाई छ ।

मेला आयोजना गर्न ७ लाख ५५ हजार रुपैयाँ खर्च लाग्ने र फूलको महिमा र महत्व बुझ्न र मेलालाई महोत्सवमय बनाउन फूलका पारखीहरुको अध्याधिक सहभागिता मेलामा हुने फ्लोरीकल्चर एसोसियसन कास्कीका अध्ययक्ष दयाकुमार द्धाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा