Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गोदाम आगलागीमा दश लाखको क्षति

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फगुन २५, पर्सा । वीरगन्जको आदर्शनगरमा आज बिहान एक गोदाममा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उप–महानगरपालिका–१३ स्थित पुरानो पानीट्याङ्की नजिकै रहेको रेवती शर्माको घरमा सञ्चालित विनाजी महिला ग्रील उद्योगको गोदाममा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

वीरगन्ज उप–महानगरपालिका–८ निवासी विकास गुप्ताले भाडाको घरमा सञ्चालन गरेको उद्योगको गोदाममा बिहान करिब ३ बजे विद्युत्को तारमा सर्ट भर्ई आगलागी भएको वडा प्रहरी कार्यालय विर्ताका इन्चार्ज प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिनुभयो ।

उहाँले आगलागीमा परी गोदामभित्र रहेका पाँच टन चनाको दाल, रु एक लाख ५० हजार मूल्य बराबरकोे नमकिन (भुजिया), चारलाख मूल्य बराबरको रेपर, एकथान जेनरेटरलगायतका समान जलेर नष्ट भएको बताउनुभयो ।

गोदाममा लागेको आगोलाई वीरगन्ज उप–महानगरपालिकाको बारुणयन्त्र र स्थानीय बासिन्दाको सहयोगमा एक घन्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस