भूकम्पबाट भत्किएका ४८ वटा गुम्बा पुनर्निर्माण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

फागुन १३, सोलुखुम्बु । करिब दुई वर्ष अघिको भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ४८ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट प्राप्त भएको छ ।

जिल्लामा भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माणका लागि जिविसमा पहिलो चरणमा रु दुई करोड २४ लाख प्राप्त भएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय विकास अधिकारी शर्माका अनुसार भत्किएकामध्ये ४८ वटा गुम्बाको मर्मत तथा पुनर्निर्माणका लागि प्राप्त भएको बजेट सम्झौताको क्रम सुरु भएको छ । पहिलो चरणको प्राप्त भएको सो बजेट क्षतिका आधारमा सम्झौता भइरहेको र थप रकम मागसमेत गरिएको शर्माले बताउनुभयो ।

भूकम्पका कारण सोलुखुम्बुमा ७४ वटा गुम्बामा क्षति पुगेका थियो । भत्किएकामध्ये अधिकांश भवन अहिले पनि अलपत्र अवस्थामा रहेका छन् । केही गुम्बाको स्थानीयवासी आफैँले मर्मत गरेको भए पनि गुम्बा निर्माणका लागि धेरै बजेट आवश्यक पर्ने तथा स्थानीयवासीको घर नै पुनर्निर्माण गर्न नसकिरहेको अवस्थामा गुम्बा प्राथामिकतामा पर्न नसकेको बौद्ध धर्मावलम्बीको भनाइ छ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply