2026-11-02 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोदाम आगलागीमा दश लाखको क्षति

फगुन २५, पर्सा । वीरगन्जको आदर्शनगरमा आज बिहान एक गोदाममा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

उप–महानगरपालिका–१३ स्थित पुरानो पानीट्याङ्की नजिकै रहेको रेवती शर्माको घरमा सञ्चालित विनाजी महिला ग्रील उद्योगको गोदाममा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । 

वीरगन्ज उप–महानगरपालिका–८ निवासी विकास गुप्ताले भाडाको घरमा सञ्चालन गरेको उद्योगको गोदाममा बिहान करिब ३ बजे विद्युत्को तारमा सर्ट भर्ई आगलागी भएको वडा प्रहरी कार्यालय विर्ताका इन्चार्ज प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिनुभयो । 

उहाँले आगलागीमा परी गोदामभित्र रहेका पाँच टन चनाको दाल, रु एक लाख ५० हजार मूल्य बराबरकोे नमकिन (भुजिया), चारलाख मूल्य बराबरको रेपर, एकथान जेनरेटरलगायतका समान जलेर नष्ट भएको बताउनुभयो । 

गोदाममा लागेको आगोलाई वीरगन्ज उप–महानगरपालिकाको बारुणयन्त्र र स्थानीय बासिन्दाको सहयोगमा एक घन्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द