2026-11-02 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पात्लेको विकासमा पेम्बा

पूर्णप्रसाद न्यौपाने / चैत्र १२,ओखलढुंगा । ओखलढुंगाको साबिक पात्ले गा. बि. स. वडा नं. ४ हाल खिजीदेम्बा गाउपालिका वडा नं. ९ का युवा पेम्बा शेर्पा अहिले यस क्षेत्रको विकासका अभियान्ताका रुपमा परिचित छन् । ३७ वर्षिय युवा व्यवसायी शेर्पा आफ्नो जन्मभूमि पात्लेको विकासमा बढि केन्द्रित देखिएका छन् । २२ बर्ष पर्यटन क्षेत्रमा काम गरेको अनुभव भएका शेर्पा ७ पटक सफल सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । उनले हलिउड फिल्ममा पथ प्रदर्शक expedition guide को भूमिकामा अभिनय समेत गरेका छन् ।

गाउँको समग्र बिकासका निमित्त शैक्षिक क्षेत्रको सुधार हुनुपर्छ भन्ने मान्यता राख्ने पेम्बा आफैँ  बिभिन्न संघ संस्थामा रहि गाउँको विकासका निमित्त आवाज उठाउँदै निकायहरुसँग समन्वय गरेर कामगर्ने सबैका विश्वासीला पात्रका रुपमा चिनिन्छन् । 

गाउँमा सडक, खानेपानी, बत्ती र स्थानीय अति आवश्यक पुर्वाधार निर्माणमा मुख्य भुमिका निर्वाह गरेका पेम्बाकै नेतृत्वमा भर्खरै जिल्लाकै दुर्गम मानिने गाविस पात्लेमा सडक पुगेको छ । अहिले त्यहाँका स्थानीयहरुलाई सहज यात्रा र सामान ढुवानीका लागि निकै सहज भएको छ । शैक्षिक विकास र गुणस्तर सुधारका निमीक्त निकै सकृय युवा पेम्बाले स्थानीय एउटा सामुदायिक विद्यालयलाई ५४ रोपनी जग्गा निशुल्क दिएका छन् । पेम्बाले जनता आधारभुत विद्यालय दोराखर्कलाई आफ्नो बुबाले दिएको अंश बापतको सबै जग्गा निशुल्क पास गरेर दिएका हुन् । ‘मैले मेरो बुबाले अंश दिएको सबै जग्गा विद्यालयलाई दिएको छु,अन्य ठाउँबाट पनि स्रोत जुटाएर शैक्षिक विकासमा लागिरहेको छु’पेम्बाले भने‘हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कस्ले गर्ने ? सबैको साथ मिल्यो मैले गाउँको विकासका लागि केहि गरेँ,मैले नेतृत्व मात्रै गरेको हो,साथ सबैको छ ।’ जनता आधारभुत विद्यालय आफ्नै पहलमा नि. मा. वि. बनाएको दावी गर्ने पेम्बाले आफ्नै खर्चबाट १ जना शिक्षक राखेका छन् । उक्त शिक्षकलाई मासिक तलब आफुले नै व्यक्तिगत रुपमा दिदैँ आएको उनको भनाई छ । उनि जनता आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि हुन् । 

पेम्बाले ठाउँ ठाउँमा खानेपानी आयोजना निर्माण गरेका छन् । हाल सम्म पनि कुनै सरकारी योजना नपरेको पात्लेको बम्दोका गाउँ जहाँ ६ परिवारको बसोबास रहेको छ, त्यो गाउँमा ३ बर्ष अघि नै स्वच्छ खानेपानीको व्यवस्था उनले व्यक्तिगत पहलमा गरेका थिए । बाताबरण संरक्षणको चेतना जगाउन भन्दै सवै परिवारलाई घरघरमा चर्पी निर्माण गरिदिएका छन् । भने त्यस्तै पात्लेको फाक्से गाउँमा पनि खानेपानी र चर्पी निर्माण गरिदिएका छन् ।  

केहि वर्षयता जिल्ला फर्किएर विकासमा होमिएका पेम्बा आफुले भ्रमण गरेको ठाँउमा देखेका र गाउँमा सम्भावनाहरुको अध्ययन गरिरहेका पेम्बा विकास र परिवर्तनका लागि अझै धेरै काम गर्ने योजनामा रहेको बताउँछन् । ‘आगमी दिनमा संसारमा मानवले लिएको सम्पूर्ण सुबिधा हाम्रो जस्तो दुर्गम गाउँमा बसोबास गरिरहेको सबै जनताले लिन पाउनु पर्छ त्यसका लागि हामी युवाहरु अघिबढ्नु पर्छ म जस्तो सुकै अवस्थाको नेतृत्व गर्न तयार छु’ पेम्बा भन्छन् ‘नभई नहुने सेवा सुविधाहरुको अवश्यकताको आधारमा विकास गर्नेुपर्छ, युवाहरु आस्थाका आधारमा जात,धर्म र संस्कार भएकै कारण छुटेर होईन सबै जुटेर हातमा हात काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ ।’ पेम्बाको पहलमा भएका विकासका कामले स्थानीय दंग छन् । 

जिल्लाकै सबैभन्दा दुर्गम र विकट गाउँ पात्लेमा जन्मे, हुर्केका पेम्बा अहिले यस क्षेत्रका युवाहरुको  प्रेरणाका स्रोत बनेका छन् । गाउँका सबै समस्या र समाधानको बिषयमा गम्भीर बन्ने उनि १५ बर्षको उमेरमा कामको खोजी गर्दै  शहर तिर लागेका थिए । उनि विगतलाई सम्झँदै भन्छन् ‘त्यो बेला शहरको रमझम अनि सुविधाहरु देख्दा यो सुविधा त शहरको लागि मात्र होला भन्ने सोच्थेँ,आफ्नो गाउँ, खोलानाला, भिरपाखा, आमा बुबा सबैको माया हुदाँहुदै पनि बाध्यताले शहर तिरै लागें, तर मलाई रात दिन गाउँघरको पिडाले सताइ रहयो, त्यहाँ नै किन यो सबै सुबिधाहरु नभएको होला भन्ने मनमा जागेको थियो’पेम्बा उत्साहित हुँदै अघि भन्छन् ‘त्यस पश्चात मैले गाउँका अग्रज आफन्तहरु सँग सरसल्लाह गरेर अघि बढेँ, आफ्नो परिवार, नेपाल सरकारको कर्मचारी, सरकारी कार्यलय, राजनीतिकदल, संघ संस्था लगायत सबैको साथ र सहयोगबाट प्रेरित भएर म समाज सेवामा लागें,समयको माग र समुदायको आवश्यकता पहिल्याउँदै गाउँलाई समृद्ध बनाउने ठुलो सपना देखेको छु ।’ 

गाउँमा सडक पु¥याउन,प्रा.वि.तहमा रहेका विद्यालयलाई हाल नि. मा. वि.तह सम्म संचालन गर्न सफल भएका पेम्बा स्थानीयले आवतजावत र पुननिर्माणका लागि सामान ढुवानीमा सहज भएको बताउँदा र बालबालिकाहरुको पढ्न पाउने अधिकारको सुनिश्चित भएको देख्दा खुसी लागेको बताउँछन् । पात्ले क्षेत्रको अबको आवश्यकता प्रभावकारी संचारको भएकाले अब त्यसतर्फ ध्यान केन्द्रित गरिरहेको उनि बताउँछन् । २१ सौं सताब्दीमा आएर पनि गाउँमा संचारको सदुपयोग गर्न नपाएको विषयमा जिल्ला स्थित सम्बन्धित निकाय देखि केन्द्रमा मन्त्रालयको ढोका ढकढक्याउन समेत उनि पुगिसकेका छन् ।

पेम्बाको योगदानको चौतर्फि चर्चा हुने गरेको छ । केहि दिन अघि पात्लेमा आयोजित एक कार्यक्रममा सांसद यज्ञराज सुनुवार लगाएतले पेम्बाले समाजको विकास र    परिवर्तनमा खेलेको भूमिकाको निकै गुनगान गाएका थिए । एमाले नेता समेत रहेका खिजिदेम्बा गाउँपालिकाका समाजसेवी कमल न्यौपानेले पेम्बा जस्ता युवाहरु पात्लेमा मात्रै होईन अब गाउँपालिका केन्द्रित विकासमा लाग्नुपर्ने र युवाहरुलाई जिम्मेवार बनाउँदै नेतृत्वमा पु¥याउने सवालमा आफु सँधै लागि रहेने बताउन समेत भ्याए । स्वच्छ छविका मानिने विकासप्रेमी युवा व्यवसायी पेम्बा राम्रो सम्भावना भएका युवा हुन् । -कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द