2026-09-19 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

होली खेलेको रकमबाट शिक्षकलाई तलब

चैत १, बैतडी । यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन् । धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले शिक्षकको तलबमा होलीबाट सङ्कलन भएको रकम खर्च गरिने विद्यालयले जनाएका छन् । 

सुनर्या गाउँपालिका–५ धुलिधारमा रहेको सिद्धनाथ निमाविले होली खेलेर रु ७५ हजार सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक गणेशदत्त अवस्थीले जानकारी दिनुभयो । 

यस्तै, दोगडाकेदार गाउँपालिकाको कफलकोटमा रहेको रौलेश्वर माविले होली खेलेर रु ८० हजार सङ्कलन गरेको र सबओभरसियर पढिरहेका विद्यार्थीको शैक्षिक भ्रमणमा खर्च गर्ने विद्यालयले तयारी गरेको स्थानीय बासिन्दा धनबहादुर भाटले जानकारी दिनुभयो । 

जिल्ला दैवीप्रकोप तथा उद्धार समितिले खेलाएको होलीबाट सो रकम सङ्कलन भएको छ । उक्त रकम विपद् जोखिम व्यवस्थापनमा खर्च गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिनुभयो । 

यसैगरी, पाटन नगरपालिकाको वसन्तपुरमा रहेको त्रिपुरेश्वर माविले पनि होली खेली रु एक लाख १० हजार नगद सङ्कलन गरेको छ । सो रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा खर्च गरिने विद्यालयका प्रधानाध्यापक नारायणसिंह ठगुन्नाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई