2026-09-19 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा एक करोडमा बनेको प्रहरी भवन प्रयोगविहीन

चैत ११, बैतडी । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बैतडीको पुर्चौडीमा रु एक करोडभन्दा बढी लगानीमा निर्माण गरेको प्रहरी चौकी, पुरघाटको भवन निर्माण सम्पन्न भएको सात महिनासम्म पनि प्रयोगविहीन अवस्थामा रहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले केन्द्रबाट उद्घाटनका लागि कोही नआएकाले प्रयोगविहीन भएको बताउनुभयो । “माथिबाट उद्घाटनका लागि आउने तयारी भएको छ”, उहाँले भन्नुभयो, “छिट्टै प्रहरी नवनिर्मित भवनमा सर्छ ।” 

सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले ध्वस्त पारेपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयले गत वर्ष रु एक करोड आठलाख ६६ हजारको लगानीमा प्रहरी चौकी पुरघाटको भवन निर्माण गरेको हो । नवनिर्मित भवन उद्घाटन नहुँदा आजभोलि पुरघाट प्रहरी चौकीका प्रहरी एउटा घर भाडामा लिएर बसिरहेका छन् । 

शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बैतडीमा रु चार करोड ८५ लाख ४० हजारमा पाँचवटा नयाँ प्रहरी भवन निर्माण गरेको छ । सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले बढी ध्वस्त पारेकामध्ये सीमा प्रहरी चौकी झुलाघाट, इलाका प्रहरी कार्यालय पाटन, इलाका प्रहरी कार्यालय मेलौली, प्रहरी चौकी पुरघाट र प्रहरी चौकी खोडपेमा बनेका उक्त नवनिर्मित भवन आधुनिक सुविधासम्पन्न रहेका छन् । 

दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या रहेको बैतडीमा दरबन्दी कमी हुँदा मागअनुसार प्रहरी परिचालन गर्न तथा प्रहरी सेवा जनताको घर–आँगनमा पु¥याउन सकिएको छैन । 

“हामीसँग भौतिक पूर्वाधारको पनि कमी छ”, प्रहरी नायब उपरीक्षक शर्माले भन्नुभयो, “छिटो र प्रभावकारी सेवा प्रवाहका लागि मानवीय स्रोतसाधनका साथै भौतिकरुपमा पनि प्रहरी प्रशासन बलियो हुन आवश्यक छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई